राजधानी/जापानिज कोलाब्रेशनमा उत्पादन भएको कान्साई नेरोयाक पेन्टस्द्वारा प्रवद्र्धनात्मक कार्यक्रमका लागि १६ बर्ष पछि नेपाल आएका बलिउड अभिनेता शाहरुख खानको राजधानीमा उनको प्रसंसकहरुले भव्य स्वागत गरेका छन् ।
आइतबारै नेपाल आउने कार्यक्रम तय भए तापनि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको धावन मार्गमा टर्किस एयरलाइन्सको विमानको अवरोध पूर्णत नहाटेका कारण उनी सोमबार अपरान्ह ३ बजेमात्र काठमाण्डौ आए । सोमबार सााझ ९ बजे भारत फर्कने भनिए तापनि उनले आफ्नो नेपाल बसाई एक दिन लम्ब्याएर हिजो मंगलमात्र फर्किएका छन् ।
कालो सुटमा हातमा गमला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओलिएका खानलाई उनका असीमित Ïयानहरुले भव्य स्वागत गर्दा उनले सबैप्रति आभार व्यक्त गरेका थिए । किङ्ग खान–किङ्ग खान भनेर दर्शकले उनको स्वागत गर्दा उनले भने किङ्ग भनेको त्यो हो जसले अरुलाई खुशी राख्छ । म एउटा भाग्यमानी मानिस हुा । मैले आम मानिसको माया पाएको छु । अघिल्लो दिनै आउने भनिए तापनि आउन नपाएकोमा उनले आफ्ना प्रशंसकहरुका बीचमा माफी समेत मागेका थिए । उनले दुवै हात जोडर नमस्ते, सलाममात्र भनेनन् इन्साअल्ला नेपाल अत्यन्तै सुन्दर छ । नेपालमा बस्ने नेपालीहरुले दिएको मायाप्रति आभार व्यक्त गर्दछु र चाडै नै आफ्ना परिवारका साथ नेपाल घुम्न आउाछु, किङ्ग खानले प्रतिवद्धता जनाए ।
उनी विमान स्थलमा आएको समाचार पाउनसाथ पुगेका प्रशंसकहरुको भीड नियन्त्रण प्रहरीलाई हम्मे हम्मे परेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र खानका आफ्नै निजी सुरक्षा गार्डले खानलाई सुरक्षा दिएका थिए । विमान स्थलबाट उनी हायात होटल पुगेका थिए । उनको आगमनलाई सञ्चारकर्मीहरुmे दुई घण्टा देखि कुरेर बसेका थिए । उनी पत्रकारहरुका माझ करिब १० मिनेटमात्र देखा परे । शाहरुख खान अन्तर्राष्ट्रिय क्वालिटी भएको नेरोल्याक पेन्टसको पााच बर्षदेखि व्याण्ड एम्बेष्टर रहादै आएका छन् । सो अवसरमा आयोजक कन्साई पेन्ट्स नेपालका अध्यक्ष एचएम भरुकाले पेन्टस्को विज्ञापनमा देखिएका सेलीब्र्ेटीहरुको नेपाल भ्रमण भएकोले अभिनेता शाहरुख खानलाई ल्याएको प्रतिक्रिया दिएका थिए ।अभिनेता खान गत बर्ष असोजमै नेरोल्याक पेन्टसको ब्राण्ड एम्बेस्डरको हैसियतमा नेपाल आउने बताइएको थियो । तर समय अभाव र व्यस्तताका कारण उनी हल्ला चलेको एकबर्ष पछि मात्र नेपाल आएका हुन् ।
अभिनेता खानले नेरोल्याक पेन्टस्ले घर रंगाउन र घरको कौशीमा विरुवा रोप्न सार्वजनिक रुपमा आग्रह समेत गरेका थिए । सोमबारै उनले कुटनैतिक र विभिन्न व्यक्तिहरुसाग घेटघाट समेत गरेका थिए । पत्रकारहसागको छोटो भेटघाटपछि उनी सााझ बसाईका लागि याक एण्ड यति होटलमा पुगेका थिए । होटल याक एण्ड यतिमा सााझ विक्रेताका लागि आयोजित रात्री भोजमा शाहरुख पनि सहभागी भएका थिए । त्यहाा अभिनेत्री प्रियन्का कार्कीले शाहरुख अभिनित चलचित्रमा नृत्य गरेकी थिइन् ।
