धरान÷ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सुकुम्बासीहरुको लागत संकलन स्थगित भएको छ ।
धरानका भूमिहन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुलाई धनीप्रमाण पुर्जा दिने उद्देश्ये शुरु भएको लगत संकलन मंगलबारबाट रोकिएको हो ।
एक हप्ता अगाडिदेखि धरानका सबै वडाबाट एक हप्ता अगाडिदेखि लगत संकलन थालिएको थियो । तर कोरोनाको जोखिम अत्याधिक बढेपछि धरान उपमहानगरपालिकाले लगत संकलनलाई रोकेको हो ।
सोमबार नगरीस्तरीय भुमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैठकले कोरोना जोखिमलाई मध्यनजर गरी एक सातादेखि धरानको वडाहरुमा जारी लगत संकलन मंगलबारदेखि स्थगन गर्ने निर्णय गरेको हो । लगत संकलन ईकाई प्रमुख वेदप्रसाद सापकोटाका अनुसार संक्रमण बढ्दै गएको र जनगुनासो पनि आएकोले समितिको बैठकले स्थगत गर्ने निर्णय गरेको बताउनुभयो । उहाले लागत संकलनका समयमा अत्याधिक भीड हुने र कोरोनाको जोखिम बढ्ने भएकोले हाललाई लगत संकलन स्थगित गरिएको बताउनुभयो । धरानमा बैशाख १२ गते आइतबारदेखि फारम भराउने कार्य शुरु गरिएको थियो । हालसम्म ६ हजार भन्दा बढीको लगत संकलन भइसकेको ईकाई प्रमुख सापकोटाले जानकारी दिए । लगत संकलन ३५ दिनभित्र सम्पन्न गर्नुपर्ने सापकोटाको भनाई छ ।
