जोगवनी–बसन्तपुर हुँदै किमाथांकासम्मको बा“की १४ किमी सडक खण्डको सेनाद्वारा ट्रयाक खोलिदै संखुवासभाको चेपुवा,धुमसुर, घोङगोप्पाको ट्रयाक खुलेसँगै त्रिदेशीय आवागमन शुरु हुने

धरान÷नेपालको दक्षिणी छिमेकी मुुलुक भारतको जोगबनीदेखि उत्तरी चीनको सीमावर्ती संखुवासभाको किमाथांकासम्मको वहुचर्चित राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सडक निर्माणको काम शुरु भएको १० बर्ष भएको छ ।
संखुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडक आयोजनाले उत्तरको १६२ किमी सडकको काम हेर्दै आएको छ । आयोजनाका प्रमुख इन्जिनियर गौतम श्रेष्ठका अनुसार १४८ किमी सडकको ट्रयाक खुलिसकेको र १४ किमी सडकको ट्रयाक खोल्नमात्र बाँकी रहेको छ ।
उक्त सडक खण्ड अन्तर्गत चेपुवा, धुमसुर, घोङगोप्पा खण्ड कडा चट्टान र भीर भएकोले ट्रयाक खोल्ने काम नेपाली सेनाालाई जिम्मा दिइएको छ । इन्जिनियर श्रेष्ठले दिएको जानकारी अनुसार यो क्षेत्रमा विस्फोटन गरेर मात्र ट्रयाक खोल्न सकिन्छ । ट्रयाक खोल्न विस्फोटक पदार्थको प्रयोग गर्नुपर्नै भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्षको कार्तिक २६ गते संखुवासभाको किमाथांका पुगेर त्रिदेशीय महत्वको कोशी करिडोर सडकको अनुगमन समेत गरेका थिए । आयोजना प्रमुख गौतमले भन्नुभयो नेपाल सरकारले २०७६ भाद्र २२ गतेको मन्त्रिपरिषद्को वैठकबाट कडा चट्टान र भीर फुटाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।
हाल नेपाली सेनाले संखुवासभाको च्याम्ताङ्गमा विस्फोट गरी ट्रयाक खोल्ने काम गरिरहेको छ । चेपाुवाको च्याम्ताङ्गदेखि घोङगोप्पाको दूरी १४ किमी रहेको छ । यो सडकको निर्मण काम २०६५÷०६६ देखि शुरु भएको हो । मोरङ्गको सीमावर्ती रानी जोगवानीदेखि धरानको वेसक्यामसम्मको ४९ किमी सडक ६ लेनको र धरानदेखि धनकुटा, बसन्तपुर हुँदै खाँदबारी सम्मको सडक २ लेनको हुने भएको छ । अरुण नदीको किनारैै किनार निर्माण हुँदै गरेको यो सडकले किमाथांका पारि चीनको स्वाशासित क्षेत्र तिब्बतको रियु, वेनदाङ्ग, सागा जस्ता ठूला सहरलाई जोड्छ ।
जोगबनी किमाथांका सडक भारत, नेपाल र चीन जोड्ने अन्य ६ वटा नाकाहरुमध्ये सबैभन्दा छोटो त्रिदेशीय मार्ग हो । यो सडक खण्डमा वातावरणीय प्रभाव मुल्यांकन नगरी निर्माण कार्य शुरु गरेकोले मकालु वरण राष्ट्रिय निकुञ्जले एक बर्ष अगाडि ९ वटा पुल र सडक निर्माणमा रोक लगाइएको थियो । मकालु गाउँपालिका वडा नं. ५ Ïयाक्सीन्दा दोभानदेखि वरुण नदीसम्मको २९ किमी सडक मकालु–वरुण राष्ट्रिय निकुञ्जभित्र पर्छ । हाल रोकिएका ९ वटा पुल वन तथा वातावरण मन्त्रालयले स्विकृत दिएपछि निर्माण भइरहेको छ । निर्माण हुँदै गरेका ९ वटा पुलमा Ïयाक्रेखोला, नाङ्ग खोला, चाङ्ग खोला, जोर खोलाको पुल स्काई कार्की बन्धु जेभीले १५ करोडको लागतमा निर्माण गरिरहेको छ । त्यसैगरी उवा खोला, उहाङ्ग खोला, एकुवा खोलाको तीनवटा पुल रौताहा एसएएस जेभीले १२ करोडको लागतमा निर्माण गर्देछ भने ठाडो खोला, उहाङ्ग खोलाको पुल रौताहा कस्ट्रक्सनले १५ करोड ७० लाखमा निर्माण गर्दे छ । उता नेपाली सेनाले ट्रयाक खोल्नका लागि विस्फोटक पदार्थको भण्डारण गर्न भोट खोलाको च्याम्ताङ्गमा भवन निर्माण गरि भण्डारणसँगै काम अगाडि बढाएको छ ।
खाँदबारीदेखि ठाडो खोलासम्मको ७० किमी, हटियादेखि चेपुवासम्मको ९ किमी, चेपुवादेखि किमाथांकासम्मको १४ किमी सडकको ट्रयाक खोल्ने काम सम्पन्न भइसकको छ । प्याकेजमा काम अगाडि बढाइएको उक्त सडक निर्माणमा हेलीकोप्टरबाट ट्याक्टर, स्काभेटर ढुवानी गरिए पनि किमाथांकादेखि चेपुवा हटियासम्मको २३ किमी सडक निर्माणमा चाइनिज उपकरण, इन्धन,जनशक्ति प्रयोग भएको स्थानीय डेन्डी शेपाले बताए । तर आयोजनाका प्रमुख इन्जिनियर गौतम श्रेष्ठ चाइनिज सहयोग प्राविधिक, उपकरण, जनशक्ति प्रयोग नगरेको बताउँछन् ।
उक्त सडक खण्डको शंखेभीरको ६ किमी, महभीरको ८ किमी गरी १४ किमी सडकको ट्रयाक खोल्न बाँकी रहेको र यसै आर्थिक बर्षमा यो ट्रयाक खोल्ने लक्ष्य लिएको श्रेष्ठ बताउँछन् । ट्रयाक खुलेपछि नाला, ग्राभेलिङ कालेपत्रेको काम अगाडि बढ्छ । बरुण नदीदेखि किमाथांकासम्मको लिङ्गम–चेपुवा ३ र चेपुवा–हुङ्गडुङ्ग गजुरमुखी मोतिदाना गिताञ्जली कष्ट्रक्सन जेभीले काम गरिरहेको छ । चीनको सीमावर्ती क्षेत्र किमाथांकादेखि चेपुवातिर आउने सडक खण्डको ट्रयाक खोल्ने काम शर्मा एपेक्स कान्छाराम कस्ट्रक्सनले गरिरहेको छ ।
जोगबनीदेखि धरानको वेश क्याम्पस सम्मको ४४ किमी सडक

नेपाल–भारत सीमा मोरङको जोगवनीबाट धरानको वेश क्याम सम्मको ४४ किमी सडक निर्माणको काम हालसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको छ ।
यो सडक निर्माणको काम २०६८ बाट शुरु भएको हो । दश बर्षमा अर्थात २०७८ सम्ममा सक्ने ठेकेदार कम्पनीहरुसँग सम्झौता भएको थियो । यो सडक निर्माणका लागि नेपाल
सरकारले इटहरीमा ६ लेन सडक आयोजना कार्यालय खोलेर काम गर्दै आएको छ । एसियाली विकास बैंकको कुल १० अर्ब ऋण तथा अनुदान सहयोगमा निर्माण शुरु भएको यो सडक निर्माण अत्यन्तै सुस्त गतिमा अगाडि बढेको छ । ६ लेन सडक आयोजनाका प्रमुख बद्री शर्माका अनुसार तोकिएको समयमा काम नसिद्धिनुमा विविध कारण रहेका छन् । उनले भने समय सडक मापदण्ड भित्रका घर टहरा नहटाइदिनु, विद्युत पोलहरु नसारिदिनु, बन्द हड्ताल, मुआब्जाको समस्या नै प्रमुख कारण हुन् । उनले भने अहिले कामले थोरै गति लिएको छ । अहिलेकै अनुपातमा काम भएमा आगामी केही बर्षभित्रमा यो सडकको काम सम्पन्न हुन्छ ।
बसन्तपुर तेहथुम सडक

मध्य पहाडी लोकमार्ग अन्तर्गतको बसन्तपुर–तेह्रथुम सडकको २६ किमीको काम धमाधम भइरहेको छ ।
कुल २६ किमी लामो सडकको कामलाई समयमै सिध्याउन तीनवटा प्याकेजमा ठेक्का लगाइएको छ । २०६७ साल जेठ २९ गते तीनवटै प्याकेजसँग निर्माणको सम्झौता भएको थियो । पहिलो कालिका कस्ट्रक्सनले १० किमी बसन्तपुरदेखि लसुनेसम्मको ५४ करोडको लागतमा काम गरिरहेको छ । जसले आधा भन्दा धेरै कालोपत्रे समेत गरिसकेको छ । दोस्रो १० किमीको प्याकेज आशिष आर्शीवाद जेभिले ५६ करोडको लागतमा काम गरिरहेको छ । यो कस्ट्रक्सनले पनिसमयमै काम सिध्याउने देखिएको छ । तेस्रो जिरीखिम्तीदेखि तेह«थुमको म्याङलुङ बजासम्मको ६ किमी अमर माँ जानकी जेभीले २२ करोडमा ठेक्का लिएको छ । तर यो कस्ट्रक्सनले राम्ररी काम गर्न नसकेको तेह«थुम बसन्तपुरका प्रदेशसभा सांसद लक्ष्मण तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो यो कस्ट्रक्सनलाई यही जेठ २९ गतेसम्म काम सक्ने समय सीमा दिएको भएपनि यसले एक चौथाई समेत काम गर्न सकेको छैन । पहिलो र दोस्रो प्याकेजको काम समयमै सिद्धिने तर तेस्रो प्याकेजको काम नसिद्धिने सांसद तिवारीले बताउनुभयो ।
हिले, लेगुवा, पाख्रीबास सडक


मध्यपहाडी लोकमार्ग अन्तर्गतको हिले, पाख्रीबास, लेगुवा, भोजपुर जोड्ने सडक लामो समयदेखि अलपत्र परेको छ ।
कुल २६ किमी लामो यो सडक निर्माण २०७६ चैत्र मसान्तसम्ममा सिध्याउनुपर्ने थियो । तर निर्माण कम्पनीले हालसम्म ४० प्रतिशत मात्र काम गरेकोले पुनः दुई बर्षको म्याद थपिएको थियो । थपिएको म्यादको अवधि समेत २०७८ असारमा सिद्धिदैछ । यो अवधिमा पनि यो सडकको काम सम्पन्न हुन सक्ने देखिदैन ।
२०७६ सम्ममा सध्याउन निर्माण कम्पनी कंचनजंघा कस्ट्रक्सन कम्पनीका तर्फबाट कस्ट्रक्सन कम्पनीका प्रतिनिधि निम्बा शेर्पा र विरुवा कस्ष्ट्रक्सन कम्पनीका प्रतिनिधि भेषराज बरालले प्रतिबद्धता जनाएका थिए । कुल ७०
करोडको लागतको यो सडक आउने असार मसान्तसम्म पनि सम्पन्न नहुने देखिएको छ । धनकुटाका संघीय सांसद राजेन्द्र राई भन्छन् निर्माण कम्पनीले काममा ढिलो गर्दा सडक अलपत्र परेको हो । उनले भने हालसम्म ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया