तै चूप मै चूप
गणतन्त्र आएसी’ श्यालबाट शेर भएका राजनीतिक दलका नेताहरु सुवथाको माली गाउाले
दरबारमा तै चूप मै चूप भएछन् । भाको के रै’छ भने सुवथा बूढाले आफ्नै घराा पित्त भुाडे नेताहरुलाई
रात्री भोज दे छन् , सबै दलका पित्तलेहरु एकै ठाउामा थुप्रिएसी’मालेका अध्यक्ष सिपी मैीनालीले पूर्व राजासाग भएका सहमतिका बारेमा जानकारी दिन आग्रह गरेछन् । मैनालीले यति के भन्याथे सबै दलका नेताहरु तै चूप मै चूप भएछन् । अरुबेला ठाउा कुठाउामा भाषन गर्दा कााग्रेसका कृष्णे सिटौला, तेस्रो लिागी रामचन्द्रे बाजे, एमाउवादीका प्रचण्डाउ, अर्का मुरख विद्वान बाउराम, झालेमालेका बुङ्ग्चे नेता माकुन्याउ बुरुक–बुरुक्क उफ्रेर राजासाग सम्झौता भा’कै छैन भन्थे । माली गाउाले भोजमा त कसैले थुतुनै खोलेनन् । राजालाई दाम राखेर ढोग गर्ने माकुन्याउ त हरिया निला भा’थे । केही दिन यता राजासाग कुनै सम्झौता नै भा’छैन भनेर सबैभन्दा बढी उफ्रने तिनै माकुन्याउ थे । हिजो राजाका पाउमा दाम राखेर ढोग्ने माकुन्याउ नै हुन् । भोजमाचाहिा किन चुई
नबोल्या ? शायद सुवथाको भोजको बुझोले थुतुनो बन्द भे’र होला । हैन माकुन्याउ ?
टाउको गन्ने खेल
सत्तापक्षेका नेताहरुलाई एक महिना सक्तोसराप गर्दै बोलीचाली नै कट्टी गरेका विपक्षेहरु लखतरान भएर गलेछन् । गएको हप्ता राजधाननीमा रोई कराई, जोर जुलुम गरेर गोडा चालिसेक हजार मान्छे बटुलेर सत्तापक्षेका विरुद्धमा पाति पढेका विपक्षेहरु अस्तिका दिनदेखि लुरु–लुरु गएर वार्तामा बस्न थाल्या छन् । नबसेर के गरुन एक त विचाराहरुलाई जन्ताले पत्याइदिएनन् । भुक्ने कुत्तिले टोक्दैन भन्ने बुझेरै होला सत्ता पक्षेले पनि यिनीहरुलाई चारो हालेनन् ।
राजनीतिक नियुक्तिदेखि जताततै सत्ता पक्षेले हालीमुहाली गर्न थालेसी यीनीहरु सडकबाट दौडिएर चुपचाप वार्तामा बस्न पुग्या छन् । टुाडिखेलमा चाहिा टाउको गनेर सत्तापक्षेलाई धम्की द्या थे भने संसदभित्रचाहिा टाउको गन्न नपाइने भनेर यिनीहरुले सडक नाटक देखाउदैे आ थे । जे होस् अस्ती शनिवारदेखि यिन्ले सडक नाटक मञ्चन बन्द गर्या छन् ।
घुस्याहा परिषद्
मन्त्री परिषद्लाई अब घुस्याहा परिषद् भनेर नामाकरण गर्दे भयो । फुइय्यााको मन्त्री परिषद् ? अब हेरौ न अस्तिका दिन अख्तियारले खारेज गरेका माने ऊर्जा मन्त्रालयलाई निर्देशन दिएर खारेज गरिएको जलविद्युत सर्भेक्षण अनुमति पत्रमा मन्त्री परिषद्ले व्युताई दिएछ । अख्तियारले कारबाही गर्ने मन्त्री
परिषद्ले व्युाताइ दिने भएसी’ यतिबेला भ्रष्ट, तस्कर माफियाहरु कम्ता
रमाइएका छैनन । अख्तियारले भ्रष्ट, तस्कर र माफियाहरुलाई कारबाही गर्दै जाने, निर्देशन दिादै जाने तर मन्त्री परिषद्ले उल्ट्याउदै जाने भएसी उनीहरु किन नरमाउनु त ? जलविद्युत सर्वेक्षण अनुमति पत्र लिनेहरु मन्त्रीकै साला, साली, भान्जा, भान्जी, ससुराली पट्टिका सातपुस्ते नातेदार सम्म गएसी मन्त्री परिषद्ले निर्णय उल्ट्याउने नै भयो । त्यसमाथि कतिपय मन्त्रीका आफ्नै शेयर छ, कतिपयमा ट्याम्को फुट्ने गरी माल घिचेका छन् । अनि नउल्ट्याएर के गरुन ? कुनै दिन मन्त्री परिषद्ले अख्तियार नै खारेज गर्न बेर
लाउदैनन् । नरहे बाास न बजे बाासुरी कि कसो हौ । बरु खारेजै गििर्दम । टन्टै साफ ।
युवती बेचुवा
हरे भगवान † नेपालमा तस्करी नहुने कुरा के होला ? जगलमा तस्करी, सुनचाादी तस्करी खोलानालामा तस्करी, चुरे पहाडमा तस्करी, गैडाको खागमा तस्करी, जीवजन्तुको छाला हाड
खोरमा तस्करी, बालबालिका
तस्करी । यहाा के मा चाहिा तस्करी हुादैन ? तस्करीको धन्दा अन्य धन्दा नमौलाए पनि मौलाएको छ । यसभन्दा अगाडि रोजगारीको नाममा भारत हुादै अरु मुलुकमा युवती सप्लाई हुन्थे । अब तस्करहरुले युवती सप्लाई गर्ने नयाा रुट फेला पारेछन् । चिनियाा र कोरियन भुसतिघ्रे दुलाहा खोजेर युवतीको तस्करी गर्ने । केही दिन यता यो धन्दा अन्य तस्करीको धन्दा भन्दा निक्कै फस्टाएको रै’छ । गाउा घरतिर यसो च्वााक मैयाहरु खोज्यो चीन र कोरिया पुग्ने सपना देखायो अनि त्यताका भुसत्रिेसाग विवाह गराएर लाखौ रुपैयाा असुल्यो । यस्ता धन्दामा सरकारका उपल्ला कर्मचारीहरु पनि संलग्न भएको प्रहरीले सुइाको पाएछ । आखिरी तस्करीको धन्दा चलाउने
सरकार र सरकारी कर्मचारी त हुन् नि , अरु त विचरा भरिया । लोकलाजले भोलि विवाहको नाममा चीन र कोरियनसाग विवाह गरेर पठाउनेमाथि कारबाही सरकारले गर्यो भने ती भरियामात्र हुन्छन् । उही तेल चोर्ने मालिकहरुलाई छोडेर ड्राइभर र खलासीलाई कारबाही गरेजस्तो त हो नि ।
सहमति गर्ने रे
भ्यागुताको धार्नी कहिल्यै पुगोस न नेपालका दल माने दलालहरु बीचमा सहमति होस् । तै सास छउन्ज्याल आश भन्छन् केही लोप्राइ पो हाल्छन् कि ? चारतिर थुतुनो फर्काएर एक अर्कालाई धारे हात लगाएर बर्बराउादै आएका दलका नेताहरु शनिवार सहमति गर्ने भन्दै बाल्वादार छिरेछन् । भित्र छिरेसी उखान, टुक्का भन्दै वाल्वाटारे नास्ता हसुरेर ढ्याउ गरेछन् । त्यसपछि थुतुनो पखालीवरी बाहिर निस्किएछन् । अबचाहिा केही गर्छन् कि भनेर बाहिर कुरेर बसेका सर्वसाधाणले सोधेछन् नेताजी के सहमति भयो ? भित्रको नास्ता पानीले हुस्स भएको पेट थिच्दै अपानवायु र डकारसाग सागै छोड्र्दै नेताले भेछन्, सहमति भयो । सर्वसाधारणले अझ उत्सुक हुादै सोध कस्तो सहमति नेता ज्यू ? अब संंविधान जारी हुने भो हैन ? त्यसपछि नेताले भनेछन् अर्को वैठक चााडै बस्ने सहमति
भयो । सर्वसाधारण ठामको ठाम सेन्टस्Ïलाट ।
छोडेकै हो ?
हाम्लाई जातीय राज्ये चाहिन्छ भन्नेहरुसाग मोर्चा बन्दी गरेर सत्तापक्षेलाई तर्साउदै हिाडेका माउवादी नेताहरु यतिबेला जातीय राज्ये कुनैपनि हालतमा हुादैन भन्न थालेका छन् । उनीहरुले त पहिल्यै माउवादीका मुखिया प्रचण्डाउलाई खुट्टो नकमाउन, जातीय राज्येका पक्षेमा वकालत गर्न चेतावनी द्या थे । यतिका दिनसम्म पनि उनेरले प्रचण्डाउलाई चिन्नै सक्या रै’नछन्. । प्रचण्डाउको थुतुनो जहाा गयो त्यही परिवर्तन हुन्छ । पूर्वबाट पश्चिम पुग्दा दर्जनौपटक परिवर्तन हुन्छ । जातीय राज्यको सट्टा वहुपहिचानको कुरा गर्न थाल्या छन् । कुन दिन प्रचण्डाउलाई सनक चढ्छ अनि संघीयता नै आवश्यक छैन भन्देलान् । आखिरी प्रचण्डाउ न परे युज एण्ड थ्रो कि कसो हौ ?
फोरमकै बाटोमा मोर्चा
नेपालाा सबैभन्दा सजिलोसाग मुनाफा गर्ने व्यवसाय चलाउनु छ भने राजनैतिक पार्टी खोल्नुपर्छ । यसपछि त लन्ठै साफ । न लगानी गर्नुपर्छ न टेन्न्सन लिनुपर्छ । तिघ्रा ठटाएकै भरमा पैसा त हुवार्र ह्वार्ती । पहिला उपिन्द्र जादवको पाटी सल्गो थियो । तर तिन्ले फोरम भएर नामाकारण गर्दै र ठूलो गल्ति गरे फोरम भन्ने पार्टी फुट्नैका लागि गठन भएजस्तो भयो । आज फोरम कति टुक्रा छ भनेर गन्न पनि धौ–धो पर्छ । यही रोगले यतिबेला खम्बुवान राष्ट्रिय मोर्चालाई गााजेको छ । माउवादीको पिछलग्गु भयो भनेर अध्येक्षे समेत रहेका एकसिटे सभासद रामकुमार राईलाई कारबाही गरेछन् । मोर्चा पनि फोरमकै बाटोमा हिाडेको देख्दा घण्टाघरलाई अलि ननीको लाग्या छ ।
अन्तेमा
राष्ट्रका लागि एउटा माखो समेत मार्न नसकने रामवरन जादव माने भौसपति चीन भ्रमणमा जाने टुंगो लाग्यो रे । भैसपति चीन गए नि के गर्नु नगए नि के हुने ? राष्ट्रपतिको स्थाई जागिर छादैछ, राज्यको ढुकुटी चपाएर तिनै राजामहाराजाले बनाएको घरमा मडिया मार्न पाएकै छन् । प्रचण्डाउ किन राष्ट्रपति बन्न मरिहत्ते गर्छन् भन्या त घण्टाघरले बल्ल चाल पायो ।
