गाढै लभ प-या रैछ
सडकमा नाचगन गरेर रमाइलो ग¥या होलान् भन्या त मार्चण्डे बीचमा गहिरै मायापिरती बस्या रै’छ । अदालतले धोई पखाली, सुनपानी छर्केर आ–आफ्नो घर पठाइदिएपनि कर्णालीमा दुवैको मायाँपिरती छताछुल्ल भएको छ । हुन त गधालाई धुएर गाइँ हुँदैन भनेर त्यसै भन्या होइन । अब हेरम न प्रचण्डाउका मान्छेलाई मुख्यमन्तरीमा टिकाउन माकुन्याउको निर्देशनमा अस्तिका दिन Ïलोर क्रस गरेछन् । कर्णाली प्रदेशका मुखमन्तरीलाई जोगाउन माकुन्याका चार जना गधाहरुले तीन तीन करोड उठाएछन् । अरु त त्यस्तै हो पैसा उठाउने जो काम गरे त्योचाहिँ साह«ै उचित गरे । विचरा ती चार जना सांसदहले जिन्दगीमा आफ्नै हातले तीन करोड कहिल्यै गन्न पाएका थिएनन् मुख्यमन्तरी महेन्द्रबहादुर शाहीलाई जोगाउन Ïलोर क्रस गर्ने ती सांसदहरुलाई वधारत दिनैपर्छ । गोडातीनेक बर्ष सांसद भएर तलब भत्ता पड्काइ हाल्याथिए । अब जाबो बर्ष ६ महिना खाँदा पनि तीन करोड हुने थिएन । मौकामा हीरा फोर्नुपर्छ भन्या यही हो । जस्ले हान्यो त्यसले जान्यो । एकातिर मार्चण्डको लभ थप गाढा भयो अर्कोतिर घ्याप्पै तीन करोड भागमा । क्या वात †
छुट छैन रे
Ïयाउरालाई दशा लाग्यो भने उत्पातसँग चिच्याउँछ रे । यतिबेला नेपालका केही Ïयाउराहरु असाध्यै चिच्याउन थाल्या छन् । Ïयाउराको चिच्याहट त्यसै पनि राम्रो मानिदैन । अब हेरम न सडकको डस्विनमा मिल्काइएझै जिम्मेवारीविहीन बनाएर मिल्काइएका सर्पनाथ खनालले भन्या ज्ञानेन्द्रलाई राजाको हैसियतमा जथाभावि गर्दै हिड्ने छुट छैन रे । आफूले सडकमा बसेर अरुलाई आमाचकारी गाली गर्न हुने, आफ्नै सरकारका विरुद्धमा अरुसँग लगनगाँठो कस्न हुने ७२ करोड ग्वाम्म सोहोर्न हुने कसैले तपाई भनोस् कि नभनोस आफै मपाई भन्दै हिड्न हुने सर्पनाथलाई जनता र छिमेकी देशले सम्मान गर्दा कम्ता डाहा भएको छैन । अरुले सम्मान दिँदा जाभावि ग¥या हुन्छ ? अनि जथाभावि गर्ने छुट छैन रे । आफ्नो लगौटी खुस्केर सर्वाङ्ग भएको पत्तै छैन अनि पधेर्नी आइमाइको जस्तो अरुको डाहा ग¥या छ । ताइन तुइको गफ जोत्या छ । ख्याल गब्जका छैनन् हाम्रा सर्पनाथ ?
गर्छन् कि त लालबाबुले
हाम्रा लालबाबु पण्डित पनि कहिलेकाही त गज्जबकै गफ हान्दिन्छन् कहिले माकुनेको दैलोबाट छिर्न खोज्ने, कहिले खप्रओको ढोका चिहाउने अँध्यारोमा त कसैले देख्दै नदेख्ने अनि उज्यालोमा देख्दा पनि तरंग भएर तर्सिने लालबाबुका अनेकौ रुप छन् । चुनाउका बेला साइकलमा चढेर भोट माग्ने, जितेपछि पजेरो नछोडने हरेउ भएपनि कम्ता बाठा छैनन् । केही दिनदेखि प्रचण्डाउ खप्रओको सरकार जसरी भएपनि ढालेरै छाड्ने भन्दै हिडेका लालुलाई पटक्कै मन परेको रै’नछ । भर्खरै भर्खरै खप्रओ क्याम्पतिर छिरेका उन्ले प्याक्कै भन्दिएछन् विरालोले चिथोर्नमत्र सक्छ ढाल्न सक्दैन रे । ख्याल गज्जबको गफ हान्दिए त ? प्रचण्डाउले हुँदा खाँदाको सग्लो एमालेलाई चिथोरेर धुँजा धुँजा बनाइ द्या छन् । अहिले बडो फुई लगाउँदै हिड्या छन सरकार ढाल्दिन्छु रे । सक्ने भए अहिलेसम्म प्रचण्डाउले बाँकी राख्थे ? अबचाहिँ डिङ हाक्न बन्द गर्न हो कि प्रचण्डाउ ?
बक्तबक्त कि वात है
हिन्दीमा एउटा उखान बडो चर्चित छ बक्त बक्त कि बात है । हिजो राजालाई अनेकौ लान्छना लगाएर सत्ताको पालैपालो स्वाद लिनेहरु आज जनताबाट तिरस्कृत भएका छन् । जनता जुत्ताको माला लगाएर टाउकोभरि टुुटुल्को उठ्ने गरी नेतारुलाई ढुंगा हान्न तयार छन् । उता लाञ्छना लगाइएका राजा नेपालमा मात्र नभएर छिमेकी देशमा पनि पुज्य हुँदै गएका छन् । भारतको हरिद्वारमा उच्च कोटीको सम्मान पाएर नेपाल फर्केका राजालाई एयरपोर्टमै भव्य स्वागत मात्र भएको छैन हेलकोप्टरबाट पुष्पबृष्टि समेत गरिएको छ । १२ बर्षमा खोलो पनि फर्कन्छ भन्ने हो रै’छ । ०७४ सालमा बगेको खोला फर्केको छ । अब खोलाले दलकै नेताहरुलाई उत्तानोटङ बनाएर बगाएर लैजाला जस्तो छ ।
माकुनेको गर्जन
पुतलीजुँगे माकुन्याउ हिजोआज झुठो बल्न माहिर देखिएका छन् । हुन त माकुनेले सत्य कहिले बोल्या थिए र ? छिचिमिरा पँखेटा आएसी भुर्रर्र उडछ तर भुइमा झरेसी पखेटा शिव भइसक्छ । अहिले माकुन्याउको पखेटा पलाएको छ । मनको लड्डु घ्युसँग खाएर उड्दै छन् । भुइमा पछारिएका दिन देख्छन् तिरिमिरी झ्याँइ । अस्तिका दिन तिनले झापाको बिर्तामोडमा आएर फलाकेछन् खप्रओको हालत राजा ज्ञानेन्द्रको जस्तै हुन्छ रे । हिजो आमाको काजक्रिया गर्न छाडेर ज्ञानेन्दले पर्धानमन्तरी बनाइदेलान् भनेर दौरा शुरुवातल सिलाएर चिटिक्क पारेर बस्या कस्लाई थाहा छैन । राजा ज्ञानेन्द्रसँग मलाई पर्धानमन्तरी बनाइदिनु प¥यो भनेर टेन्डर हालेर बस्या हैनन् ? बात करता है । राजाले माकुन्याउलाई पत्याउने कुरै थिएन । अहिले खप्रओले माकुन्याउलाई कसरी पत्याऊन् ? कहिले अध्येक्षे चाहियो भनेर रोइकराई गर्छन । कहिले पर्धानमन्तरी चाहियो भेनर लडीबुडी खेल्छन् । पद भन्या कुरा मागेर पाइने भए , लडीबुडी गरेर पाइने भए, रुहेर पाइने भए कसलाई पद चाहिएको छैन, कि कसो हौ माकुन्याउ बाजे ?
लाल गद्धार
हैन हौ नेपाला गद्धारहरु पनि कस्ता कस्ता जन्मन थाले हँ ? कोही सत्ताका गद्धार, कोही चेलीबेटीका गद्धार, कोही लेनदेनका गद्धार, कोही केका गद्धार त कोही केका गद्धार । पछिलो पटक गद्धारहरुको लिष्टमा एक अंक थपिएको छ । थपिएको नयाँ गद्धारचाहिँ लाल गद्धार रे । आफ्नै घरमा आगो लगाएर अर्काको घरभित्र छिर्नेलाई लालगद्धार रे । अब हेरम न कर्णाली प्रदेशका मुखमन्तरी महेन्दबहादुर शाहीसँग तीन तीन करोड रुपैया लिएर आफ्नो घर जलाउने चार जना प्रदेशसभा सांसदहरुले यतिबेला नयाँ पगरी गुथ्न पाएका छन्, लाल गद्धारको । ती चारैजना माकुन्याउ र झल्लाझलुका नन्दीभृंगी परेछन् । नन्दीभृंगी त लाल गद्धार हुन्छन भने तिनलाई अह्राईपह्राई गर्ने माकुन्याउ र झल्लाझलु महालाल गद्धार नहुने कुरै भएन । अदालतले आफनै घर फर्की भनेर पिँधमा जोर लात्ती बर्साउँदा नि ती महालाल गद्धारहरु अझै सडकमा रामलीला देखाएर हिड्याहिड्यै छन् । जे होस् लाल गद्धार, महालाल गद्धारहरुको रामलीलाले जनताले कमसेकम मनोरञ्जन त पाएका छन् ।
चारजना धुन्धुकारी छड्किए
मिलेनियम च्यालेन्स कर्पोरोशन एमसिसीका सम्बन्धमा पर्र्धानमन्तरी खप्रओले बोलाएको बैठकमा महालाल गद्धारहरु बाउराम बाजे, प्रचण्डाउ, झल्लाझलु, माकुन्याउ जाँदै गएनन् रे हिजो एमसिसी पास गर्नुपर्छ भनेर तीन हात उफ्रने यिनै चार मनुवा थिए । अहिलेचाहिँ वैठकमै नजाने ? खप्रओले आफूलाई मागे जति नदिएको भन्दै महालाल गद्धाहरु बैठकमा नगाकारे । हिजोसम्म एमसिसी पास गर्नैपर्छ भनेर डुक्रिने यिनीहरु नै थिए । आजचाहिँ बैठकमै नजाने ? कठालो मिलुन्जेल एमसिसी पास गर्नैपर्छ भन्ने अहिलेचाहिँ ठुस्किएर बस्ने ? क्या गज्जब छ । एमसिसी पास गर्न महालाल गद्धारहरुले सहयोग नगर्दा तिनलाई अन्तर्राष्ट्रिय स्तरबाट गर्धनमा तात्ने गरी हान्ने कुरा छँदैछ । अब ती के गर्लान् ? न वल्लो घाट न पलोतिर होलान् जस्तो पो छ महालाल गद्धारहरुको अवस्था । नहुने बेलामा नातिदेखिको मरि आउँछ भन्या यही हो ।
अन्तेमा
जनता पार्टीका नोहरुमा यतिबेला दह्रै ठाँसठँुस शुरु भएको छ । महन्त ठाकुर र राजिन्दर महतो एकातिर,
बाउराम बाजे र उपिन्दर जादव अर्काेतिर बसेर दोहोरी गाइरहेका छन् । ठकुर र महतो पर्धानमन्री खप्रओ र बाजे र जादव खप्रओको विरुद्धमा दोहोरी गाउँदै हिड्न थाल्या छन । केही महिना अगाडिमात्र विचराहरुको मायाँपिरती बस्या थ्यो । तर अब फेरि छुटने छाँटकाँट देखिन थाल्या छ । हुन त मधेशवादी दलका नेताहरु पहिला पनि मिलेका कहाँ थिए र ? सत्ताको गन्ध आयो कि धोती उचाल्दै बुर्कसी मार्दै हिड्ने तिनीहरुको पुरानै आदत हो । यसपटक पनि छाँटकाट त्यस्तै त्यस्तै देखिन थाल्या छ । राजिन्दर र ठाकुरखप्रओलाई सघाएर जनुपर्ने मुँडमा छने भने जादव र बाजेचाहिँ चुनाउबाट भागेर खप्रओलाई कुर्सीबाट ओह्राल्नुपर्ने मुडमा छन् । हेरौ यिन्को दोहोरीले खप्रओलाई ओह्राल्छ कि चुनावमा पु¥याउँछ ? जे होस् दोहोरी मच्चिएको छ । जन्ताले
भरपुर मनोरञ्जन पाएका छन् ।
