‘अभी तो मै जवान हुँ’ एउटा गजलको मुखडा हो । गजलमा चासो राख्ने मित्रले यू ट्यूवमा यो गजल सुन्न र हेर्न सक्नुहुन्छ । मलका पुखराजले यो गजल गाएर लोकप्रिय बनाउनु भयो । हाफिज जालन्धरीले लेखेका हुन् यो गजल । तर संगीतको डिजिटल दुनियाँमा कवि र लेखक चिनिदैन । रन्जिश ही सही भन्ने गजल धेरैलाई पक्कै सम्झना छ । रुना लैलाले यस गजललाई लोकप्रिय बनाइन् । तर लेख्ने फराज अहमदलाई कसले सम्झन्छ । जीवन यस्तै छ, यस्तै हुन्छ । यसलाई बुझ्नै पर्छ, बुझ्न गाह्रो भए पनि ।
पछिल्लो साता झापामा साँच्चै रमाइलो भयो । यताका दिनहरुमा यस्तो जमघटमा म पुगेको थिइनँ । विश्वप्रकाश शर्माले आउनैपर्छ भन्नुभयो । मैले विश्वप्रकाशको पुस्ताका साथीहरुको अनुरोध भरसक पूरा गर्छु । त्यस्ता साथीहरु गगन थापा, प्रदीप पौडेल, कृष्णज्वाला वा नारायण गिरी जोसुकै हुन सक्छन् । विश्वप्रकाशको कुरा काट्ने कुरै भएन । तर झापा नटेक्दासम्म आफूलाई बोल्ने समय पनि थाहा छैन, विषय पनि थाहा छैन † हवाई अड्डामा स्वागत गर्न आउनुभएका मित्रले सभा–तालिका दिनुभयो । विचित्रको विषय † अध्ययनको निरन्तरता र गतिशीलता रे † त्यही पनि बोले जे मनमा आयो, त्यही बोले । अनुभूतिका अनुरुप बोले । नथप भयो, नघट भयो । साहित्य मेरो पहिलो प्रेम हो भने । तर पहिलो प्रेम आखिरी कहाँ हुँदो रहेछ त ?
जीवनका एउटा आयाम कहाँ छ र ? जीवन कसले पो बुझेको छ ? जीवन बुझे भनेर दावा गर्नु अहंकार मात्र हो । म अज्ञेयवादी त होइन । तर परम सत्य अझै अज्ञेय छ । सधैं यस्तै
रहनेछ । जानि सकिएको कुरा जानिसकिएको छ
भन्दै बोल्दै जाँदा उर्दुका कतिपय शेर भन्न पुगे । उर्दुको कुरा छाडिदिनुस् अहिले म हिन्दीको उच्चारण पनि शुद्ध रुपले गर्न सक्दिन । अंग्रेजीको सही उच्चारण गर्ने त प्रयाससम्म गदिनं । हाम्रो जिब्रोका निमित्त त्यो सम्भव नै छैन । त्यस्ता असम्भवलाई प्रयास गर्नु आÏनै उपहास गर्नु हो । तर भावनाको प्रवाहमा उच्चारणको के मतलव ? म बोल्दै गए, भन्दै गए । रमाइलो भयो, वेस्सरी भयो ।
तर बोल्नेले बोल्ने, सुन्नेले सुन्ने र बुझ्नेले बुझ्ने अर्कै भएछ । यसै क्रममा हिजो केही मित्रहरु मेरा गाउँमा आइपुगे । झापाबाट फर्केपछि म आÏनै गाउँमा छु । अर्थात् गाउँ वस्तीपुर, जिल्ला
सिराहा । विरगन्जका मेरा प्रिय पत्रकार चन्द्रकिशोरका नेतृत्व(?)मा चार–पाँच थप मित्रहरु । तर उनीहरुको प्रश्न अर्कै छ । उनीहरु भन्छन्: तपाईलाई अझै प्रेम चाहिने ? वाफ रे वाफ † म अक्क न वक्क
भए । गधे पच्चिसीमा रहँदासम्म मनुष्यले प्रेम खोज्छ । ऊ भोको
रहन्छ । भनिन्छ, २५ नपुगेको मान्छे क्रान्तिकारी नै हुन्छ । त्यसै पनि क्रान्ति र प्रणय पर्याय नै हुन् । तर त्यसपछि ? लौ भइहाल्यो २५ मा नअड्यौं । दुई/चार वर्ष थपौं । अनि अब ७० वर्ष पुगेको मान्छे पनि प्रेम नै खोजि हिड्ने ? त्यसलाई प्रेम भनिदैन । त्यो त वासना पनि होइन । त्यो अज्ञान अर्को संज्ञा हो । यस्तै अज्ञानलाई शास्त्रले माया अथवा मोह भनेका छन् ।
तर जीवनका एउटा आयाम कहाँ छ र ? जीवन कसले पो बुझेको छ ? जीवन बुझे भनेर दावा गर्नु अहंकार मात्र हो । म अज्ञेयवादी त होइन । तर परम सत्य अझै अज्ञेय छ । सधैं यस्तै रहनेछ । जानि सकिएको कुर जानिसकिएको छ । केही कुरा भोलि वा पसि र्जानिएला । तर अन्तिम कुरा कहिले पनि जानिदैन । तथाकथित प्रेमको खोज केही अनुभूति र केही उमेरपछि समाप्त हुनुपर्छ । समाप्त भएको पनि हुन्छ । त्यसै सिलसिलामा उर्दुका कवि दाग ‘इक लफजे मोहव्वत’ भन्ने शेर भनेका थिए । तर चन्द्रकिशोरका नेतृत्वमा आएका साथीहरुले त्यस शेरका तर्फ ध्यान दिनुभएनछ । उहाँहरुको उमेरका हिसाबले त्यो ठीक नै छ । अनि मैले उहाँहरुलाई नै भने– ‘ए त्यसो भए त मैले इक लफजे मोहव्वत भनेर गल्ती पो गरेछु, मैले त अभी तो मै जवान हुँ भन्नुपर्ने रहेछ ।’
मन शायद सधैं जवान रहन्छ । तर एक तहमा मात्र । अर्को तहमा इन्तिहाको पनि कुरा रहन्छ । इव्तिदा मतलव राख्दैन । यो पनि इकवालको शेरको अंश हो । झापाको त्यस समारोहमा यो शेर पनि पढिएको थियो । तर यस्ता सारा शेरमा अभी तो मै जवान हुँ भन्ने कुनै सन्दर्भ थिएन । तन्नेरीहरुले त्यही देखेछन्, त्यो पनि स्वागतको कुरा हो । सब कुरा छोडेर, यू ट्यूव खोलेर पढ्ने हाम्रा पाठकले हाफीज जालन्धरीले लेखेको र मलका पुखराजले गाएको ‘अभी तो मै जवान हुँ’ हेरुन र संवाद गरुन भन्ने मेरो अनुरोध छ । आज यत्ति †
