धरान÷धरान उपमहानगपालिकाले गुरु योजना बनाएर बनाउन लागेको अधिकांश भौतिक संरचना समयमै बन्न सकेको छैन ।
तत्कालीन मेयर ध्यानबहादुर राईले २३ बर्ष अगाडि धरान १७ मा सप्तरंगी पार्क बनाउने योजना अगाडि सार्नुभयो, सोही अनुरुप त्यहा भौतिक संरचना निर्माण भए तर आधा पनि काम नहुदै काम रोकियो । यस्तै तत्कालीन मेयर मनोजकुमार मेन्याङ्गवोले १९ बर्ष अगाडि धरानको भानुचौकमा रहेको सब्जी बजारलाई हटाएर सपिङ्ग कम्प्लेक्स बनाउने योजना अगाडि सार्नुभयो, धरानको भानुचौकमा रहेको सो जग्गामा अहिले ट्याक्स टेप्पोको स्टेन बनेको छ तर सपिङ कम्प्लेक्स बन्ने योजना नै त्यतिकै सकियो । यस्तै ४ बर्ष अगाडिे धरान–१३ नं. वडाकार्यालय परिषरमा रहेको खाली जग्गामा हेल्थ पार्क बनाउने अबधारणा अघि सारिए पनि हालसम्म निर्माण पक्रिया अघि नै बढेको छैन् ।
यस्तै योजना मध्ये धरान उपमहानगरपालिकाले स्वीकृति दिएको सहीद लखन थापा स्मृति हेल्थ पार्क निर्माणको योजना अगाडि सारे पनि हालसम्म निर्माण कार्य नै शुरु भएको छैन । चार बर्ष अगाडि प्रदिप थापा संयोजकत्वमा निर्माण भएको शहिद लखन थापा हेल्थ पार्क निर्माण समितले ‘शहिद लखन थापा स्मृति हेल्थ पार्क’ बनाउन नगरपालिकामा प्रस्ताव पेश गरेको थियो । सो प्रस्तावलाई नगरपालिकाले स्वीकृति दिए पनि सो समितिले हालसम्म निर्माण कार्य अघि नबढाउदा नगरपालिका समेत अन्योलमा परेको छ । स्थानीय तह जनप्रतिविहीन भएको अवस्थाा तात्कालिन धरान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले हेल्थ पार्क बनाउने समितिलाई स्विकृति दिएको थियो । तर निर्माण समितिले हालसम्म पनि हेल्थ पार्कको निर्माण कार्य अगाडी नबढाएको उपमहानगरपालिकाका योजना प्रमुख एबंम बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए ।
राणाकालीन अवस्थामा तानाशाहका विरुद्धमा लड्दा सहीद बन्नु भएका स्व. लखन थापाको स्मूतिमा हेल्थपार्क बनाउने योजना अगाडि सारिए अनुरुप समितिले आफ्नै लगानीमा हेल्थ पार्क निर्माण गर्ने नगरपालिकामा प्रस्ताव पेश गरेअनुसार नगरपालिकाले बनाउन स्वीकृति पालिकाले दिए पनि हालसम्म बन्न नसकेको सामाजिक विकास महाशाखाका प्रमुख गणेश खतिवडाले बताए ।
१५ कठा क्षेत्रफल जग्गामा निर्माण हुन लागेको हेल्थ पाकर्मा हेल्थ क्लवसहित चिल्डूेन पार्क र शहिद लखन थापाको शालिक राख्ने नक्साङकन समेत समितिले पेश गरेको प्रस्तावमा उल्लेख गरिएको धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर श्रेष्ठले बताए । उनले निर्माण समितिले निर्माण नगरे धरान उपमहानगरपालिकाले अन्यसंग समन्वय गरेर भएपनि पार्क बनाउने बताऐ । रोटरी क्लवसहित अन्य संस्थाहरुले हेल्थ पार्क बनाउनको लागि जग्गा माग गरिरहेका बताउदै निर्माण समितिसँग अन्तिम छलफल गरेर यसलाई टुंगो लगाउने बताए । विगतमा योजनामा परेका यी र यस्ता कार्यहरु स्थानीय तहमा जनप्रतिििनधि आएसंगै कामले तिब्रता पाउला भन्ने अपेक्षमा रहेका धरानेहरु स्थानीय तहको काम कारबाहीप्रति अझै पनि विश्वस्त देखिदैनन् ।
