दमक÷दमक बसाईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र साह यतिबेला विभिन्न राजनीतिक दल, उद्योगी, व्यवसायी, समाजसेवीहरुसँगको भेटघाटमा व्यस्त रहनु भएको छ ।
शिव सेना नेपालका एक केन्द्रीय सदस्यले दिनुभएको जानकारी अनुसार झण्डै डेढ हप्ता भारतको दार्जीलिङ्ग लगायतका स्थानको भ्रमण गरी फर्किएपछि हाल भेटघाटलाई तिब्र बनाउनु भएको हो । पौष १२ गते झापाको दमकस्थित हिमालय चिया बगानमा परिवारका साथ बस्दै आउनु भएका राजा शाह बीच बीचमा काठमाण्डौ पुगेर पनि दमकमै आउनु भएको हो ।
झापाका राप्रपाका प्रभावशली नेता भक्ति सिटौलाले दिनु भएको जानकारी अनुसार यतिबेला राजा ज्ञानेन्द शाहसँग भेटघाटका लागि ठूलो संख्यामा सर्वाधारण आउने क्रम जारी रहेको छ । आफ्ना दलबल सहित राजा भेट्न पुग्नु भएका सगुन लावतीका अनुसार मौसुफ मुलुकको वर्तमान अवस्थाप्रति अत्यन्तै चिन्तित होइबक्सेको छ । भेटघाटमा पुग्ने हरेकसँग मौसुफले मुलुक जोगउन योगदान गर्नुपर्ने अवस्था आइसकेको बताउने गर्नुभएको लावतीले बताउनुभयो । लावती पूर्व गृहमन्त्री पदम सुन्दर लावतीका सुपुत्र हुनुहुन्छ भने राप्रपाका प्रभावशाली युवा नेता हुनुहुन्छ । अर्की महिला नेतृ अस्मिता भण्डारीका अनुसार मौसुफसँग भटघाटका लागि दुई महिना अगाडि नै नाम लेखाएकाहरुले सामुहिक र एक्लाएक्लै घेटघाट गरिरहेका छन् । दुई चार दिन भित्रैमा मौसुफको राजधानी फिर्ति हुने पनि भण्डारीले बताउनुभयो ।
