धरान, विश्वमै प्रख्यात मानिएको वीर गोर्खालीको चीनो खुकुरी नेपालबाट विदेश निर्यात हुन छाडेको छ ।
निर्यात हुन नसकेपछि खुकुरी उद्योग सञ्चालन गदै आएका उद्योगी व्यवसायीहरु उद्योग नै बन्द गर्ने अवस्थामा पुगेका बताउछन् ।
०७२ सालमा करिब १ बर्ष भएको नाकाबन्दीमा जेनतेन खुकुरी उद्योग सञ्चालन गरेका उनीहरुले पुन ः विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण उत्पादन भएको खुकुरी विदेश निर्यात नहुदा उद्योग न बन्द गर्ने अवस्थामा पुगेका छन् ।
न्यू गोर्खा खुकुरी उद्योग प्रा.लि.का सञ्चालक दिपक विश्वकर्मा ०७२ सालमा भारतले गरेको नाकाबन्दीमा खुकुरी उद्योग धरासायी बनेपछि अहिलेसम्म कुखुरी उद्योगले राम्ररी खुट्टा टेक्न नसकेको बताउनुभयो । उहाले नाकाबन्दीका समयमा उद्योग बन्द गर्ने अवस्था आएपनि बल्तल्ल सञ्चालन गर्दै आएको बताउनुभयो । नेपाल खुकुरी व्यवसायी संघ सुनसरीका अध्यक्ष समेत रहेका विश्वकर्माका अनुसार धरानमा रहेका उद्योगहरुबाट मात्र ८ देखि १० हजार पिस खुकुरी विदेश निर्यात हुने गरेको थियो । यहा उत्पादन भएका खुकुरी चीन ७० प्रतिशत निर्यात हुने र बाकी अमेरिका, जापान, जर्मन लगायतका देशमा निर्यात हुने गरेको उद्योगी विश्वकर्मा बताउँछन् । उहाले भन्नुभयो सबैभन्दा बढी खुकुरी चाइना निर्यात हुन्छ, कार्गोमार्फत चाइना निर्यात हुने गरेको छ, तर कार्गोले अहिले खुकुरी र्नै लान छोडेको छ । यसले गर्दा चाइना खुकुरी जानै छाड्यो ।’ यहा बनेका खुकुरी नेपालमै खपतै नहुने उनी बताउछन् । विगतमा सहज हुदा विश्वकर्माको न्यू खुकुरी उद्योगबाटमात्र दैनिक ९ सयदेखि १ हजार पिस खुकुरी चाइना जाने गरेको थियो । खुकुरीवापत मासिक ८÷१० लाख उद्योगलाई आम्दानी हुने गरेको थियो तर अहिले यहा बनेका खुकुरी विक्री नभई थन्किदा कालीगढलाई दिने तलब समेत व्यवस्थापन गर्न गाह्रो हुने गरेको उहाँ बताउनुहुन्छ् ।
उहाँ बताउनुहुन्छ कतिपय देशले खुकुरीलाई हतियारको रुपमा लिने गरेको समेत पाइएको छ । तर यो हस्तकलाको समाग्रीभित्र पर्छ । यसलाई नेपाल सरकारले हतियारभन्दा पनि हस्तकलाको सामाग्रीको रुपमा अन्य देशमा व्रिफिङ गरेर निर्यात गर्ने वातावरण तयार पारिदिन सरकारसँग आग्रह समेत गर्नुभयो । उहाले अहिले चाइना खुकुरी जान नसकेको अवस्थामा नेपाल सरकारले सरकार स्तरबाट खुकुरी निर्यात गर्ने वातावरण मिलाइदिए राम्रो हुने बताउनुभयो ।
धरान १५ मा खुकुरी उद्योग सञ्चालन गर्दै आउनु भएका गोविन्द रसाइलीले समेत अहिले खुकुरी निर्यात नहुदा उद्योग सञ्चालन गर्न गर्न नै कठिन भएको बताउनुहुन्छ । उहाले नाकाबन्दीमा बल्लतल्ल उद्योग सञ्चालन गरेको बताउदै अहिले फेरि त्यही अवस्था आएको र उद्योग सञ्चालन गर्न नै कठिन भएको बताउनुभयो ।
रसाइलीले नाकाबन्दीदेखि अहिलेसम्म उद्योगले करोडौ घाटा व्यहोर्नु परेको बताउनुभयो । उहाले अब पनि यस्तै हुदै गयो भने उद्योग सञ्चालन गरेर बस्नुबाहेक अर्को विकल्प नरहेको बताउनुभयो । उद्योगबाट आम्दानी नहुदा ऋण लिएर उद्योग सञ्चालन गर्दा टिकाउनै गाहूो भएको गुनासो पोख्नुहुन्छ ।
उद्योगी विश्वकर्मा र रसाइलीमात्र हैन धरानमा रहेका १५ वटा उद्योगका सञ्चालकहरुको हालत उस्तै छ । उद्योग सञ्चालनका लागि सरकारले सहज वातावरण तयार पारिदिनुपर्ने उनीहरुको माग छ । वीर गोर्खालीको परिचय बोकेको हस्तकलाको सामाग्रीको रुपमा विदेशीहरुले प्रयोग गर्ने खुकुरी उद्योगलाई राज्यले सहयोग गरेर भएपनि उद्योग बन्द हुनबाट जोगाउनुपर्ने उनीहरुको माग छ । यसका लागि खुकुरी निर्यात हुने देशहरुमा निर्यातका लागि सरकारी स्तरबाट सहज वातावरण तयार पार्नुपर्ने उनीहरुको भनाई छ ।
