कोरोना जोखिम बढ्ने भन्दै विजयपुरका मन्दिर फेरि बन्द

धरान÷ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थानीय सरकार धरान उपमहा नगरपालिकाले मन्दिर बन्द गर्ने निणय गरेसगै धार्मिक पर्यटकीय स्थल धरानको विजयपुरमा चहलपहल घटेको छ ।
दोस्रो चरणको कोरोना भाइरस फैलिन थालेपछि जोखिम न्युनिकरणका लागि मन्दिर बन्द गर्ने निर्णय भएसंगै मन्दिरमा हुने चहलपहल घटेर गएको हो ।
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा मानिएका धरान १४ विजयपुरमा दर्जनौ मठमन्दिर भएपनि विशेष गरी भक्तजनहरु पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बूढासुब्बा मन्दिर र पञ्चकन्या मन्दिरमा दर्शनका लागि आउने गर्छन् । तर देशको विषम परिस्थितिलाई ध्यानमा राखी मन्दिर बन्द गर्ने निर्णय गरेसगै अहिले विजयपुरका मन्दिरहरु सुनसान देखिएका हुन् ।
धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले कोरोना भाइरका कारण भएको मन्दिर दोस्रो पटक बन्द गर्नुपरेको बताउनुभयो । बन्दले चहलपहल नभएपछि यहाँ दैनिक पूजााका सामाग्री विक्री गर्ने लाई मात्र असर परेको छैन आन्तरिक तथा वाह्य पर्यटक यहाँ नआउदा समग्र विजयपुरको विकासमा नै असर परेको बताउनुभयो ।
भक्तजनको आगमनले विजयपुरमा दैनिक लाखो कारोबार हुने गरेको थियो । आन्तरिक पर्यटक एक फाट्टफुट्टमात्र जाने गरेका छन् । जसले गर्दा दैनिक लाखौ घाटा व्यहोर्नुपर्ने बाध्यता रहेको मन्दिरमा फूलमाला विक्री गर्नेह बताउछन् । मन्दिरमा शनिवारमात्र २ हजारदेखि ३ हजार भक्तजनहरु आउने गर्दथे । अब साउन महिना लाग्न लागेको छ । यस महिनाभरि पिण्डेश्वर मन्दिरमा बोलबमका भक्तजनहरु आउने समय हो । यसपटक यसलाई समेत प्रभावित बनाउने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया