नेपालको पाँचथर र ताप्लेजुङका सीमा नाकाबाट चिनियाँ गुप्तचरको अवैध भारत प्रवेश

काँकडभिट्टा÷शुक्रबार अर्थात वैसाख ३ गते दुई चिनियाँ नागरिक भारतबाट नेपाल प्रवेश गर्न खोज्दा वाहुनडाँगी नक्सलबाडी नाकाबाट पक्राउ परे । भारतीय सीमा सुरक्षा बलले शंका लागि चेकजाँच गर्दा उनीहरु चिनियाँ नागरिक भएको खुल्यो तर उनीहरुका साथमा कुनै वैधानिक कागजपत्र थिएन ।
भारतको पश्चिम बगालमा यतिबेला विधानसभाको निर्वाचन भइरहेको छ । पश्चिम बंगालसँग जोडिएका सीमा नाकाहरु सबै शिल गरिएका छन् । दुवै देशको आवतजावतमा कडाई गरिएको छ । तर अवैध ढंगले चिनियाँ नागरिक नक्सलबाडीसम्म कसरी आइपुगे र उनीहरु नेपाल प्रवेश गर्न किन चाहन्थे ? प्रक्राउ पर्ने दुई चिनियाँ नागरिकमा चेन जिझा र डिङ्ग सु–सेन्ग छन । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले भारतीय सीमा सुरक्षा बल आठौ बटालियनका सुरक्षाकर्मीको हवाला दिँदै भन्नुभयो, प्रक्राउ परेकाहरु अन्दाजी ३० देखि ३५ बर्ष उमेरका छन । उनीहरु नेपाल प्रवेश गर्न चाहेका भएपनि नक्सलबाडीको परामनीरामबाट पक्राउ परेको बुझिएको डिएसपी दाहालले भन्नुभयो । ती दुई चिनियाँ नागरिकहरु कहिले भारत प्रवेश गरेका थिए, उनीहरुले कुन नाका प्रयोग गरेका थिए भन्ने नखुले तापनि नेपाल पसेका उनीहरुलाई भारतीय नागरिक जो पश्चिम बंगालकै हुन मोहम्मद इब्राइमले सहजीकरण गरेको डिएसपी दाहालले बताउनुभयो । मोहम्मद इब्राहिमले ती चिनियाँ नागरिकबाट रकम लिएर सहज नाका बाहुनडाँगी नक्सलबाडी पु¥याएका थिए । भारतीय सीमा सुरक्षा बल एसएबीले चिनियाँ नागरिकसँगै इब्राहिमलाई समेत गिराफ्तार गरेर अनुसन्धान अगाडि बढाएको छ ।
चिवा भन्ज्याङ्ग नाका प्रयोगको आशंका


भारत पुगेका दुई चिनियाँ नागरिक नेपालको कुन नाका प्रयोग गरी भारत पुगेर पुनः नेपाल आउन लागेका थिए भन्ने कुराले दुवैतिरका सुरक्षाकर्मीहरुलाई यतिबेला टाउको दुखाई भएको छ ।
पुष्पलाल पहाडीलोकमार्ग अन्तर्गतको पाँचथरको फिदिम चिवाभन्ज्याङ नाका ती चिनियाँ नागरिकले प्रयोग गरेको हुनसक्ने अनुमान दुवैतिरका सुरक्षमाकर्मीहरुले गरेका छन् । पाँचथरको चिवाभन्ज्याङसँग भारतको सिक्किम राज्यको सीमा जोडिएका छ पुष्पलाल पहाडी लोकमार्ग निर्माणका क्रममा चिवाभन्ज्याङ्गलाई उद्गम स्थल मानिएको छ । नेपाल सरकारले चिवाभन्ज्याङ सम्मको विन्दुसम्म पाँच बर्ष अगडि नै ट्रयाक खोलेपनि सिक्किम सरकारले गएको पौषमा चिवा भन्ज्याङ्गसम्म ट्रयाक खोलेको हो ।
चिवाभन्ज्याङ्गबाट सिक्किमको उत्तरे बजार पुग्न २५ किमीको यात्रा तय गर्नुपर्छ । उत्तरे बजारबाट सोक्पाख, जरिवुर्तन, भालुवाले जस्ता स–साना गाउँ वस्ती र बजार छन् । पक्राउ परेका चाइनिज नागरिकले यही चिवाभन्ज्याङ्ग नाका प्रयोग गरी सिक्किम हुँदै बाहुनगाँडी नक्सलबाडी नाका भएर नेपाल प्रवेश गर्न खोजेको पनि हुन सक्छ । तर यसमा सशस्त्र प्रहरी प्रदेश न. १ का प्रमुख वंशीराज दाहाल भने विश्वस्त हुनुहुन्न । उहाँ भन्नुहुन्छ अहिले अनुसन्धान भइरहेको होला ती भारतबाटै वा म्यानबारबाट पनि आउन सक्छन् । चाइनिज र तिब्बती भन्ने फरक फरक हुन्छन् । चाइनाबाट आउने भनेको ओलाङचुङगोला किमाथांकाबाट मात्र आउने हुन् । तर त्यहाँबाट आउन सक्ने अवस्थै छैन, बाटो एउटै छ, बाटोमा हामी मात्र छौं ।
तिनीहरु नेपाल छिर्न नै खोजेको देख्दा ती नेपालको उत्तरी नाकाबाट आएकै होइनन् । ती बर्माबाट आएका हुन सक्छन् । अहिले आन्दोलनले गर्दा म्यानमारमा पनि कडा होला भन्ने सवालमा दाहाले भन्नुभयो ती कहिलेदेखि घुमेका हुन् ? भुटान हुँदै पनि आएका हुन सक्छन् । अन्यत्रबाट आएर नेपाल छिर्न खोजेका हुन सक्छन् । अहिले नेपालको पूर्वी पहाड इलाम, पाँचथर, ताप्लेजुङमा धेरै विओपी स्थापना गरिएको छ । इलाममा ७ वटा, पाँचथरमा ४ वटा र ताप्लेजुको ओलाङचुङगोलामा १ रहेको छ । चिवाभन्ज्याङमा नेपाल भारत सीमा छ । पारिपट्टी एसएसवी र नेपालतर्फ सशस्त्र प्रहरी छन् डिआआइजी दाहाल भन्नुहुन्छ चिवा भन्ज्याङ्ग जानै अप्ठेरो छ । ताप्लेजुङ्गबाट छि¥यो भने पनि पाँचथरबाट चिवाभन्ज्याङ्गसम्म पुग्न मोटरबाट ५÷६ घण्टा लाग्छ । त्यहाँ मान्छेको मुभमेन्ट नै हुँदैन । जम्मा एक ठाउँबाट छिर्न सकिन्छ तर त्यो विकट छ । चिवाभन्ज्याङ्गमा नेपालको सशस्त्र प्रहरी र भारतीय एसएसवी आमने सामने छन् । चिवाभन्ज्याङ्गमा मात्र होइन इलाम, पाँचथरमा भएका सबै पोष्ट कस्तो छ भने नेपालको पोष्टबाट भारतको पोष्ट र भारतको पोष्टबाट नेपालको पोष्ट देखिन्छ । अर्को कुरा त्यसरी रहेका पोष्टको नजिक कुनै मानव बस्ती नै छैनन् । चौरी गोठहरुमात्र छन । त्यसैले सामान्यतः त्यहाँ बस्नेहरुमा एसएसवी र एफिएफका मानिसहरु मात्र हुन्छन । उहाँ भन्नुहुन्छ पक्कै पनि ती चाइनिज नागरिक बर्माबाटै आएको हुनुपर्छ । अहिलेको बर्माको इस्युमा चाइनाले सपोर्ट गरिरहेको छ । अर्कातिर बर्मामा भएको आन्दोलनका कारण त्यहाँ भएका नेपाली भाषीहरु विस्थापित भएर यहाँ आउलान् भन्ने अर्को त्रास छ । बर्मामा ३०–४० लाख नेपाली भाषी रहेका छन् ।
चाइनिजहरुका लागि किमाथांका सहज प्रवेश मार्ग
ताप्लेजुङ जिल्लाको टिप्तला भन्ज्याङ्गबाट संखुवासभाको किमाथांकासम्मको ५० किमी सडक चीनले निर्माण गरिसकेको छ । चाइनजिहरुलाई ओलाङचुङगोलाको नाका भन्दा किमाथांकाको नाका सहज भएको छ ।
उच्च पहाडी क्षेत्रमा बस्ने नेपालका शेर्पा जातिसँग चाइनजिहरु निर्वाध रुपमा आउने गर्छन् । यो गाउँपालिकाको उत्तरमा चीनको स्वाशासित क्षेत्र तिब्बत, पूर्वमा ताप्लेजुङ्ग र पश्चिम दक्षिणमा मकालु गाउँपालिका रहेको छ ।
यतिबेला चिनियाँ नागरिकहरु उत्तरी संखुवासभाको विभिन्न गाउँमा आएर रुदाक्ष, जडिबुटी आदि खरिद गने बहानामा महिनौसम्म बसेर फर्कन्छन् । ओलाङचुङगोलाको सडक सहज भइनसकेको अवस्थामा टिप्तला भन्ज्याङ्गबाट चिनियाँहरु भोटखोला गाउँपालिका आउने
गरेको स्थानीय फुर्बा शेर्पाले बताए । भोटखोला भएर तेह्रथुम हुँदै पाँचथर पुगेर चिनियाँ नागरिक भारत प्रवेश गर्न पनि सक्ने आशंका पनि पक्राउ परेकाहरुमाथि गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया