इटहरी÷कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्ट शुरु भएसँगै वैसाख १७ गतेबाट जारी झण्डै दुई महिना लामो लकडाउन केही खुकुलो भएसँगै अत्यावश्यकीय उपभोग्य सामान खरिद गर्नेहरुको यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा अत्याधिक भीड बढेको छ ।
डिपार्टमेन्ट स्टोरले स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गराउँदै हाल सरकारको नीति अनुरुपको सेवा प्रदान गर्न थालेको छ । लामो लकडाउनका कारण सर्वसाधारणको दैनिकीलाई ध्यानमा राख्दै अर्थतन्त्र चलायमान बनाउन लकडाउनलाई केही खुकुलो बनाएपछि गोरखा डिर्पामेन्ट स्टोरको ग्रोसरी अर्थात खाद्यान्न डिपार्ट प्रत्येक दिन विहान १२ बजेसम्म खुलेपछि आम स्थानीय उपभोक्ताहरुले राहत महसुस गरेका छन् ।
दैनिक खाद्यान्न लगायत पेय पदार्थ, बेकरी आइटमकालागि गोरखा डिपार्टमेन्ट आउने ग्राहकहरुको संख्या उल्लेख्य रहेको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ हाल ग्रोसरी आइटमको स्टोरमात्र खुलेको छ । लत्ता कपडा, इलेक्ट्रोनिक्स आइटम, ब्राण्डेड जुत्ता चप्पल, साडी गिÏट आइटम लगायत झण्डै चार लाख भन्दा बढी आइटम रहेको गोरखाका अन्य स्टोरहरु कोभिडकै कारण हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । अवस्था सामान्य नभइकन अन्य स्टोरहरु तत्काल खुल्ने अवस्था पनि छैन निर्देशक आचार्यको कथन छ । व्यापार व्यवसाय त धरासायी नै भयो हैन त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो अरुको जे गति आफ्नो पनि त्यही गति । बरु हाइसञ्चो पो भएको छ आचार्यले सुनाउनु भयो । खानै नपाएर त मरिदैन होला । केही नलागे पहाडतिर यसो रेखो पाँखो छ खनी खोस्रिन पनि पछि हँट्दिन ।
उहाँले भन्नुभयो अरु कुरा त त्यस्तै हो यसपटकदेखि गरिमा होटल सञ्चालनमा ल्याउने तयारी गरेको थिएँ त्यो समेत नहुने भयो । पाँचतारे होटलको अवधारणा अनुरुप क्यासिनो लगायत सम्पूर्ण भौतिक सुविधा सम्पन्न रहने गरिमा होटल गत बर्ष नै सञ्चालनमा ल्याउने तयारी थियो । गत बर्ष पनि लामो लकडाउनका कारण कामले तिब्रता पाउन सकेन । यही असारको मध्यदेखि सञ्चालनको तयारी गर्दै गर्दा दोस्रो भेरियन्टको कोरोना संक्रमणका कारण वैसाखदेखि नै लकाउन शुरु भएपछि काम गर्ने कामदारहरुले छोडेर हिँडे । यस्तो महामारीका बीच कामलाई निरन्तता दिने कुरा पनि भएन । उहाँले भन्नुभयो गोरखा होटलले असाध्यै राम्रो पिकअप लिइसकेको थियो । ४२ करोडको लागतमा निर्माण भएको गोरखा होटल नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा ल्याएँसँगै विश्वव्यापी कोरोना संक्रमणका कारण लकडाउनको मारमा प¥यो । होटल गोरखाका व्यवस्थापन प्रमुख नितेष पोख्रेल भन्नुहुन्छ होटलले असाध्यै रामो पिकअप लिएको थियो । मुलुकका विभिन्न स्थानसँगै विदेशबाट समेत दुई महिना अगाडिसम्म होटलका कोठाहरु बुक हुन थालेका थिए । तर अहिले शून्यतामा झरेको छ । करोडौ लगानी गरेर सञ्चालनमा ल्याइएको होटल महिनौसम्म बन्द गर्दा एकातिर लगानी प्रभावित भएको छ भने अर्कोतर्फ कार्यरत कर्मचारी समेत प्रभावित भएका छन् ।
वहु कृषि फारम सञ्चालन
गोरखा डिपार्टमेन्ट स्टोरले अरुका उत्पादनको बिक्री वितरण मात्र नगरेर आफ्ना उत्पादनहरु समेत बजारमा ल्याएको छ । दूध, बेकरी, पानीसँगै उसले वहु कृषि फर्म समेत सञ्चालन गरिरहेको छ ।
इटहरी नगरपालिका वडा नं. १७ एकम्बामा स्टोरले केही बर्ष यता वहु कृषि फर्म समेत सञ्चालन गर्दै आएको छ । गोेरखा डेरी उद्योगसँगै माछा पालन, बाख्रा पालन, हाँस पालन,बगुर पालन, कुखुरा पालनसमेत गर्दै आएको छ । भारतको जमुनापारीबाट ल्याइएका उन्नत जातको बाख्रा र बोयर जातका बोकाबाट पाठापाठी उत्पादन गर्दै आएको छ । ८० हजारमा खरिद गरेर ल्याएका बोयर जातको बोकाबाट उत्पादन भएका पाठापाठीको स्थानीय स्तरमा मात्र नभएर बाहिरबाट समेत ठूलो माग आउन थालेको स्टोरका प्रबन्धक निर्देशक आचार्यले बताउनुभयो । एउटा बोयर जातको खसीबाट दुई सय केजी देखि ३ सय केजी सम्म मासु उत्पादन हुने भएपछि पाठापाठीका लागि अग्रिम बुक हुन थालेको पनि उहाँले सुनाउनुभयो ।
यसैगरी विभिन्न प्रकारका माछाहरु, हाँस, बंगुरको माग पनि यतिबेला उच्च रहेको छ । स्थानीय स्तरमा भन्दा पनि काठमाण्डौ लगायतका मुख्य सहरबाट यसको माग उच्च रहेको पनि उहाँले सुनाउनुभयो ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ ।
आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
ग्राउण्ड फ्लोर र गोरखा गल्लीमा पनि उस्तै
गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउन्ड फ्लोर र अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, विराटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । ग्राउन्ड Ïलोरको उत्तरपट्टि रहेको बेकरी पसल सातैदिन खुल्ला रहन्छ । आÏनै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई, बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी गोरखा गल्लीमा पाइने फलफूल, Ïलोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका छन् ।
दूधसँगै प्रागरिक मलको उत्पादन शुरु
झण्डै दुई सय भन्दा बढी उन्नत जातका गाईबाट स्टोरले दैनिक १५ सय देखि २ हजार लिटर दूध उत्पादन गर्दै आएको छ ।
सुद्ध र मिसावटरहित दूधका लागि गोरखा गल्लीमा दैनिक विहान चारबजेदेखि ८ बजेसम्म सैयौ स्थानीय उपभोक्ताहरुको भीड लाग्ने गरेको छ । स्टोरले आफना अन्य शाखाहरु मोरङको विराटचौक, पथरी, दमकमा समेत आफ्नै उपादनको दूध विक्री वितरण गर्दै आएको छ । यसका अलावा गाई भैसीको गोवरबाट कम्पोष्ट मल समेत उत्पादन शुरु भएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो भारतबाट किनेर ल्याएको ‘डायर’ मेशिनमा काँचो गोबर हालिन्छ । मेसिनले काँचो गोवरलाई ८०–८५ प्रतिशत सुकाइदिन्छ । त्यसपछि त्यसलाई फर्मलटेशन गरेपछि ४० दिनमा कम्पोष्ट मल तयार हुन्छ । ड्राई गरेर निस्किएको झोल मल विरुका लागि अझ इफेक्टिव भएका पाइयो आचार्यले भन्नुभयो । किसानहरुलाई झोल मल लैजान अप्ठेरो पर्दैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो पर्दैन । हामीले १५ लिटरको प्लाष्टिक्सको जारमा त्यसलाइ राखेर विक्री वितरण गर्दै आएका छौं । झोल मलले विरुवा सात दिनमै हरियो बनाएको पाइएपछि यतिबेला कम्पोस्ट मल भन्दा पनि झोल मलप्रति कृषकहरु आकर्षित हुन थालेका छन् । कम्पोस्ट मल दैनिक कति उत्पादन हुन्छ त भन्ने सवालमा आचार्यले भन्नुभयो दैनिक २५ देखि ३० बोरा उत्पादन भइरहेको छ । भोजपुरमा कागती लगाउन त्यहाँका कृषकहरुले तीन लाख रुपैयाको खरिद गरेर लगेको, खोटाङ्गमा ४ लाखको लगेको सुनाउदै इलामबाट धेरै परिणामको माग आएको पनि सुनाउनुभयो ।




