फलामको खन्तीले हानेर हत्या

सुनसरी ईटहरी २ बस्ने ५५ बर्षीय जिबन रेग्मीले सोही स्थानका ५० बर्षीय केशब कार्कीलाई फलामको खन्तीले भुडीमा हानी हत्या गरेका छन् ।
आइतबार दिउसो साढे १ बजे रेग्मीले पहिलाको बिबादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुडीमा हानी गम्भिर घाईते बनाई फरार भएका थिए । घाईते कार्कीको घोपा धरानमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको थियो । फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिईसकेको ईलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया