नेपाली का“ग्रेसको आसन्न महाधिवेशन र देखिएका आकांक्षीहरु

कुनै पनि राजनीतिक दलका लागि महाधिवेशन जीवन्त प्रक्रियालाई निरन्तरता दिने माध्यम हो । राजनैतिक दलको विधान बमोजिम तोकिएको समयमा महाधिवेशन भएर नयाँ नेतृत्व आउनै पर्छ । अन्यथा त्यो दलको वैधानिकता समाप्त हुन्छ ।
वर्तमान अवस्थामा देखिएको राजनैतिक दलहरुमध्ये सबैभन्दा पुरानो दल हो नेपाली काँग्रेस । दुई बर्ष अगाडि नै महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्ने भएपनि वर्तमान नेतृत्वले महाधिवेशन
गराउन आलटाल गर्दै आएको थियो । आफ्नो अनुकूलको अवस्था नदेखेपछि नेतृत्वले विभिन्न बहानामा आफ्ना पदावधि आफै थप्दै गएको थियो ।
पार्टीको महाधिवेशनमात्र नभएर भातृ संघ संगठनका महाधवेशन समेत समयमा नगर्ने, आफ्नो अनुकूल तदर्थ समिति गठनगर्ने, कारणले पार्टी चलायमान बन्न सकेको थिएन । कार्यकर्ता पंक्ति, नेतृत्व तहका इतर पक्षको चर्को दबाब र अब उप्रान्त पदावधि थप्न नमिल्ने वैधानिक प्रावधानका कारण अन्तत ः शनिवार बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको वैठकले काँग्रेसको १४ औ महाधिवेशनको मिति तोक्न बाध्य भएको छ । आगामी भाद्र १६ देखि १९ गतेर्लाइ महाधिवशेन मिति तोकिएको छ । तर हालसम्म पार्टीको शुरु मतदाताको रुपमा रहेका क्रियाशील सदस्यता नविकरण, वितरणमै प्राय ः हरेक जिल्लामा यतिबेला विवाद देखिएको छ । यही विवाद निरुपणकालागि सदस्यता वितरण र नवीकरणको अवधि एक महिना बढाइएको हो ।
यस भन्दा अगाडि नेपाल काँग्रेसले १४ औं महाधिवशेन भदौ ७ देखि १० गतेसम्म गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । अब असार मसान्तभित्रमा क्रियाशील सदस्यहरुको वितरण र नविकरण टुंगो लगाउने, स्थानीय तहको अधिवेशन साउनबाट शुरु गर्ने भएको छ । तर क्रियाशील सदस्यता वितरण र नविकरणमै चर्को विवाद देखिएको छ । पार्टीभित्रका एकथरि स्थानीय नोहरु गुटउपगुटको प्रभावमा पनि कुनै पनि हालतमा स्थानीय तह कब्जा गर्ने, हैसियत र पार्टीमा कुनै लगानी नै नभएका र पद भँजाएर खान पल्केकाहरुले क्रियाशील सदस्यता वितरण र नविकरणमा घात गरिरहेका छन् । नेपाली काँग्रेससँग आवद्ध नभएका फरक दल र फरक विचार भएकाहरुलाई क्रियाशील सदस्यता वितरण गरी स्थानीय नेतृत्व हत्याउने विगतको परम्परालाई निरन्तता दिने चलखेलमा लागेका छन् ।
अर्कोतर्फ १४ औं महाधिवेशन यस अघिका महाधिवेशन भन्दा रोचक देखिने भएको छ । वर्तमान पार्टी नेतृत्व पुनः दोहोरिने आकांक्षा सहित आगाडि बढेको छ भने पार्टी इतर पक्ष नेतृत्व परिवर्तनको अभियानमा जुटेको छ । तेह«ौं महाधिवेशनमा सभापतिमा शेरबहादुरदेउवा, रामचन्द्र पौड्याल र कृष्ण सिटौला प्रत्याशी थिए भने यसपटक सभापतिको सशक्त उमेद्वारका रुपमा डा. शेखर कोइराला, शेरबहादुर देउवा र कृष्ण सिटौलाको चर्चा चुलिएको छ । १३ औं महाधिवेशनमा सिटौलाले दोस्रो मतदानका क्रममा आर्थिक र पदीय लाभका कारण शेरबहादुरलाई साथ दिएका थिए ।
यसपटक डा. शेखर कोइरालालाई सभापति हुनबाट कुनै पनि हालतमा रोक्न कृष्ण सिटौलासहित उनको समूहमा रहेका गगन थापाहरु अहिल्यैदेखि कसरतमा लागिसकेका छन् । यसले प्रष्ट पार्छ सिटौला अन्तमा गएर शेरबहादुरलाई नै सघाउने मनस्थितिमा देखिएका छन् । पौड्याल लगायतको भूमिका हाल सम्म प्रष्ट देखिएको छैन ।

तपाईको प्रतिक्रिया