घोषणा लगत्तै चहलपहल बढ्यो

धरान÷नेपाली काँग्रेस केन्द्रीय समितिको शनिवार बसेको बैठकले पार्टीको चौधौं महाधिवशेनको घोषणा गरे लगत्तै अन्यत्र झै धराने काँग्रेसमा पनि सरगर्मी बढेको छ । नेतृत्वको लागि प्रतिक्षा गरिरहेका वडा, गाउँ, नगर, क्षेत्र र जिल्लाका कार्यकर्ता यतिबेला पहिलो मतदाताका रुपमा रहेका क्रियाशील सदस्यहरुको जोड घटाउमा लागिसकेका छन् ।
धरानमा यतिबेला क्रियाशील कार्यकर्ता, नेतृत्वका लागि आकांक्षीहरु छलफलमा जुट्न थालिसकेका  छन् । धरान उपमहानगर समितिको आगामी सभापति लगायत अन्य पदका लगि आफ्नो मत जाहेर गर्न थालेका छन् ।

यही आषाढ मसान्त सम्ममा क्रियाशील सदस्यहरुको टुंगो लगाइसक्नुपर्ने, साउनभित्रमा स्थानीय निकायहरु वडा, नगर, गाउँ, क्षेत्र, जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने र भाद्र १६ देखि १९ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिको बैठकले गरिसकेको छ । यसपटक धरान उपमहानगर समितिको सभापतिकालागि तीनजनाको नाम चर्चामा रहेको छ । नेपाली काँग्रेसका पूर्व नगर सभापति, जिल्ला सदस्य एवम् युवा नेता किशोर राई, अजय राई, वर्तमान नगर सभापति तिलक राई नगर सभापतिका आकांक्षी देखिएका हुन् । धरान उपमहानगरपालिका वडा नं. १ का एक क्रियाशील सदस्यले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने धरानमा नेपाली काँग्रेसको संगठन मजबुत बनाउन, कार्यकर्ताको संरक्षण गर्न युवा नेता किशोर राईको विकल्प देखिएन । अब एउटा सानो झुण्डको राजनीतिले धरानको काँग्रेस जीवन्त बन्न सक्दैन । उनले भने वर्तमान नगर नेतृत्वप्रति आम काँग्रेसका कार्यकर्तामा वितृष्णा छाएको छ । धरानका अधिकांश क्रियाशील सदस्यको धारणा यस्तै रहरेको उनले सुनाए । यसंैगरी क्षेत्रीय सभापतिमा सुजेन्द्र तामाङ एकल प्रतिष्पर्धी देखिएका छन् । यसै सम्बन्धमा तामाङसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो १३ औं महाधिवेशनमा सल्लाह गरेरै सभापतिको आकांक्षा छोडेको थिए, अब १४ औं महाधिवेशनमा वर्तमान क्षेत्रीय नेतृत्वले त्यसैबेला सहयोग गर्ने बचन दिएकोले र अन्य प्रतिपर्धी समेत हालसम्म नदेखिएकोले क्षेत्रीय सभापतिमा आफू निर्वाचित हुने तामाङले बताउनुभयो ।


धरान उपमहानगरपालिकाका २० वटै वडामा गरी जम्मा ४६७४ जना क्रियाशील सदस्य रहेका छन् । जसमा पुराना २१९३ र नयाँ थपिएका २१८१ छन् । वडा नं. १ मा नयाँ र पुराना गरी ४६४, वडा नं. २ मा २५०, वडा नं. ३ मा १५१, वडा नं. ४ मा ८६, वडा नं. ५ मा २१२, वडा नं. ६ मा १३४, वडा नं. ७ मा २०४, वडा नं. ८ मा ३१०, वडा नं. ९ मा १८१, वडा नं. १० मा १२६, वडा नं. ११ मा २४४, वडा नं. १२ मा २८४, वडानं. १३ मा ३२१, वडा नं. १४ मा १९८, वडा नं. १५ मा ४२७, वडा नं. १६ मा ३८७, वडा नं. १७ मा २७२, वडा नं. १८ मा २१०, वडा नं. १९ मा ९६ र वडा नं. २० मा ११७ रहेका जना रहेका छन् ।

तपाईको प्रतिक्रिया