लड्डुवालहरुको हरिविजोग
फागुन २३ गते पर्धानमन्तरी खप्रओलाई गलहत्याएर निकल्छम भनेर भुक्ने लड्डुवालाहरुको यतिबला हरिविजोग भा’छ । ट्याउँ मात्र बोल्ने रोगी पिलन्धरे पोइ छोडेर हट्टाकट्टा पोइको पछि लागेर पोइल गएका माकुन्याउहरुले बोकाको मुखमा कुविन्डो नआटे जस्तै थुतुनोमा लड्नु घुसाएका थिए । तर अदालतले तीनको सम्बन्ध नै डिभोर्स गरिदिएसी’ घर फर्र्किएका लड्डुराजहरु न वल्लो घाट न पल्लो तिरका भा’छन् । पर्धान मन्तरी खप्रओ बाले अस्तिका दिन तिनीहरुलाई दिएको पेवापात सबै घैचिएका छन् । माने माकुन्याउ र झल्ला झलुलाई दिएको पद मात्र हो तिन्का भाराभुरीलाई दिएको अंशपात पनि चिलिम बनाइद्या छन् । छादाखाँदाको घर परिवारमा आगो झोसेर ठूलो भाग खान बुर्कसी मारेर हिड्या थे न उता घरजम गर्न सके न अब यता घरजम होला जस्तो छ । बुढेसकालमा विचराहरु राजनैतिक सुकुम्बासी होलान् जस्तो छ । बरु यसो सान्डाको तेल घसघास पारेर खप्रओ बा’लाई खुशी बनाए ओत लाग्ने राजनैतिक झुपडी पाउँथे कि ? हुन त बुद्धि विग्रिएकाहरुलाई जतिुकै अर्ति दिए नि केही लछारपाटो लाग्ने त होइन ।
फेरि लड्ने रे
खाउवादी केन्द्रका मुखियाको मुखमा लड्डु र हातमा लुतोबाहेक केही हातलागी नभएसी फेरि लड्छु भनेर हिजोआज घुर्की लगाउन थालेछन् । तिन्का घुर्की कस्ले सुन्दिने ? आफन्तले नै जुम्राले छोडेझै धमाधम छोड्दै हिड्न थालेसी ती दिउँसोमात्र होइतराती निन्द्रामा पनि बर्बराउन थाल्य छन् । सडकबाटै प्रथम अध्येक्षे, संसदीय दलका नेता बन्दै फेरि सडकमै पछारिएपछि विचरा नर्बराएर के गरुन त ? अरु भए बहुलाउने थिए । आफन्तले छोडेको पीडा कति हुन्छ त्यो अरुलाई के थाहा ? अचानाको पीडा त अचानोलाई मात्र हुन्छ खुकुरीलाई के थाहा ? कतैबाट केही नझर्ने देखेपछि अब फेरि लड्छु, जंगल पस्छु, दलित हो आन्दोलनका लागि तयार होउ भन्दै हिडेको देख्दा घण्टाघरलाई नि मुखियलाई देख्दा कुरीकुरी लाग्न थाल्या छ । पिण्ड खाने खाने बेला भएको मान्छेले लड्छु भन्दा कस्ले पत्याउने ? बरु हिजो सोहोरपटार पारेको सम्पत्ति कुटुकुटु खाएर कोठामै थुप्रए जाति । कि कसो हौ ?
मुखमन्तरी राई शक्तिशाली
भीरबाट खंग्राङखुंगु्रङ हुन लाग्या पर्देश नं. १ का मुखमन्तरी शेरधन राईलाई अब शेरसिंह राई भन्दिए हुन्छ । कहिले अविश्वासको प्रस्ताव ल्याएर घोची–घोची भगाउन खोजे, कहिले थर्काएर भगाउन खोजे, कहिले के गरे, कहिले के गरे । उन्लाई लडाउन, झार्न, भगाउन खोज्नेहरु यतिबेला स्वखित भएका छन् । शेरसिंह त झन स्वाँठ्ठिएर आए । झल्लाझलु र माकुन्याउका ३७ जना छुचुन्द्राहरुले एक दुई महिना कम्ता टेन्सिन दिएनन् । आखिरी शेरसिंह न परे छुचुन्द्राहरुले के गरी चल्थ्यो र ? एक दिन भए नि मुखमन्तरी बजाउने सपना देख्या भिमाउलाई यतिबेला हनहनी ज्वरो आएको छ । उनलाई थकथक लाग्या होला वित्थाँ छुचुन्द्राहरुको नेता भै टोपल्यामा । अब शेरसिंहका विरुद्धमा कस्ले चाइँचुई गर्ने ? हिजो बुरुक बुरुक उफ्रने छुचुन्द्राहरु यतिबेला अमिलो मुख लगाएर थन्किाएका छन् ।
मधेशवादी बीचमा गाड कोराकोर
मधेशादी दल राजपाबीचमा यतिबेला गाँड कोराकोर शुरु भएको छ । जब खानेबेला भयो त्यसबेला यिनीरुका बीचमा गाँड कोराकोर शुरु हन्छ । बल्लबल्ल मधेशी दलहरु एक भएर हिड्या थिए अब फेरि डिभोर्स हुने भए ।
राजिन्दर महतो र महन्त ठाकुर सरकारमा जान धोती उचालेर लाग्या छन् त्यो नि खप्रओको सरकारमा । उता एकसिटे बाउराम र उपिन्दर जादव त्रिशंकु सरकार बनाएर पद पड्काउनुपर्छ भनेर भेडिया खसान दिएर लाग्या छन् । एउटा खप्रओलाई नछोडन् अनि अर्को खप्रअोको नामै नसुन्ने । क्या गज्ज्ब छ । पहिला पनि मधेशवादी दलहरु सत्ताकौ भागबण्डामा छिन्नभिन्न हुन्थ्यो । यस पनि पनि त्यसै होला जस्तो छ । आखिरी सत्ता भन्या मापाकै हुँदो रै’छ । जुटाउने भन्दा पनि फुटाउने खेल ।
राजनीतिबाट सन्यास लिने रे
अदालतले माकुन्याउ र प्रचण्डाउको माया प्रितिमा बे्रक लगाइदिएसी’ दुवैमा ठूलो छटपटाहट चलेको छ । उनीहरु बीचको माया जुनी जुनीका जस्तै थियो । लैलामझ्नु, रोमियो जुलिटकै जस्तो थियो । दुवै छुट्टै बस्न सक्लान् जस्तो साह«ै छैन । उनीहरु यतिबेला उडायो सपना सबै हुरीले भन्ने गीत गुन्गुनाउँदे हिड्या छन् । अदालतले उनीहरु बीचको अमरप्रित छुटाउन नाकामै ग¥यो । कि क्या हो ? छुट्टिएर बस्नु पर्दा माकुने राजनीतिबाटै सन्यास लिन्छु भन्दै हिड्न थाल्या छन् । उता प्रचण्डाउको हालत पनि बेहाल छ । कहिले काठमाण्डौ फर्केर आउँदिन भन्छन, कहिले फेरि जंगल पस्छु भन्दै उत्पादत मच्चाउँदै छन । हुन त माकुन्याउले सदैव भाँडनीति मात्र गरे राजनीति कहिल्यै गरेनन् । जंगलको बाँदरलाई काठमाण्डौमा हुलेर मान्छे बनाउन गिर्जाउले ठूलै मेहनत ग¥या थिए । तर केही गरी चलेन । हम कभी नही सुध्रेंगे ।
दायाबाया केही नसोचौ रे
‘जस्को सिङ छैन उसैको नाम तीखे’ भन्ने नेपाली उखान त्यसै चर्चित भा’ हैन । सिङै नहुनेले सिंगौरी खेल्न खोज्नु कम्ता रोचक कुरा हैन । अब हेररम न नेपाली काँग्रेसका सिँगै बिनाका तीखे नेता रामचन्दे्र बाजेले अस्तिका दिन भन्या ओलीलाई प्रधानमन्त्रीबाट हँटाउन अब दायाबाया गर्नु हुँदैन रे । हैन हौ ती तीखे बाजेले किन जग हँसाउन खोज्या होला । हँटाउन सांसद हुनु प¥यो नि । आफै त महादेव उत्तानो टाङ भनेझै चुनाव जित्न नसकेर बल्ड्याङ खाएका बाजेको एक मत पनि छैन अनि खप्रओलाई हँटाउने
रे । कति हाँस्नु हौ ? हाँस्दा हाँस्दै मरिन्छ क्यारे ? बाजेका अपानवायु जस्ता कुरा सुन्दा अरुका कानै टट्याउन थाल्या छन् । हैन हौ बाजेलाई माकुन्याउ र प्रचण्डाउले पदको राम्रै थैलो सुम्पने आश्वासन बाँड्या छन् कि क्या हो ? हुन त उतैतिर लसपस भएको सबैलाई थाहै छ । एक पटक बाजेले आफ्नै थुतुनोबाट ओकलेकै हुन अब म राष्ट्रपति बन्छु । बाजेका खुट्टी हेर्दै चाल पाइयो । कि कसो हौ ?
वान वान्टेड बेबी
प्रदेश न. २ का मुखमन्तरी लालबाबु राउतले भन्या संघीयता संघीय सरकारका लागि अन वान्टेट बेबी हो रे । मुखमन्तरीले कुरा त खास्साकै ग¥या हुन् । जबरजस्ती अरुले गर्भिणी बनाएको संघीयता वास्तवमै अन वान्टेड बेबी हो भन्ने कुरा रउनले बल्ल थाहा पाएछन् । अन वान्टेड बेबीको शिक्षा, दिक्षा, आहार विहार संघले वास्ता गरेन रे । गर्ने कुरा पनि आएन । अन वाण्टेट बेबीको नाममा करोडौ चिल्ला कार चढ्ने, लगानी बिनाको उद्योग चलाउने, आफ्नो र ससुराली पट्टिकाहरुको सात पुस्ता सम्मको व्यवस्थापन गर्ने, मनपरी कर उठाएर जनताको करङ बंग्याउने त्यही अन वान्टेट बेबीले गरेको कुराचाहिँ मुखमन्तरीले भुसुक्कै बिर्सिएछन् ।
अन्तेमा
पूर्व झालेमालेमा धेरै नेतारु यतिबेला फुर्सदिला भएका छन् । नेकपामा हुँदा विचाराहरुलाई कामको च्यापाच्याप थियो । कहिले माइतीघर मण्डालामा, कहिले नयाँ बानेश्वरमा, कहिले नारायणघाट, कहिले पोखरा दगुरेर खप्रओलाई तथानाम भन्न भ्याई नभ्याई हुन्थ्यो । अहिले उनीहरुलाई पदबाट समेत चिलिम बनाएसी उनीहरुको उद्योगै बन्द भएको छ । उद्योग बन्द भएपछि खप्रओका विरुद्धमा यसो सोझिन खोज्या के थिए उताबाट कडै जवाफ आयो मलाई हँटाउन खोजे बाटैमा ठेश लागेर गुल्टिनु पर्ने अवस्था आउने भएसी
विचराहरुलाई कम्ता आपत्त प¥या छैन । विचाराहरु मर्ता क्या नही करता भनेको अवस्थामा पुग्या छन् । बाउदेउ, सर्पनाथ। माकुन्याउहरु आफ्ना लालावाला च्यापेर फेरि पेरिस डाँडातिरै घरजम गर्न जो सुरसार कस्दै छन्
रे अस्तिका दनदेखि यसो आफ्नो थोत्रा थाम्रा, झिटी गुन्टा कस्दै पो छन् रे, माइला बाले भन्या ।
