कोरोनाको जोखिम बढ्दै : सर्वसाधारण आफै सचेत बन्दै

पछिल्लो समय कोरोनाको संक्रमणबाट बच्नका लागि सर्वसाधारण आफै सचेत भएको पाइएको छ ।
नेपालमा पनि दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि पहिलो चरणको भन्दा भयावह अवस्था सिर्जना हुन थालेसंगै सर्वसाधारण कोरोनाको जोखिमबाट बच्न आफै सचेत हुन थालेका हुन् ।
पछिल्लो समय कोरोना संक्रमण कम भएसंगै प्रशासनले समेत निषेधाज्ञामा केही खुल्ला गरेको छ । विगतमा बजार पसल लगायत बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द थिए । तर अहिले विस्तारै बजार पसल खोल्न दिने, वैंक तथा वित्तीय संस्थाहरु समेत स्वास्थ्य सुरक्षा अपनाउदै खुल्न थालेसंगै सर्वसाधारण आफै सचेत हुन थालेका हुन् ।
धरान ३ का अनिल झाले कोरोना जोखिम कम गर्न सरकारले गरेको निषेधाज्ञाको पालनासंगै सर्वसाधारण समेत आफै सचेत हुनुपर्ने बताउनुहुन्छ । उहाँ सरकारले गरेको निषेधाज्ञाकै कारण कोरोना संक्रमित विरामीको संख्या घट्दै गएको बताउदै सर्वसाधारण यसमा अझ सचेत हुन सके कोरोना संक्रमण कम भएर जाने बताउनुभयो ।
यस्तै भनाई धरान १६ की इन्द्रकला राइको समेत छ । बजार हिड्दा मास्क लगाउने, भीडभाडमा दूरी कायम गर्ने, सेनिटाइजर गर्ने, सावुनपानीले हात हुने जस्ता स्वास्थ्य सुरक्षाको मान्यतालाई ख्याल गर्न सके कोरोनाको जोखिम कम हुने बताउनुहुन्छ । उहाले पछिल्लो समय कोरोना विरुद्धको खोपको भ्रम कम ह्ुदै गएको र खोपले कोरोना जोखिम कम हुने विश्वास सर्वसाधारणमा बढदै गएको बताउनुभयो । यता धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशखाका प्रमुख उमेश मेहताले सर्वसाधारण सचेत भएकै कारण कोरोना संक्रमितको संख्या घट्दै गएको बताउनुहुन्छ । उहाले पछिल्लो समय सर्वसाधारण भीडभाडमा जादा सावधानी अपनाउनेदेखि लिएर खोपको सम्बन्धमा पनि सकारात्मक बन्दै गएको बताउनुभयो । उहाँले गत बर्षको कोरोना संक्रमणका समयमा भ्रमकै कारण खोप लगाउनेको संख्या न्यून भएपनि यसबर्ष भने यो भ्रम चिर्दै खोप लगाउदा जोखिम धेरै कम हुने बुझेर सर्वसाधारण खोप लगाउन लालायित भएको बताउनुभयो ।
उहाँका अनुसार अहिलेसमममा धरान उपमहानगरपालिकामा
भारतबाट ल्याइएको कोभिशिल्ड तथा चाइनाबाट ल्याइएको भ्यारोसिल खोप लगाउनेको संख्या १० हजार पुगेका छन् । यसले पनि कोरोनाको जोखिमबाट बच्न सर्वसाधारण सचेत भएको पुष्टि गर्ने स्वास्थ्य महाशखा प्रमुख मेहताको बुझाई रहेको छ ।
जे होस् पछिल्लो समय कोरोना संक्रमितको संख्या कम भएपनि जोखिम भने कम भइसकेको छैन । अझै पनि सावधानी नपआउने हो भने विगतकै जस्तो भयावह अवस्था आउन सक्छ । सर्वसाधारण यसतर्फ सचेत हुदै जानु सकारात्मक पक्ष हो । यसले कोरोनाको जोखिम न्यूनिकरणमा केही हदसम्म कम हुने स्वास्थ्यकर्मीको समेत बुझाई छ ।

तपाईको प्रतिक्रिया