भारतिय सेनाद्वार नेपाली सेनालाइ स्वास्थ्य उपकरण हस्तान्तरण

राजधानी/बहुआयामिक र युगौ देखि पारस्परिक सम्बन्ध रहेको नेपालको निकटतम छिमेकी मुलुक भारतले” छिमेकी पहिलो “नीति अन्तरगत भारतिय सेनाले प्रदान गरेको 2 करोड 88 लाख मुल्य बरावरको स्वास्थ्य सामाग्री तथा उपकरण आज नेपाली सेनालाइ हस्तान्तरण  गरेको छ।                                                                                  भारतिय राज्दुतावास काठमाडौं द्वारा आज जारी बिज्ञप्त्ति अनुसार भारतिय सेनाद्वारा सहगोग स्वरुप प्रदान गरिएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।                                                      काठमाडौंको टुंडिखेल स्थित नेपालि सेनाको मुख्यालयमा आयोजीत एक समारोहका बिच नेपालका लागि भारतिय राजदुत बिनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापती महारथी पुर्णचन्द्र थापालाइ स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको थियो।            भारतिय राजदुत क्वात्राले नेपालि सेनाले कोभिड 19 बिरुद्वको लडाइमा भारतिय सहयोग निरन्तर रहने जनाउंदै यश सम्बन्धमा नेपालिसेनाले पुर्याएको योगदानको मुक्त्त कन्ठले प्रशंसा गर्नु भएको थियो।हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा भेन्टिलेटर,सैन्य एम्बुलेन्स,आइसियु बेड,पिपिइ कीट,पिसिआर परिक्षण कीट लगाएतका सामाग्री रहेको र ती सामाग्रीहरु जेठ 27 गते दिल्लिबाट काठमाडौं ल्याइएको थियो।गत बर्ष पनि भारतिय सेनाले नेपाली सेनालाइ कोभिड महामारी बिरुद्व लड्न विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको थियो। यसै बिच भारतिय सेनाले गत बर्षको मार्च  महिनामा नेपाली सेनालाइ 1 लाख कोभिडशिल्ड खोप प्रदान गरेको थियो।यो सहयोगले संकटको समयमा दुइदेशका सेनाबिच रहि आएको सहकार्यलाइ प्रतिबिम्बित गरेको आज जारी बिज्ञप्त्तिमा जनाइएको छ।

तपाईको प्रतिक्रिया