भारतका विख्यात साहित्यकार नरेन्द्र कोहलीको निधन भएको छ । भगवान रामको कथामा आधारित उपन्यासमार्फत अहिलेका आधुनिक पुस्ता र समर्थकका बीचमा आधुनिक तुलसीदाशको उपमा पाउनु भएका विख्यात साहित्यकार कोहलीको शनिवार साँझ निधन भएको थियो ।
उहाँको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी लगायत भारतीय साहित्य जगतका हस्तीहरुले गहिरो दुःख व्यक्त गरेका छन् ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्दले कोहलीको निधनप्रति दुःख व्यक्त गर्दे आफ्नो ट्वीटमा भन्नुभएको छ प्रख्यात साहित्यकार डा. नरेन्द्र कोहलीको निधनले अत्यन्तै पीडा भएको छ । हिन्दी साहित्य जगतमा उहाँको विशेष योगदान रहेको छ । उहाँले हाम्रा पौराणिक आख्यानलाई आधुनिक परिप्रेक्ष्यमा विश्व सामू प्रस्तुत गर्नुभयो । पद्म श्री सम्मानबाट सम्मानित कोहली परिवारप्रति मेरो समवेदना । यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटमा लेख्नु भएको छ सुप्रसिद्ध साहित्यकार डा. नरेन्द्र कोहलीको निधनले अत्यन्तै दुःखी बनाएको छ साहित्यमा पौराणिक तथा ऐतिहासिक चरित्रलाई जीवन्त चित्रणका लागि उहाँलाई सदैव सबैले स्मरण गर्नेछन् शोकको यस घडीमा उहाँका परिवार र प्रशंसकहरुप्रंति मेरो समवेदना छ, ॐ शान्ति † यसैगरी रक्षामन्त्री राजनाथ सिहले आफ्नो ट्वीटमा भन्नुभएको छ हिन्दीका प्रख्यात साहित्यकार कोहलीको निधनले गहिरो दुःखको अनुभूति भएको छ । उहाँको लेखनमा उच्च कोटीको बौद्धक क्षमता, प्रमाणिकता, रचनात्मक र भारतीय सँस्कृतिको दर्शन हुने गर्दथ्यो । उहाँको निधनले हिन्दी साहित्यमा ठूलो शून्यता निर्माण भएको छ ॐ शान्ति † यसगरी केन्द्रीय मन्त्री स्मृति इरानी जसले कोहलीका कतिपय कार्यक्रममा सँगै रहेको स्मरण गर्दे समवेदना व्यक्त गनुभएको छ । उहँले भन्नुभएको छ दिग्गज डा. नेरेन्द्र कोहलीको निधनको दुःखद् समाचार सुन्नुप¥यो । उहाँँको निधनले भारतीय साहित्य जगतमा अपुरणीय क्षति भएको छ । इश्वरसँग उहाँको आत्मको शान्तिका लागि प्रार्थना गर्दछु, ॐ शान्ति †स्वर्गीय कोहेली केहीदिनदेखि कोरोनाको संक्रमणबाट ग्रसित हुनुहुन्थ्यो । केन्दीय सरकारको निर्देशनमा उहाँको उपचार भइरहेको थियो । उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आए तापनि सम्पूर्ण चिकित्सकीय प्रयास विफल भएको थियो । स्वर्गीय कोहलीले सबै प्रकारका साहित्यक विद्यामा कलम चलाउनु भएको थियो । कथा, उपान्यास, व्यंग्य, नाटक, संस्मरण, निवन्ध, आलोनात्मक साहित्य र ग्रन्थहरुमा कलम चलाउनुभएको थियो । उहाँको चर्चित रचनामा उपन्यास पुनरारंम, आतंक, आश्रितोका विद्रोह, साथ सहागया दुख, मेरा अपना संसार, दिक्षा अवसर, जंगलकी कहानी, संघर्षकी ओर, युद्ध (दुई भाग), अभिज्ञान, आत्मदान, प्रितकथा, व्रधन, अधिकार, क्षमा करना जीजी, कथासंग्रह ‘परिणति, कहानीका अभाव, दृष्टि देशमे एकाएक, सटल, नमकका कैदी, निचले Ïलैटमे, संचित भुख, नाटक शबुककी हत्या, निर्णय, रुका हुवा, हत्यारे, गारेकी दिवार लगायत रहेका छन् । सन् १९४० जनवरी ६ मा जन्मनु भएका कोहली पाँँच दर्जन भन्दा बढी साहित्यक सम्मान, आभुषणबाट सम्मानित हुनुहुन्थ्यो ।
