धरान÷विगत झण्डै एक बर्षदेखि अर्थात गत बर्ष चैत्र ११ गतेदेखि सुस्ताएको साहित्यिक गतिविधि विस्तारै चलमलाउन थालेको छ । गत बर्ष चैत्रदखि झण्डै ६ महिना कोरोना भाइरस कोभिडका कारण धरानमा साहित्यिक गतिविधि शून्य प्राय ः भएको थियो ।
तर एकाएक फागुन २८ र २९ गते धरान उपमहानगरपालिका वडा नं. १३ र साहित्य कला तथा संस्कृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय धरान साहित्य तथा संस्कृति पर्यटन महोत्सवले धरान साहित्यिक गतिविधिसँगै यस क्षेत्रको पर्यटकीय क्षेत्रको महत्वलाई एक पटक पुन : उजागर गरेको थियो । उक्त महोत्सवमा भारत, नेपालका कवि, गजलकारहरुको ठूलो संख्यामा सहभागिता भएको थियो ।

अब पुन ः प्रज्ञा प्रतिष्ठान धरान उपमहानगरपालिकाले वृहत प्रतियोगितात्मक लघु कथा गोष्ठीको आयोजना हुने भएको छ । प्रतियोगिता नगरस्तरीय हुने प्रतियोगिताका संयोजक प्रा.डा. गोपाल भण्डारीले बताउनुभयो । प्रा.डा. भण्डारीले भन्नुभयो प्रतियोगिता चैत्र ६ गते गर्ने निर्णय भएपनि आशासित रचनाहरु समयमै उपलब्ध हुन नसकेको र स्रस्टाहरुको आग्रहमा प्रतियोगिताको समय केही पर सारिएको बताउनुभयो । यस भन्दा अगाडि यस प्रकारको लघु कथा प्रतियोगिता धरानमा कहिल्यै नभएको पनि संयोजक भण्डारीले बताउनुभयो ।
लघुकथा प्रतियोगितामा अधिक्तम १७५ सम्मको शब्द हुनुपर्ने, प्रतियोगी स्वयम् उपस्थिति भएर कथा वाचन गर्नुपर्ने, प्रतियोगितामा उत्कृष्ट भएका १५ जना लघुकथालाई पुरस्कृत गरिने, लघु कथा प्रतियोगितामा विद्यालय स्तरबाट ५ वटा, क्याम्पसस स्तरबाट ५ वटा र खुल्ला स्तरबाट ५ वटालाई छनौट गरिने संयोजक प्रा.डा. भण्डारीले बताउनुभयो ।
