धरान सरसफाई अभियानमै जुटेको प्रोजेक्ट नेचर नेपालले धरान लगायत मुलुकका धार्मिक पर्यटकीय क्षेत्र तथा पर्यटकीय स्थल र जलाधार क्षेत्रमा सरसफाई गरेको छ ।
धरानका १२ जना युवा र ६ जना युवतीहरु मिलेर सरसफार्ई अभियान नै चलाएका उनीहरुले डेढ बर्ष अघिदेखि धरानलगायत देशका विभिन्न स्थानमा सरसफाई गर्दै अहिले पुनः धरानमा सरसफाई गरिरहेका छन ।
समयलाई खेर फाल्नुभन्दा समयको सदुपयोग गर्ने र वातावरणलाई स्वच्छ राख्ने अभियानका साथउनीहरु सरसफाइमा जुटेका हुन् । वेरोजगार युवाहरु कुलतमा फस्ने गरेका धेरै उदाहरण रहेको भन्दै सकारात्मक सोचमायुवालाई समावेश गर्न सके युवाकुलतमानफस्ने उनीहरुको मुख्य उद्देश्य पनि रहेको उनीहरु नै बताउछन् ।
ध्र्मिक पर्यटकीय स्थल, खानेपानीको मुहान, पर्यटकीय गन्तव्य स्थल, वनभोज स्थललगायतमा सरसफाई गरेर प्रकृतिलाई संरक्षण गर्ने उद्दे्श्य बोकेर प्रोजेक्ट नेजर नेपाल नामक संस्था गठन गरेका हुन् । संस्थाका अध्यक्ष एलोन विष्टले नेपाल धार्मिक पर्यटकीय क्षेत्र सहित मनोरम पर्यटकीय क्षेत्रमा विश्वमै प्रख्यात रहे पनि संरक्षणमा कोही पनि गम्भीर नभएको बताउनुभयो । उहाले यस्ता क्षेत्रको संरक्षण गर्नुपर्छ भनेर हामीले अभियान स्वरुप सरसफाई गर्न थालेको बताउनुभयो ।
डेढबर्ष अघि गठन गरेर सरसफाई अभियान सुरु गरेका उनीहरुले लकडाउनको समयमा पोखरामा पाँच महिना किल्न फेवा क्याम्प सञ्चालन गरेका थिए भने ५१ दिन अगाडिदेखि उनीहरु धरानका विभिन्न स्थानमा सरसफाइ गरिरहेका छन् ।
सरसफाइ अभियानका अर्का अभियन्ता जुगल राईले ५१ दिनभित्र धरानका धार्मिक पर्यटकी क्षेत्र, धरानको मुख्य खानेपानीको स्रोत तथा धरानकापार्कहरुमा सरसफाई गर्ने काम गरेको बताउनुभयो ।
प्रदुषणका कारण वातावरण नविग्रियोस भन्ने अभिप्रायले सरफाइमा जुटेको उनीहरुको भनाई छ । यो अभियानमा सरकारी सहयोग नभएको उनीहरु बताउँछन् ।
सरकारले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्र र अत्यन्तै रमणीय पर्यटकीय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर बढीभन्दा बढी रोजगारीको अवसर प्रदान गर्ने भनिए पनि पर्यटकीय गन्तव्यको सम्भावना बोकेका यस्ता स्थानमा भने सरसफाईमा खासै ध्यानदिन सकेको छैन । तर यी युवाहरु संस्था नै गठन गरेर यसरी सरसफाई अभियानमै लाग्नु सकारात्मक पक्ष हो । युवाहरुको यस्तो सह्रानीय कामलाई सरकारले समेत होस्टेमा हैसे गर्दै साथ दिन सके नेपालमा बढी भन्दा बढी धार्मिक पर्यटकहरु भित्रिने त छदै छ स्वच्छ वातावरणको परिकल्पना गर्न सकिने थियो कि ?
