धरान÷नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व श्याम दाश वैष्णवको गएको शुक्रबार असामयिक निधन भएको छ । नेपाली साहित्यको उत्थानमा उहाँले आजीवन गर्नुभएको अथक परिश्रमले नेपाली साहित्यको श्रीबृद्धिमा एउटा दब्रिलो इँटा थप्ने काम भएको छ ।
वि.स. १९८१ साउन ५ गते काठमाण्डौको ज्ञानेश्वरमा जन्मनु भएका वैष्णव विगत तीन बर्षदेखि अस्वस्थ रहँदै आउनु भएको थियो । अस्वस्थ भई घरैमा आराम गरिरहेका वैष्णवले यो अवधिमा पनि साहित्यिक साधनालाई भने निरन्तरता दिँदै आउनु भएको थियो ।
मुर्धन्य साहित्यकार वैष्णवको पहिलो कविता सूर्य तत्कालीन अवस्थामा शारदा पत्रिकामा प्रकाशित भएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ लगायतको संगतले उहाँको साहित्यिक गतिविधि अगाडि बढेको थियो । त्यसमाथि महाकवि लक्ष्मीपाद देवकोटाको उहाँ अत्यन्तै प्रिय हुनुहुन्थ्यो । उहाँका रातको आँशु गिति कविता, पतकर कविता संग्रह, अन्तरध्वनी कविता संग्रह, उपहार कविता संग्रह, केही लघु नाटक, केही गीति नाटक प्रकाशित भएका छन् । महाकवि लक्ष्मीपसाद देवकोट र उहाँबीचमा कतिसम्म अन्तरंग सम्बन्ध थियो भने देकोटाका कविताहरु प्रेसमा जानु अगाडि वैष्णवले नै त्यसलाई साफी गरिदिनुहुन्थ्यो । वैष्णव सात्यिकार मात्र नभएर पत्रकारको भूमिकामा समेत
रहनु भएको थियो । लामो समयसम्म उहाँले अत्यन्यै कठिन अवस्थामा समेत हाम्रो सँस्कृति, काधुर्य, झंकार लगायतका पत्रिकाको सम्पादन समेत गर्नुभएको थियो । उहाँको साहित्यिक योगदनको उच्च मूल्यांकन गर्दे राज्य तथा विभिन्न संघ संस्थाले उहाँलाई पुरस्कृत समेत गरेका थिए । उहाँ त्रिमूर्ति साहित्यिक पुरस्कार, मुक्ति पुरस्कार, नई देरुनीख प्रदिप्ती पुरस्कार, हरि शास्त्री सावितीदेवी साहित्यिक पुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कारबाट समेत पुरस्कृत हुनु भएको थियो भने गोरखा दक्षिण बाहुबाट सम्मानित हुनुहुन्थ्यो । उहाँकी श्रीमति तीन
छोरा र चार छोरी रहनु भएको छ ।
