इटहरी/वि.सं. २०५६ साल असार २ गते पूर्वाञ्चलमै पहिलो डिपार्टमेन्ट स्टोरको मान्यता अनुरुप सञ्चालनमा आएको इटहरी १ स्थित गोरखा डिपार्टमेन्ट स्टोरले आÏना ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर कृषि उत्पादनलाई समेत प्राथमिकताका साथ अगाडि बढाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. १७ बालग्रामस्थित गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.बाट उत्पादन भएका ताजा एवम् सुद्ध गाइभौसीको दूध, घ्यू, दही र ताजा मौसमी एवम् वेमौसमी अर्गानिक सागसब्जीले उपभोक्तालाई थप लोभ्याएको छ । वि.सं. २०६८ माघ १५ गतेबाट एक माउ भैसीबाट
परीक्षण उत्पादन गरेको गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.मा यतिबेला हेलिस्टेन र जर्सी जातका दुधालु गाइको संख्यामात्र ५० पुगेको छ । यसैगरी दूध दिने अवस्थाका १६ थान भैसी रहेका छन् । जसमा १४ वटा मुर्रा जातका छन् भने २ वटा स्थानीय जातका ।
गोरखा गौशाला तथा कृषि उपज प्रा.लिका इन्चार्ज डम्बरबहादुर बस्नेत भन्नुहुन्छ, गाईबाट दैनिक ४ सय देखि ४ सय ५० र भैसीबाट २ सय लिटर दूध उत्पादन हुन्छ । यसरी उत्पादन भएका सम्पूर्ण दूध गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा डेरीमा पुग्ने गर्छ । गोरखा गौशालाबाट गोरखा डेरीमा प्रत्येक दिन विहान ५ बजे र बेलुका ५ बजे दूध पुगिसक्छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ ‘चााडै नै केही गाइका संख्या थपिदै छन् । भारतबाट झण्डै ३२ वटा उन्नत जातका गाईहरु गौशालामा आइपुग्छन् । यसका लागि थप गोठको निर्माण कार्य भइरहेको छ । गोरखा गौशालाबाट उत्पादन भएको ताजा र सुद्ध दूध खरिद गर्न स्थानीय उपभोक्ताहरु विहान ५ बजेदेखि नै लाइनमा लागिसकेका हुन्छन् भने बेलुका ५ बजेदजेखि त्यसैगरी लाइनमा बस्छन् ।’
उपभोक्ताहरुले आफ्नो आवश्यकता अनुसार दूध खदि गरिसकेपछि बााकी रहेको दूध गोरखा किचेन, गोरखा बेकरीले आफै प्रयोग गर्ने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ हामी आफैले उत्पादन गर्ने गरेका दर्जनौ प्रकारका स्वादिष्ट मिठाई, खुवा, बेकरी आइटमको माग दिन प्रतिदिन बढ्नुको प्रमुख कारण सुद्ध दूध, घ्यूको प्रयोग पनि हुनसक्छ । पछिल्ला दिनमा रसबरी, लालमोहन, बर्फी, मिनी मिल्क, मिल्क ब्रेड, हेल्दी ब्रेड, टोष्ट
(सुजी +इलाइजी), नमकिन, ओरेन्ज, हनी, वटर, चक्लेटी, मिक्स कुकिज, तिलपप, बर्फीपप, विस्कुट पप, नमकिन पप, सुजी पप पेटज पपको बजारमा अत्याधिक माग बढेको छ । यसैगरी सुख्खा आइटममा क्रिम कोकोनट विस्कुट, खजुरी, जुली, कोकोनट स्टार, टिफिन केक, विस्कुट आइटममा बदाम विस्कुट, राउन्ड स्विट्स, चकलेटी, क्रिम रोल, सÏट आइटममा मिल्क ब्रेड, हेल्दी ब्रेड, मिनी मिल्क, वन, डुनट, (क्रिम +प्याक) र केक आइटममा वर्थ डे केक, पेस्की आइटममा भेनेला, ब्लाक फरोट, चक्लेटी, पाइनापल, इस्टोबरी, म्याङ्गो, पेस्टी लगायत गोरखाले उत्पादन गर्दै आएको छ । उत्पादित अधिकांश आइटम दूधको प्रयोग हुने भएकोले पनि बजारमा उपभोक्ताको मागलाई धान्न धौ धौ परेको सञ्चालक आचार्यको कथन छ ।
गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.ले आफ्ना ग्राहकहरुलाई सुद्ध एवम् ताजा दूध मात्र दिएको छैन कैयौलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ गौशाला इन्चार्ज डम्बरबहादुर बस्नेत भन्नुहुन्छ, हाल गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.मा काम गर्ने कामदारको संख्या १८ जना रहेका छन् । यसैबाट उनीहरुमात्र हैन उनीहरुका आश्रित परिवार समेत धानिएका छन् । जम्मा ९ विघा क्षेत्रफलमा फैलिएको गोरखा गौशलामा गाई, भैसीमात्र हैन खसी, बाख्रा र ब्रोइलर जातका कुखुराहरु समेत पालिएका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको मोरङ्गको विराटचौक र इटहरीमा रहेको किचेनमा गौशालाकै खसी र कुखुराको मासु सप्लाई हुने गरेको छ । व्यवसायीसागै समाजसेवी समेत
रहनु भएका आचार्य भन्नुहुन्छ, आजका युवाहरु रोजगारका लागि घरबास धितो राखेर, ऋणपान गरेर रोजगारका लागि विदेश जान्छन् । आÏनै माटोमा अलिकति बढी मेहनत गर्ने हो भने यही प्रसस्त कमाई हुन्छ । आजका युवाहरुलाई प्रेरित गर्न पनि गोरखा गौशाला तथा कृषि उपज प्रा.लि. सञ्चालनमा ल्याएको आचार्यको कथन छ ।
किचेनमा खाना खानु बेग्लै मञ्जा
पूर्वपश्चिम महेन्द्र राजमार्गसागै जोडिएको नव घोषित दुलारी नगरपालिका वडा नं. ९ का सविन विष्ट परिवारका साथ आइतबार गोरखा डिपार्टमेन्ट स्टोरको किचेनमा खाना खाइरहेका थिए । उनीमात्र हैन इटहरी–९ का नव विवाहित जोडी रमेश बस्नेत पनि खानाको स्वाद लिइरहेका थिए । उनीहरु जस्तै अन्य दर्जनौ व्यक्तिहरु पनि गोरखा किचेनमा उपलब्ध विभिन्न भेराइटीहरु गफिदै खाइरहेका थिए । कोही उत्तरतिरको पहाडी दृश्यमा आाखा डुलाइरहेका थिए भने कोही इटहरी उपमहानगरपालिकाको सहरी दृश्यको अवलोकन गर्दै रमाइरहेका थिए ।
अत्यन्तै सफा, विसुद्ध आर्गनिक साग सब्जी, आÏनै उत्पादनको सुद्ध दूध, दही, घ्यु प्रयोग गरी पकाइएका खाना र खानाका अन्य परिकारका लागि गोरखा किचेनमा ग्राहकको भीड ह्वत्तै बढेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ सस्तो र विसुद्ध खानाकै लागि ग्राहकहरुको भीड बढेको हुन सक्छ । झण्डै दुई महिना अगाडिदेखि गोरखा डिपार्टमेन्ट स्टोरले ५० रुपैयाामा सादा खाना र ९० रुपैयाामा चिकेन खाना खुवाउदै आएको छ । अन्यत्र सादा खानाको १ सय ३० र चिकेन खानाको २ सय तिर्न बाध्य ग्राहकहरु १०औं किलोमिटर ढाटाबाट गोरखा डिपार्टमेन्ट स्टोरको किचेनमा आइपुग्छन् । सुद्ध, सफा र सस्तो भएपछि ग्राहकहरु झुम्मिनु स्वभाविक हो । हाल इटहरीमा खाना खानेको संख्या दैनिक एक हजारको हाराहारीमा पग्ने गरेका छन् भने मोरङ्गको विराटचौकमा ५ सय पुग्ने गरेका छन्, यसमा उपभोक्ताको सुविधालाई ध्यानमा राखेर थप सुधार गर्दै लैजाने सञ्चालक आचार्यले प्रष्ट पार्नु भयो ।
दैनिक हजारौ ग्राहकको भीड
गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा दैनिक यतिबेला दैनिक हजारौ ग्राहकहरु कुनै न कुनै समान खरिदका लागि आउने गर्छन् । मोरङ्गको विराटचौकमा समेत ग्राहकको भीड बढेको सञ्चालनको जिम्मेवारी पाउनु भएका धर्मराज आचार्य बताउनुहुन्छ । दैनिक उपभोग्य सामान, इलेक्ट्रोनिक्स ब्राण्डेड सामान, बच्चाहरुको आकर्षक कपडा, जुत्ता चप्पल, रेडिमेट कपडाहरु, फ्रोजन आइटमहरु, फलफूल, आफैले उत्पादन गरेका च्याउ लगायत लाखौ प्रकारका सामानहरुले ग्राहकहरुलाई लोभ्याउने गरेको छ । डिपार्टमेन्ट स्टोरमा पूर्वाञ्चलका मात्र नभएर भारतको विहार, सिक्किम, आसाम, दार्जिलिङ्ग लगायतका स्थानबाट ग्राहकहरु आउने गरेको सञ्चालक बलराम आचार्य बताउनुहुन्छ ।
