सर्वसाधारण कोरोनाविरुद्धको खोपप्रति आकर्षित बन्दै

धरान÷ विस्तारै कोरोना खोपप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको
छ । गत बर्ष सााजिक सञ्जालमा गरिएको अनर्गल प्रचारबाजीका कारण खोप लगाउने न्यून रहेका थिए । तर दोस्रो भेरियन्टको कोरोना भाइरस नेपाल भित्रिएपछि खोप लगाउदा सुरक्षित हुने विश्वासका साथ खोपप्रति सर्वसाधारण आकर्षित बनेका हुन् ।
तीन अगाडि धरानको तीन ठाउमा चाइनाबाट ल्याइएको भेरोसेल खोप लगाइयो । ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई तार्गेट गरेर शुरु गरिएको खोपमा सबै उमेरका सर्वसाधारण खोप लगाउन तछाड मछाड गरिरहेको दृश्य देखिन्थ्यो ।
यस्तै इटहरीमा पनि फ्रन्टलाइनमा काम गर्ने पत्रकार, नेपाली सेना तथा स्थानीय तहमा काम गर्ने कर्मचारीहरुलाई तार्गेट गरेर इटहरी अस्पतालको प्रांगरणमा मंगलबार र बुधबार दुई दिन खोप लगाउने कार्यक्रम सञ्चालन गरियो । खोप लगाउन नेपाल पत्रकार महासंघ सुनसरीले पनि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेर जिल्ला जनस्वास्थ्य कार्यालयको रोवहरमा सुनसरीका सञ्चारकर्मीलाई खोप लगाइएको थियो ।
खोप लगाउन पुग्नु भएका धरानका अग्रज पत्रकार महेश श्रेष्ठले खोपप्रति जनमानसमा विस्तारै विश्वास बढ्दै गएको बताउनुभयो । उहाले खोप लगाउदा जनमानसमा आत्मिक शक्ति बढ्ने र खोप लगाउनेमा उच्च मनोबल बढ्ने तर्क दिनुभयो ।
यस्तो भनाई अग्रज पत्रकारमात्र हैन युवा जोशका साथ फिल्ड रिपोर्टिङमा खटिने सञ्चारकर्मीहरुको समेत रहेको छ । हार्ट एफएम धरानका सञ्चारकर्र्म रमेश राईले अहिले पनि परीक्षणकै रुपमा रहेका भेरोसेल खोप लगाउँदा आत्मविश्वासलाई दह्रिलो हुने तर्क राख्नुभयो । उहाले यसले आफ्नो र अन्य जनमानसको कोरोनाप्रतिको मनोविज्ञानलाई चिर्न पनि खोप लगाउन आएको उहा बताउनुहुन्छ ।
पत्रकार श्रेष्ठ र राईमात्र हैन खोप लगाउन सुनसरीका २ सय ८८ जना सञ्चारकर्मीहरु समेत खोप लगाउन उत्साहित देखिन्थे । फ्रन्ट लाइनमा बसेर काम गर्ने सञ्चारकर्मीहरुलाई लक्षित गरी नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेर जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत खोप लगाइएको हो ।
नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जोखिम मोलेर फिल्डमा खटिने सञ्चारकर्मीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ । उहाले पहिलो खोप सञ्चालनपछि २८ दिनभित्रमा अर्काे खोप लगाउनुपर्ने प्रावधान रहेको र दोस्रो खोपको लागि पनि महासंघले नै पहल गर्न बताउनुभयो ।
विगतमा जस्तासुकै भ्रामक समाचारहरु बाहिर आए त्यस्ता भ्रामक समाचारको पछि नलागी विगतमा खोप लगाएका सर्वसाधारणमा समेत खोप प्रभावकारी भएपछि पछिल्ले समय खोप लगाउन सबै आतुर देखिएका हुन् ।खोपले के कस्तो काम गर्छ त्यो भविष्यकै गर्भमा रहेको छ तर खोप लगाएकाहरुमा मनोवैज्ञानिक रुपमा आत्मबल बलियो हुने देखिएको छ । आत्मबल बलियो भएमा पनि केही हदसम्म कोरोनालाई परास्त गर्न सहज हुनेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया