प्रतिष्ठानमा अन्तर्राष्ट्रिय न्युनोटोली सम्मेलन सम्पन्न

धरान/ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय न्युनोटोलोजी सम्मेलन शनिवार सम्पन्न भएको छ ।
जन्मजात शिशुलाई रोगबाट बचाउने उपायका विषयमा केन्द्रित सम्मेलन नेपाल, भारत र अमेरिकाका बच्चा विशेषज्ञहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
जन्मजात शिशुहरुलाई विभिन्न संक्रमण रोग बढ्ने क्रम बढ्दै गएको प्रति चिन्तित बन्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको सम्मेलनमा नेपाल लगायत विदेशी चिकित्सकहरुले आ आफ्नो सिकाई र भोगाइका विषयमा जानकारी दिएका थिए । २४ गतेदेखि शुरु भएको सम्मेलनले बच्चाहरुमा देखिएको संक्रमणमा चिकित्सकलाई थपिदै गएको चुनौतिकका विषयमा काम गर्न सजिलो हुने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बच्चा विभाग प्रमुख प्रो.डा. गौरीशंकर साहले जानकारी दिनुभयो । उहाले यो सम्मेलनले अत्यन्तै सार्थक परिणाम निकालेको समेत दाबी गर्नुभयो ।
जन्मेदेखि १ महिनाभित्रका बच्चालाई बद्लिदो मौसम, गर्भवतीका समयमा आमाले प्रयोग गर्ने अखाद्य पदार्थका
कारण बच्चा बढी संक्रमित बन्दै गएपछि यो सम्मेलनको आवश्यकता रहेको उहाको भनाई छ ।
दुई दिनसम्म चलेको सम्मेलनमा भारतबाट प्रोफेसर भिके एलिम्स, प्रो. एके दत्त, शारदा युनिभ लगायत अमेरिकाबाट कृतिकुमार उपाध्याय, प्रकाश पौड्याल लगायत ५० जना बालविशेषज्ञको उपस्थिति रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया