१७ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि एपीएफलाई

धरान/ सशस्त्र प्रहरीको एपीएफ क्लबले १७ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि चुम्दै इतिहास रचेको छ ।
धरान १७ एन्फाएकाडेमीको खेल मैदानमा फागुन १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पहिलोपटक मनाङ्ग मस्र्याङ्गदी क्लब काठमाण्डौलाई ० का विरुद्ध एक गोल गर्दै इतिहास रचेको
हो ।
शनिवार भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफसम्म कुनै गोल हुन सकेन भने दोस्रो हाफको २३ औं मिनेटमा एपीएफका राजेन्द्र
रावलले गरेको एक मात्र गोल नै निर्णायक गोल हुन पुगेको थियो ।
भर्खरै सम्पन्न बुटवलको बीपी स्मृति कपको समेत उपाधि समेत चुमेको एपीएफले यो बुढासुब्बा गोल्डकपको उपाधि सहित यो बर्षको दोस्रो संस्करण हात पारेको हो  । बुढासुब्बा गोल्डपमा चारपटक प्रतिष्पर्धा गरेको एपीएफ हालसम्म सेमी फाइनल भन्दा माथि जान सकेको थिएन भने उता मनाङ्गले यसभन्दा अगाडि २०६० र २०६८ मा गरी दुई पटक बुढासुब्बा गोल्डपको उपाधि चुमेको थियो भने २०६८ मा थ्रिस्टारसंग पराजय भोग्दै उपविजेतामा चित्त बुझाएको थियो ।
जितसंगै एपीएफले नगद ३ लाख ५० हजार र ट्रफी हात पार्‍यो भने उपविजेतामा चित्त बुझाएको मनाङ्गले नगद १ लाख ७५ हजार र ट्रफी हात पार्‍यो ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपरको उपाधि एपीएफका अमृत चौधरी, वेष्ट मिल्डफिल्डरमा मनाङ्गका सुलभ मास्के, वेष्ट स्टाइकर मनाङ्गकै लेलेन डोडोज, वेष्ट कोच एपीएफका कृष्ण थापा मगर, राइजिङ्ग प्ले धरान फुटबल क्लबका हेमन्त थापा मगर घोषित भए उनीहरुले प्रत्येकले १०/१० हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी गणेश लावती घोषित भए उनले मोटरसाइकल र सर्वाधिक गोलकर्ताको रुपमा आर्मीका अमृत बस्नेत घोषित भए उनले नगद २१ हजार प्राप्त गरे ।
यसैबीच बुढासुब्बा गोल्डकपको उत्कृष्ट समचार लेखेवापत सञ्चारकर्मी गोविन्द बस्नेत र भोजराज श्रेष्ठलाई जनही ५/५ हजार नगद पुरस्कार
र प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया