कोरोनाको प्रभाव, पानीको अभावका कारण होली खेल्नेको संख्या न्यून

धरान÷छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र नेपालमा समेत कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले होलीपर्व सामुहिक रुपमा नखेल्न आग्रह गरेसंगै धरानमा होली पर्व मनाउनेको संख्या न्यून रहेको थियो । त्यसमाथि पनि धरानमा खानेपानीको चरम अभावमा होलि खेलिसकेपछि सरसफाई गर्न नै गाहूो हुने भएपछि पानीको अभावका कारण पनि धरानमा होली पर्व प्रभावित बन्यो ।
विगतका बर्षहरुमा धुमधाम होली पर्व मनाउदै आउनु भएका धरान १६ का प्रवीण सुब्बाले यो बर्ष होली नै खेल्नु भएन । उहाँ कोरोना संक्रमणको त्रासले भन्दा पनि खेलिसकेपछि नुवाउने पानीको समस्या भएर होली नखेल्नुभएको हो । उहाले भन्नुभयो(‘होली खेल्न त मन थियो तर घरमा एक थोपो पानी छैन, भरे नुहाउन न नै समस्या छ ।’
धरान १६ का सुरेन्द्र लिम्बुजस्तै धरान १२ का उमेश श्रेष्ठले पनि यस्तै समस्या रहेको बताउनुभयो । उहाले समेत पानी नभएकै कारण होली नखेलेको बताउनुभयो । उहाँले भन्नुभयो–‘गत बर्ष होली रमाएर खेलियो, यो बर्ष भने पानी नभएर होली नै खेलिएन ।’
धरानमा अन्य समुदायभन्दा पनि युवायुवतीहरु होली खेल्नमा मग्न देखिन्थे । कोरोनाको संक्रमणको डर भन्दा पनि उनीहरु होली खेलिसकेपछि कसरी सरसफाई गर्ने भन्ने बढी चिन्तामा देखिन्थे । होलीमा मस्त रहेकी युवती जमुना
राईले घरमा खाना पकाउने पानीसम्म नभएकोले खेलिसकेपछि कसरी सरफाइ गर्ने भन्ने चिन्ता रहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘घरमा एक थोपो पानी छैन,आज खेल्ने हो, त्यतिकै सुत्ने हो, भोलि पानी खोजेर नुहाउने हो ।’
विगतमा नेपाल खानेपानी संस्थानले धरानेहरुलाई खानेपानी वितरण गर्दै आएको थियो । तर भर्खरै संस्थानलाई समेत धरान खानेपानी बोर्डमा समयोजन गरेर खानेपानी बोर्डले नै वितरण गर्दै आएको छ । बोर्डका सदस्यहरु नै अहिले खानेपानी अभाव भएको स्वीकार्छन् । बोर्डका सदस्य समेत रहनु भएका तथा धरान उपमहानगरपालिका वडा नं. २ कार्यवाहक अध्यक्ष धर्म तामाङले
कोरोना सक्रणको त्रास एकातिर छ भने अर्कोतिर धरानमा खानेपानीको चरम अभाव भएका कारण खेलिसकेपछि सरफाई कसरी गर्ने भन्ने चिन्ताले धेरैले होली नखेलेको हुनसक्ने बताउनुभयो । उहाले भन्नुभया–‘सरकारले होली नखेल्न लगाएको प्रतिबन्धसंगै धरानमा भने खानेपानीको समयाले पनि होली नखेलका हुन् ।’
धरानमा जनसंख्याको आधारमा दैनिक दुई करोड खानेपानीको आवश्यकता पर्दछ तर अहिले सुख्खा मौसममा १ करोड भन्दा कम पानी जम्मा नहुने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया