बिराटनगर /मोरङ प्रहरिले ४ लाख ९० हजार मुल्य बराबरको विभिन्न ब्रन्डको सिलप्याक मदिरा गएराती बरामद गरेको छ। नेपाल भारतको सिमावर्ती क्षेत्र मोरङ्को जहदा गाउंपालिका वडान १ बुधनगर स्थित रहेको खाली जग्गामा लुकाइ छिपाइ भारत तर्फ लैजाने उदेश्यले उक्त्त मूल्य बरावरको मदिरा प्रहरिले बरामद गरेको हो। जिल्ला प्रहरि कार्यालय मोरङ्ले विशेष सुचनाको आधारमा को ३२ प ९५२१ र को २० प ८७७१७ नम्बरको मोटर साइकलमा लोड गरेको र बांकी बेवारिसे अवस्थामा दिलवाले मदिरा २०९ कार्टुन,उमेश मदिरा २७७ कार्टुन र विभिन्न ब्रान्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो। बरामद गरेको मदिरा र सवारी साधन रातिनै जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइ राखी आजै आवस्यक कर्वाहिका लागि मुल भन्सार कार्यालय रानी बिराटनगरमा बुझाइएको छ।
