पूर्वका धार्मिक क्षेत्रमा हेलिटुर सञ्चालन

धरान÷ पूर्वको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सुनसरीको धरानबाट शनिबारदेखी हेली टुर सञ्चालनमा आएको छ । धरान होलिडेज प्रालिको आयोजनामा ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेशी महादेब मन्दिरको दर्शनसहित पूर्वका हिमश्रृङखलाहरुको दृष्यावलोकन गराईने प्रालिले जनाएको छ ।
दुई वर्ष अघि सञ्चालन गरिएको हेली टुर गत वर्ष कोरोना महामारी कारण सञ्चालन नगरिएको र यसपटक पुनः सञ्चालन गरिएको हो । हेली टुरमार्फत पूर्वको पर्यटन क्षेत्रको विकास गर्न हेली टुरलाई पुनः सञ्चालनमा ल्याइएको प्रालिका सञ्चालक अमृत मानन्धरले बताउनुभयो । पाथिभरा मन्दिर दर्शनका लागि प्रतिव्याक्ति २९ हजार ९ सय ९९ रुपैयाँ लिइने र जेष्ठ नागरिक तथा अपाङको लागि भने १० प्रतिशत छुटको व्यावस्था गरिएको प्रालिले जनाएको छ । यस्तै, यात्रुहरुलाई सहुलियतका लागि यस बर्ष भने सहकारी संस्थासंग सहकार्य गरेर किस्तामार्फत पनि हेलिटुर गर्ने व्यवस्था मिलाइएको प्रालिे जनाएको छ । हेलिकोप्टरमार्फत टुरको पहुच पु¥याउन सर्वसाधारणलाई दैनिक १ सय र मासिक २ हजार ५ सय रुपैया जम्मा गरेर पनि हेलिटुर गर्न सकिने व्यवस्था रहेको सञ्चालक मानन्धर बताउनुहुन्छ ।
यस्तै, दुर्गम क्षेत्रका विरामीहरुलाई उद्धार गर्नुपरेमा हवाई एम्बुलेन्सको सेवा समेत दिइने प्रालिको भनाई छ ।

तपाईको प्रतिक्रिया