काङ, बाम र मधेशीमा लक्षण
खप्रओ माने प्रधाानमन्तरीले एक्लै हसर्नुसम्म हसुरे । हामी जहिल्यै नि टकनटाक भएर कतिन्जेल बस्ने ? बडो छट्टपटाहट भएका काङ, बाम, मधेशीदलहरुले यतिबेला खप्रओलाई हँटाउन महागठबन्धन बनाएका छन् । तर विचराहरुको भ्यागुताको धार्नी कहिल्यै पुग्न आटेन । अहिले आएर उनीहरुमा विचित्रका लक्ष्यणहरु देखिन थालेका छन् । उनीहरुमा देखिएका लक्षणहरुमा बोली बन्द हुनु, साँस फेर्न कठीन हुनु, चिटचिट पसिना आउनु, ज्वरो आउँला आउँला जस्तो हुनु, एक्कसी टाउको दुख्न शुरु हुनु, कमजोरी महसुस हुनु, सुतिरहेको साथी सपनामा एक्कासी उठेर ज्योतिष खोज्न दौडन खोज्नु, आफ्ना साख्यै लागेकाहरु दुश्मन जस्तै बटारिएर हिँड्नु, गोलो आकारको वस्तु देख्यो कि लड्डु कि लड्डु भन्दै खान खोज्नु, निर्दलीय चरित्र देखाउनु, गोप्य सूचना पाउनु । यी लक्ष्मणबाट ग्रसित काङ, वाम , मधेशी दलहरु यतिबेला ग्रसित भा’छन् ।
जनताको विश्वासको मत लिनुपर्छ
हैन हौ यो घण्टाघरले अहिलेसम्म एउटा कुरा बुझ्न सक्या छैन । यो देशाँ मुख्यमन्त्री, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने, उनीहरुका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हुने तर गणतन्त्र र संघीयताले जनताको विश्वासको मत लिनु नपर्ने ? पञ्चायतले पनि जनताको मत लिएको थियो माने जनमत संग्रह गरेर तर संघीयता र गणतन्त्रका केही चपरचण्डालहरु डामेर छाडेको साँढे जस्ता भएका छन् । मुख्यमन्त्री र पर्धानमन्तरीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याएजस्तै संघीयता र गण्तन्त्र विरुद्ध पनि ल्याउनुप¥यो । त्यसपछि कति गणतन्त्रे रै’छन् कति संघीयता दलाल रै’छन् । दूधको दूध पानीको पानी हुने थियो । कि कसो हौ ?
नाथुराम गोड्से बन्ने रे
नेपाली धर्तीमा पनि नाथुराम गोड्सेको जन्म भएछ । बागमति प्रदेशका सांसद नरोत्तम वैधले अस्तिका दिन संसद बैठकमै घोषना गरे अब म
नाथुराम गोड्से बन्छु । वैधले पर्धानमन्तरी खप्रओका लागि आफू गोड्से बन्ने घोषणा त गरे तर विचराको बोलीले दुई चार घण्टा पनि थाम्न सकेन । लाँग्रेसका सांसद वैधलाई लाँग्रेसभित्रैबाट जोरलात्ती बर्सिन थालेपछि विचराले माफी माग्या छन् । हैन हौ ती वैधले संसदमा गाजा खाएर गा’का थे कि क्या हो ? गाँजा नखाएको भए त यस्तो बोल्ने आँट विचरा वैध जस्ता मान्छेलाई कहाँबाट आउँथ्यो ? बूढापाकाहरुले त्यसै भन्या हैनन थुतुनो र खै त्यो के जाति जोगाउनु भनेर । थुतुनो चलाउँदा झण्डै झण्डै भड्खालामा जाक्किए । अब त चेतबाबा काँही भए होला नि वैधे काजी ।
खप्रओले राम्रो चलन चलाए
हिजोआज पर्धानमन्तरी खपै्रओलाई ऐरे गैरे नथ्थु खैरेले गाली गरेको देख्दा उदेक लाग्छ । किन त्यतिसाह«ो गाली ग¥या होलान् ? यस्तो राम्रो काम गर्नेहरु आजसम्म पर्धानमन्तरी भाकै थिएनन.् । उन्ले गणतन्त्रको स्वाद र गन्ध आउने गरी काम गरेका छन् । उन्ले राम्रो कामको थलनी ग¥या छन् । पहिला पहिला राजाको छोरा राजा हुने चलन थ्यो । त्यसैले
राजतन्त्र भनियो । अब अहिले लोग्ने नभए स्वास्नी, स्वास्नी नभए लोग्नेलाई मन्त्री बनाउने प्रथा चलाएर खप्रओले गणतन्त्रलाई मजबुत बनाएका छन् । कमसेकम खप्रओले बाटो त खोलिदिए । भोलिका दिनमा खप्रओका ठाममा आउनेहरुले निर्धक्क जोई नभए पोई, पोइ नभए जोइलाई मन्त्री बनाउन पाउने भा’का छन् ।
उद्देश्यचाहि एउटै हो
भ्यागुता जतिसुकै उफ्रिए पनि कान्ला मुनिको कान्ला मुनि । कान्ला भन्दा मास्तिर उक्लनै सक्दैन । अब हेरम न नेपालमा खिया लागेको हँसिया हतौडा, ग्रहण लागेको सूर्य, कीरा लागेको खोक्रो रुख, पानी नथाम्ने भताभुंगे छाता, दुधै नदिने थारो गाई, काममा भन्दा दाममा रमाउने हात, जहिल्यै फुटैफुट भएपनि सबैको उद्देश्यचाहिँ देश लुट्ने नै हो । जस्ले जतिसुकै च्यापु फुस्कने गरी भाषन ठोकेपनि उद्देश्यचाहिँ लुट्नु नै हो । कसैले आफ्नी सासूलाई
राजदूत बनाएका छन्, कसैले छोरीको थर परिवर्तन गरेर करोडौको महल काठमाण्डौमा ठड्याइदिएका छन्, कसैले भाइलाई जिएम बनाएका छन् । ख्याल कायदा ग¥या छैनन् ।
विचरा स्यालबहादुुर
नेप्लिज लाँग्रेसका मुखिया बुढानिलकण्ठ निवासी स्यालबहादुर हिजोआज निन्द्रामा पनि झसंग झसंग गरेर झस्कन्छन् रे । कहिले आफूलाई सातपटक पर्धानमन्तरी हुन्छस् भनेर ठोकुवा गर्ने ज्योतिषीलाई खोजेर ल्याओ भन्छन् रे, कहिले पर्धानमन्तरी भएरै छाड्छु भनेर बर्बराउछन् रे । कहिले समर्थन गर्ने अन्य दलका सांसलले छोड्ने हुन् कि भनेर तर्सन्छन् रे । विचराको सपना जपना पर्धानमन्तरीमै गएर अड्किएको छ । पर्धानमन्तरी भन्दा अरु कुरो सोच्दै सोच्दैनन् रे । विचरा स्यालबहादुलाई अफिमकै नाशा लागेछ । पर्धानमन्तरी बन्न सिट संख्या पुग्दैन भनेर झोक्राएर बस्या थिए । आफ्नै पार्टीका रामचन्द्रे बाजेले जसरी भए नि पर्धानमन्तरी बनाएरै छाड्छु भनेपछि अहिले हस्याङ्ग फस्याङ्ग गर्दैछन् । त्यसमाथि माकुने र प्रचण्डाउ समेत खप्रओको शेखी झार्न स्यालबहादुलाई बोकेर हिड्या छन् । अब तिन्ले स्यालबहादुरलाई कहाँ पु¥याएर खंदार दिने हुन । भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँधै हाल्न सकिदैन । कि को हौ ?
पौड्याल बा बेपत्ता
लाँग्रेस सभापति स्यालबहादुरलाई चुड्कीको भरमा पर्धानमन्तरी बनाइदिन्छु भन्दै डिंग हाक्दै हिड्या
रामु पौड्याल बा’ हिजो आज बेपत्ता भएका छन् । बाजे बेपत्ता भएसी लाँग्रेसभित्र अनेकौ लख काट्न थालिएको छ । माले, मण्डले, मसालेको हैंसे गरेर बोकेको अवस्थमा बा’ किन बेपत्ता भए ? स्यालबहादुरलाई दुई चार महिना सत्तामा थन्क्याउन पाए आगामी महाधिवेशनबाट सभापति पड्काउला भनेर शुरु शुरुमा बा’को चुरीफुरी निक्कै बढ्या थ्यो । अब अहिले स्यालबहादुर वाल्वाटार र सिहंदरबार छिर्न छिर्न आँट्या बेला एकाएक गायव हुनु आश्चर्य भएको छ । विचरा बा’ले सधैभरि मनको लड्डु घ्युसँगै खाने भए । पहिला पहिला पनि सभापति लड्दा उत्तानोटाङ भा’थे । स्यालबादुर वाल्वाटार र सिंहदबार छिरे भने झन स्वाँठिएर आउँछन् । सबैले बलेकै आगो त ताप्ने हो । यसपटक पनि विचरा बा’को मुराद पूरा नहुने भयो ।
अन्त्येमा
आफ्नो घर खनेर अर्काको घर पुर्ने माकुने र सर्पनाथले अन्तत गण्डकी प्रदेशमा सौता हुल्या छन् । पोइको
रिसले सौता हुल्दा दुवै यतिबेला गदगद होलान् । अब आफ्नो कहीकतै गरिनचल्ने भएसी उनेरले सौता हुल्या जस्तो छ । बनिबनाउ घरमा सिंगार पटार गरेर भित्रिएका कृष्णचन्द्र नेपाली पोख्रेल मख्ख नहुने कुरै भएन । एक आद्य बर्ष अब तिन्ले मुख मन्तरी भएर खुट्टो हल्लाउने भए । भाई फुटे गवार लुटे भन्या यही हो । माकनुे र सर्पनाथ त सिद्धिए सिद्धिए झालेमालेलाई नै आर्यघाटमा पु¥याए । आफ्नै कोखबाट सैतान जन्मिएपछि परिवार सखाप हुन्छ भन्या यही हो ।
