घण्टाघरबाट हेर्दा

माकुनेलाई ढोका बन्द
चोक्टा खान गा’की बूढी झोलमा डुबेर मरी भन्ने उखान यतिबेला वल्लो घाट न पल्लोतिरको अवस्थामा पुगेका माकुनेमा लागू भएको छ । अदालतले प्रचण्डाउसँगको मायाँ पिरती छुट्याएर आफ्नै घरतिर पठाएका माकुनेले घरै चीरा चीरा पार्न थालेसी’ खप्रओले ढोकैमा भोटे ताल्चा झुण्ड्याइ दिएछन् । अब माकुने एमाले घरैमा प्रवेश गर्न नपाउने भएका छन् । विचराको कन्तविजोगै भयो । हुन त माकुने एमाले घरमै प्रवेश गर्न नपाउने भएका छन् । विचाराको कन्तविजगै भयो । हुन त माकुने छिल्लिन पनि साह«ै छिल्लिएका थिए हाक्काहाक्की प्रचण्डाउसँग सडकमा नखरा देखाउँदै हिड्या थिए । चार दशकसँगै बसेका खप्रओका विरुद्धमा कुनै कसरै बाँकी नराखी तीन बर्ष अगाडि भेटेका पचण्डाउसँग मिलेर कहिले माइतीघरमा रमिता देखाए, कहिले
राजधानी बाहिर गएर रमिता देखाए । तीन तीन पटक त खप्रओलाई प्रचण्डउसँग इत्रिएर साधारण सदस्यबाटै घोक्रोठ्याक लगाएर प्रचण्डाउँसग माया प्रिति पनि कति साह«ो झाँगिएको गाँठे एउटै लड्डु आधा–आधा बाँडेर खाने । अति गर्नु अतिचार नगर्नु भन्ने कुरा प्रचण्डाउसँग सडकमा उन्मक्त भैरव जस्तो भा’का माकुन्याउलाई कसैले सम्झाई पनि दिएनन् । अति गर्दा खति हुन्छ । विचरा यतिबेला अर्काे घर बनाउन खावाँखुट्टी गाँड्ने तरखरमा छन् रे । के गर्न समयमा बुद्धिमा विर्को लागेपछि ।
मुख मन्त्राणीको चुनौति
प्रदेश नं. १ की मुखमन्त्राणीले आफ्ना श्रीमानलाई दूधले नुहाएको सावित गर्न थुतुनो चलाउन थालेकी रै’छिन् । आफ्ना मान्छेलाई जतिसुकै कुकृत्य गरेपनि जोगाउन कोचाहिँ लाग्दैन र ? त्यसमाथि मुखमन्तरी जस्तो आफ्नो श्रीमान् । बालिका खड्काले मुखमन्तरीलाई लगाएको अरोप निरर्थककै हो त ? मुखमन्तरी भन्दा ठूला ठूला पदमा अरु पनि छ मान्छेहरु पुग्या छन् नि । ती बालिकाले अरुलाई आरोप लगाएकी छैनन् आगोको छेउमा घ्यु राख्दा नपग्लिने कुरै भएन । दशौ बर्ष देखिसँगै काम
गरेका बालिका र मुखमन्त्रीबीच के कस्तो सम्बन्ध थियो भन्ने कुरा हिजो अस्ति मिलिक्क आकी मुख मन्त्राणीलाई के पत्तो ? पत्तो हुने कुरो पनि भएन । पत्तै नपाई बालिकाले प्रमाण ल्याइओस् भने वित्थामा थुतुनो किन बटार्नु ? गोप्य कुराको प्रमाण हुँदैन भन्ने कुरा विचरी मखमन्त्राणलीलाई के थाहा ? बरु मुख मन्तरीलाई अबगालको महासागरबाट पार लगाउन बालिका खड्कालाई मानसिक ठीक नभएकी भनेर प्रमाणित गरिदिए लन्ठै साफ कि कसो हौ ?
दुर्घटनातिर गयो रे
हैन हौ ती रामवरन जादव आच्या पूर्व राष्ट्रपति कहिलेकहीँ ताइन तुइँको गफ हान्दिछन् । दलहरुको स्वार्थका कारण मुलुक दुर्घटनातिर गयो रे । सत्तामा नबस्ने, सत्तामा बसेका भूपूहरुले त स्वार्थ त्याग्न सकेका छैनन् । अझ सत्तामा बस्नेहरुले त कसरी स्वार्थ त्यागून ? रामवरन जादवकै कुरा गम न । तिन्ले भूपूू राष्ट्रपतिको पद भँजाएर लुटेकोचाहिँ कस्ले भन्दिने ? पेशाले डाक्टर हुन् । यसो गाउँघरतिर गएर गरिब गुरुवाको निःशुल्क उपचार गर्दै हिड्दा हुँदैन । काठमाण्डौमै किन थच्चिएर बस्नु
प¥यो । त्यसमाथि सरकारी घर, सरकारी गाडी, सुरक्षेकर्मी, महिनावारी भत्ता हर्सुन अप्ठेरो लाग्नुपर्ने हो । जो अगुवा उही बाटो हगुवा भन्या यही हो । काठमाण्डौमा भएको आफ्नो घर भाडामा लगाएर जनताले तिरेको करबाट भाडाको घरमा बस्दा अलिकति कुतीकुती लागेन ? भूपूको त यतिविधि स्वार्थ छन् भने वर्तमानहरुको त स्वार्थ नहुने कुरै भएन । आफ्नो आङको भैसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने भन्या यही हो ।
डुकुको महिमा
सामाजिक सञ्जालमा यसपटक डुकु होटलका बारेमा धेरैले जिज्ञासा राखे । हैन हौ गाँठे त्यो डुकुबाटै किन जोडीहरु पक्राउ पर्छन् भनेर । त्यसरी प्रश्न गर्नेहरु साह«ै अबुझ हुन् । नामै डुकु भएसी कहाँबाट प्रक्राउ नपरुन त ? अस्तिका नि सुनसरीका एक जना गाउँपालिका अध्यक्षलाई प्रहरीले डुकु (नाँगै)) को अवस्थामा प्रक्राउ गरेछ त्यसभन्दा अगाडि नि केही जोडीहरु डुकुकै अवस्थामा पक्राउ परे । नामै डुकु भएसी जोडीहरुलाई जान पनि सजिलो अन्तका होटलमा डुकु लेखिएको छैन । प्रहरीका आँखा त्यही पुग्ने कुरा पनि भएन । अबचाहिँ नामै परिवर्तन गर्ने हो कि ? प्रहरीले डुकुुलाई हैरानै बनाइसके । नाम परिवर्तन गरेसी’ प्रहरीेले त्यता साह«ै कर्के नजरले पक्कै नहेर्ला ? कि कसो हौ ?
अब स्टि· अप्रेशन नहुने
बाह्र बर्षमा खोलो पनि फर्कन्छ, राणीका दिन पनि फिर्छन् भन्थे हो रै’छ । अब नेपालमा प्रशासन, कर्मचारीले निर्धक्क लुटे हुने भएको छ । अदालतले अब अख्तियारले स्टिङ अप्रेशन माने छड्के जाँच गर्न नपाउने भनेर निर्नय गरेपछि प्रशासन, कर्मचारीहरुले खुशियाली मनाएका छन् । विचराहरुले खुशियाली किन नमनाउन त अब निर्धक्क भएर घुस खान पाइने, भ्रष्टाचार गर्न पाइने भएपछि पहिला पहिला अख्तियारले देख्छ कि रंगेहात अँठ्याउला कि भन्ने सानो पिरले थिएन विचराहरुलाई । अब फुइøयाँको पिरलो ? अब हाक्काहाक्की बजाउने बाटो अदालतले बनाइदिएको
छ । विचरा अख्तियारका कर्मचारीहरु अब पिलन्धरे भएका छन् । अब कहीँ कतै छाविन गर्नुप¥यो, भ्रष्टाचर भा’को हो होइन भनेर छानविन गर्नु सम्बन्धित कार्यालयका कर्मचारीसँग अनुमति माग्नुपर्नेै भयो । जे होस् प्रशासन र कर्मचारीका लागि गणतन्त्रमा यो भन्दा ठूलो उपलब्धी अरु हुनै सक्दैन । कि कसो हौ ?
परिवर्तनकामी शक्ति रे
पर्धानमनतरी खप्रओ वा’ले अस्तिका दिन २२ तले नव निर्मिति धराहराको उद्घाटन गरे । आफै धरहरा चढेर माथिबाट पुष्पृष्टि गरेछन् । खप्रओ बा’ले धराहरा चढको र पुष्पवृटि गरेको हिस्स परेकी हिसिलाका पोइलाई पटक्कै मन परेनछ । उनको तित्राको जस्तो थुतुनो बर्बराई हालेछ । बयलगाडहरु धराहरा चढेर परिवर्तनकार्मी शक्तिहरुलाई दुत्कार्दै छन् रे । हिसिला पोई बाउराम कामी साँच्चैका परिवर्तनकाकी हुन् । विना पिँधका लोहोटाजस्तै । कहिले जनमोर्चा हुन्छन्, कहिले माउवादी बन्छन्, कहिले नयाँ शक्ति बन्छन्, कहिले धोती पार्टीमा गएर सुतरमुर्गजस्तै घुस्रन्छन् । नेपालमा ती भन्दा ठूला परिवर्तनकार्मी व्यक्ति को होला ? गोरखाबाट लारायनकाजीले झण्डै चिप्ल्याइदिएका थिए । धन्न काँग्रेसँग रोइकराई गरेर जिते । अहिले तिनको सानो चुरीफुरी छैन । दल बदलु गर्दै हिड्ने् बाउराम जस्ता परिवर्तनकामी देशाँ राँको बोलेर खोज्दा नि पाइन्न ।
बाउदेउको नखरा
दलको टुंगो लागि नसक्या, कहिले यता कहिले उता गर्दै नखरा पार्ने बाउदेउ गौतमले जतिसुकै फूर्ति लगाए नि बालुवाटारको बाक्लो दाल तनतनी पिएकै छन् । कहिले माकुन्याउतिर फर्किएर खप्रओको झाँको झार्ने, कहिले खप्रओतिर फर्किएर माकुनेको झाँको झार्ने । डबल स्ट्याण्डका बाउदेउ अन्तमा जता मल्खु उतै ढल्कु त हुन । पहिले झलेमाले फुटाएर के के न लछारपाटो लगाउँछु भन्दै हिड्या थे पछि कहीँ कतै एक सिट पनि जित्न नसकेसी फेरि निगुरमुन्टी लाएर झालेमालेमा फर्किएका थिए । अहिले जुन पक्षेबाट हातमा ठूलो लड्डु आउँछ त्यतै लहसिने सुरसारमा रहेका छन् । सबै सांसद नेता खप्रओ र माकुनेतिर खुलिसक्दा पनि ती चाहिँ घण्टाको जोखना हेरेर बस्या हुन् ?
अन्तेमा
हिजोआज नेप्लिज लाँग्रेसककी मण्डीखाटारे नेतृको चलाचुल छैन । केही समये अघिसम्म त म सभापतिमा लड्छु भन्दै दुई चार वटा अनलाइनका भिजिलान्तेहरुलाई बोलाएर, खानपिन गराएर अन्र्तावार्ता द्या थिइन् । हिजोआज त चालचुल छैन । कही कतैबाट पनि आफ्नो पक्षमा माहोल नदेखिएसी तिनको पआनवायु बन्द हुँदै गएछ कि क्या हो ? हुन त गिर्जाउले इहलोकतिर प्रस्तान गरेी तिनको ओह्रालो झर्ने क्रम शुरु भएको थियो गिर्जाउ छउन्ज्याल तिनको चुरीपुरी सानो थिएन । पर्धानमनतरी नै मै हुँ जस्तो । हुन पनि हो, त्यसबेला तिनको सही मात्र चल्थेन अरु सबै चल्थ्यो । गिर्जाउ बाँच्च्या भए तिन्को चुरीुरी कसैले सम्हाल्नै नसक्ने थिएन ।

तपाईको प्रतिक्रिया