तीन बर्षदेखि थलिएकी निशाको स्वास्थ्यमा उल्लेख्य सुधार

धरान÷चलचित्र अभिनेत्री एवम् मोडल निशा घिमिरेको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको छ ।
चलचित्र सम्बन्धी अभिनय तथा प्रशिक्षण लिन तीन बर्ष अगाडि भारत गएकी घिमिरे सवारी दुर्घटनामा परी घाइते भएकी थिइन् । परिवारले उनको उपचारमा सम्पूर्ण जायजेथा बेचबिखन गरे पनि उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि घरमै मृत्यु कुरेर उनलाई राखिएको थियो ।
केही दिन अगाडि सामाजिक सञ्जालमा उनका बारेमा समाचार बाहिरिएपछि सर्वत्र चासो छाएको थियो । उनको उपचारका लागि देशभित्र र देश बाहिरबाट सहयोग जुट्न थालेको छ ।
हाल उपचारका लागि नवजीवन संस्थाका संस्थापक दुर्गा दाहाल, नवजीवन परोकार समाजसँगै नर्भिक अस्पतालकी निर्देशक एवम् चौधरी ग्रुपकी मेघा चौधरीले विहीबारदेखि निशाको उपचार शुरु गरेका छन् । यसै सम्बन्धमा हामीले नर्भिककी निर्देशक मेघा चौधरीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो निशाको स्वास्थ्यमा दुई दिनकै अवधिमा आएको सुधारले हामी पनि आश्चर्यमा परेका छौं । पहिल्यै
राम्रो उपचार पाएको भए निशाको यो अवस्था हुने थिएन् । नर्भिकले हाल निशाको निःशुल्क उपचार
गरिरहेको पनि निर्देशक चौधरीले बताउनुभयो । हाल निशाको उपचारमा चलचित्र कल्याण कोष, चलिचत्र कलाकार संघ, विभिन्न सामाजिक संघ संस्थाले बुंगमतिस्थित निशाको घरमै गएर बुबा प्रेमप्रसाद घिमिरेलाई सहयोग उपलब्ध गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया