कोशी टप्पुमा अर्ना थपिदै

धरान÷नेपालमा पाइने दुर्लभ वन्यजन्तु अर्नाको संख्या थपिएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षका अनुसार पछिल्लो समयमा ५७ वटा अर्ना थपिएका छन् । २ वर्षअघि ४ सय ४१ वटाको संख्यामा रहेको अर्ना पछिल्लो गणनाको क्रममा भने ५७ वटाले वृद्धि भएको पाइएको छ ।
आरक्ष कार्यालयले अर्ना गणना प्रतिवेदन सार्वजनिक गर्दै १२ दशमवल ९ प्रतिशतले अर्नाको संख्यामा वृद्धि भई कुल संख्या ४ सय ९८ पुगेको जानकारी दिएको छ ।
सार्वजनिक प्रतिवेदन अनुसार आरक्षमा भाले अर्नाको संख्या २ सय २१ वटा रहेको छ । त्यसैगरी पोथी अर्ना १ सय ६२ वटा र अर्ध वयस्क अर्ना ४८ वटा रहेका छन् । आरक्ष भित्रदुई वर्ष उमेर सम्मको अर्नाको बच्चा ३५ वटाको संख्यामा रहेको जनाएको कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले गणनाको क्रममा एक वर्ष सम्मको बच्चा ३२ वटा भेटिएको जनाएको छ ।
आरक्ष कार्यालयले अर्नाको संख्यामा वृद्धि हुँदै गएपनि संरक्षणमा समस्य ाथपिदै गएको जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार खुल्ला चरिचरण र छाडा चौपायाका कारण अर्नाको जिन समस्यामा पर्दै गएको छ । जगंली भैसी समेत भनेर चिनिने अर्ना विश्वमानै दुलर्भ वन्यजन्तुको रुपमा सरक्षिंत रहेको छ ।

तपाईको प्रतिक्रिया