राजधानी÷भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको एक लाख डोज खोप आइतबार प्रदान गरेको छ ।
नेपाली सेना र भारतीय सेनाबीचमा अन्तरंग सम्बन्ध रहँदै आएको छ । नेपालका प्रधानसेनापति भारतको मानार्थ प्रधानसेनापति र भारतका प्रधानसेनापति नेपालको मानार्थ प्रधान सेनापति रहने परम्परा रहँदै आएको छ । दुई देशका सेनाबीचको अन्तरग सम्बन्धकै कारण भारतीय सेनाले नेपाली सेनालाई बस्दोबस्तीका सामानहरु लगायत अन्य सहयोग प्रदान गर्दे आएको छ । गत बर्ष चैत्र ११ गतेदेखि कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा समेत नेपाली सेनालाई भारतले औषधोपचार लगायतका सामाग्रीहरु ठूलो परिणाममा उपलब्ध गराइएको थियो ।
नेपालस्थित भारतीय राजदुतावासका शैन्य सहचरी कर्णेल अभनिष चम्विलले एयर इण्डियाबाट ल्याएको एक लाख डोज खोप नेपाली सेनाका पदाधिकारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रय विमान स्थलमै प्रदान गर्नुभएको थियो । नेपाली सैनिक स्रोतले दिएको जानकारी अनुसार भारतीय सेनाले नेपाली सेनालाई एकलाख डोज कोरोना भाइरस विरुद्धको खोप प्रदान गरेको छ । स्रोतले दिएको जानकारी अनुसार
भारतीय सेनाले प्रदान गरेको खोप नेपाली सेना, तिनका आश्रित परिवारलाई लगाइने भएको छ ।
