धरान÷ दोस्रो चरणका कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सुनसरी प्रशासनले स्वास्थ्य संक्रमणबाट सर्वसाधारणलाई सचेत गराउन सर्कुलर जारी गरेसंगै सुनसरीमा कडाई गरिएको छ ।
प्रशासनले भीडभाड हुने स्थानमा भीडभाड हुन नदिन कुनै पनि भेला तथा जमघट हुन नदिने, समयावधिभरि व्यवसाय सञ्चालन गर्ने, सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णयगरे शनिवारबाट जोर विजोर प्रणाली लागू गरेको छ ।
लागू गरेकै प्रहरीले सवारी साधन छिर्ने नाकाहरुमा सुरक्षा संंयन्त्रलाई कडा बनाइएको थियो । लागू भएको पहिलो दिनमै धरान प्रहरीले विजोर नम्बर प्लेट भएका मोटरसाइकल, अन्य सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । धरान छिर्ने मुख्य नाका धरान ८ तीनकुने र धरान १३ जिरोप्वाइन्ट र धर्न २ भानुचौकमा खटिएका जनपथ प्रहरी, सशस्त्र प्रहरीले त्यसरी सवारी सवारी साधन नियन्त्रणमा लिएका हुन् ।
आइतबार विहान पनि यसरी नै कडा गर्ने क्रममा विहाने १ सय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सवारी साधनलाई साझ ६ बजेमात्र छोडिनेगरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्ष्ँक हेमराज ओलीले बताउनुभयो ।
पर्याप्त सूचना पाएपनि सर्वसाधारणले स्वास्थ्यमा खेलबार्ड गरेको पाइएको प्रहरी निरीक्षक ओली बताउनुहुन्छ । उहाले समातिएका सवारी धनीलाई जोर विजोर का सम्बन्धमा सम्झाउने गरेको बताउनुभयो ।
उहाले यो विषयम परिस्थितिमा सुरक्षा संयन्त्र अपाउन गरिएको निषेधाज्ञालाई सहज रुपमा लिएर सर्वसाधारणलाई प्रशासनको निर्देशनलाई मान्न आग्रह समेत गर्नुभयो ।
