इनरुवामा विद्यालयहरु बन्द

धरान÷कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपछि इनरुवा नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
इनरुवा नगरपालिकका प्रमुख राजन मेहताद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, इनरुवा नगरपालिका क्षेत्रमा केही दिनदेखि कोरोना संक्रमण विद्यालयका बालबालिकामा देखिनुका साथै समुदाय स्तरमा समेत फैलिएकोले कोरोना रोकथाम तथा नियन्त्रणको सन्दर्भमा नेपाल सरकारले गरेको निर्णय बमोजिम सुनसरी जिल्लाका सरोकारवालाहरुबीच भएको छलफलले इनरुवा नगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, सभा सम्मेलन, भेला , जात्रा जस्ता मानिसको भीडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि नगर्ने निर्णय गरेकोले उक्त निर्णयको पालना गरी कोरोना जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको छ । यस सम्बन्धमा बुझ्न सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो यस सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय निकायलाई प्रत्यायोजन गरेकोले सोही बमोजिम भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया