धरान÷पूर्वलाई पर्यटकीय क्षेत्र बनाउन पर्यटन व्यवसायीहरु जुटेका छन् । सरकारी स्तरबाट केही सहयोग नभएपनि आफ्नै बलबुतोले भ्याएसम्म पूर्वमा पर्यटनको सम्भावना बोेकेर निजी क्षेत्र लागि परेका हुन् ।
पछिल्लो समय पूर्वको धरानमा अर्को पर्यटनको आयाम थपिएको छ । प्रदेशनम्बर १ मै पहिलो पटक सुनसरीको धरानमा एडभेन्चर पार्क सञ्चालनमा आएको छ । सेछ एडभेञ्चयर एण्ड होलिडेज प्रालिले करिब ५ करोडको निजी लगानीमा धरान २० विष्णुपादुकास्थित कालिमाटीमा एडभेन्च्युर पार्क सञ्चालनमा ल्याएको हो ।
सुनसरीको धरानलाई १ नम्बर प्रदेशकै पर्यटनको हब बनाउने उद्देश्यले स्थानीय पर्यटन व्यावसायीहरु जुटेका हुन् । सेछ एडभेञ्चयर एण्ड होलिडेज प्रालिले धरानलाई पर्यटकीय हव बनाउन ५ करोडको निजी लगानीमा एडभेन्चर पार्क सञ्चालनमा ल्याएको सञ्चालक बासु बराल बताउँछन । धरान बजारदेखि करिब साढे ४ किलोमिटरको ग्रामीण सडक छिचोलेर पुग्न सकिने कालिमाटीमा अहिले ३ सय मिटरको स्काई साइकल, २ सय मिटरको जीपलाइन, हेङिगिङ ब्रिज सञ्चालनमा छन् । ग्रामिण क्षेत्रमा पर्यटनको विकास गरेर स्थानीयहरुलाई आर्थिक स्रोत जुटाउन यस क्षेत्रमालगानी गरिएको सेछ एडभेन्चर प्रा.लि.की सञ्चालिका एलिना मगर बताउनुहुन्छ ।
शाहसिक खेलको मज्जा लिन धरान लगायत आसपासका आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । जिपलाइनको मजा लिइसकेका उनीहरुको लागि स्काई साइक्लिङ नौलो अनुभव लागेको प्रतिक्रिया दिएका छन् ।
धार्मिक, सांस्कृतिक पर्यटनको पहिचान बाकेको धरान पछिल्लो समय साहसिक पर्यटनको हव समेत बन्दै गएको छ । प्याग्लाइडिङ, ¥याफिटङ सञ्चालनमा आइसकेको धरानमा पछिल्लो पटक सेछले शाहसिक खेलको रुपमा नयाँ आयाम भित्र्याएको छ ।
कोरोना महामारीले थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन निजी क्षेत्रबाट ठूलो प्रयास भएको छ । व्यवसायीहरुको प्रयासलाई सार्थकता बनाउन सरकारी तहबाट पनि सहयोगको खाचो छ ।
