बालबिबाह रोक्न सचेतनात्मक कार्यक्रम

धरान÷नेपाल सरकारले बालविवाहलाई प्रतिबन्ध लगाएको छ । तर पनि बालविवाह पूर्ण रुपमा निरुत्साहित हुन सकेको छैन । विशेष गरी शिक्षाको कमी भएका ग्रामीण क्षेत्रमा बढी बालबालिका हुने गरेको समाचार बाहिर आउने गरेका छन् ।
यसैलाई मध्यनजर गरी धरान ११ ले बालविवाहलाई निर्मुल पार्न पछिल्लो पटक सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको छ ।
वडा कार्यालयले धरान ११ को गैरी टोलमा रहेको मरिक बस्तीमा बाल विवाह बढी हुने गरेको भन्दै त्यस स्थानमा बालविवाहले समाजमा कस्तो प्रभाव पार्छ, बालबालिकाको भविष्यमा कस्तो असर गर्छ र यसलाई कसरी निर्मुल पार्न सकिन्छ भन्ने उद्देश्यले बालविवाह सम्बन्धी सचेतना कार्यक्रम संचलन गरेको कार्यक्रम संयोजक तथा वडा सदस्य किरण राईले बताए । उनले भने(‘विशेष गरी सुकुम्बासी बस्ती, गरिवीका कारण विद्यालयसम्म जान नसक्ने बालबालिकाहरुमा बालविवाह बढी हुने भएकोले पनि हामीले बालविवाहसम्बन्धी सचेतना दिएका हौ ।’
शनिबार धरान ११ ले गैरी टोलमा भएको लोरिटो भवनका बालविवाह सम्बन्धी सचेतना कार्यक्रम आयोजना ग¥यो । धरान ११ लाई धरान उपमहानगर पालिकाले बालमैत्री वडाको रुपमा घोषणा गरिसकेको छ ।
तर पनि फाट्टफुट्ट बालविवाह हुने गरेको पाइएपछि यसलाई निरुत्साहित गर्न सकिन्छ कि भनेर स्थानीयबासी, बालबालिका तथा सरोकारवालाहरुलाई राखेर सचेतना कार्यक्रम गरिएको वडाध्यक्ष बाबुलाल लामाले बताए ।

तपाईको प्रतिक्रिया