धरान÷ फागुन मोफसलकै सबै भन्दा पुरानो बुढासु्ब्बा गोल्डकप यस बर्ष नहुने भएको छ । कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप नहुने भएको हो । द्धन्दकाल, मधेश आन्दोलनजस्ता बिषम परिस्थितिमा पनि विगतमा निरन्तर आयोजना हुदै आएको कप गोल्डकपको इतिहासमै पहिलो पटक नहुने हो ।
आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै २३ औं सँस्करण आयोजना नगर्ने जानकारी दिएको हो । २०५५ सालदेखि निरन्तर रुपमा सञ्चालन हुदै आएको र मोफसलमै फुटबल खेलको इतिहास बनाउने काम गरेको गोल्डकप पत्रकार सम्मेलनको आयोजना गरी नहुने आयोजक धरान फुटवल क्लबल जानकारी दिएको हो ।
क्लबका अध्यक्ष किसोर राईले प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउदै आएको बताउनुभयो । यस बर्ष भने कोरोना महामारीसँर्गै आर्थिक अभावका कारण प्रतियोगिता गर्न नसकिएको बताउनुभयो ।
स्थानीय सरकार धरान उपमहानगरपालिकाले प्रयाप्त सहयोग गर्न नसक्नु र प्रदेश सरकारले समेत दिने रकम नदिएका कारण प्रतियागिता गर्न नै नसकिने अवस्थामा पुगिएको उहाँको भनाई थियो । उहाँले रकम अभावकै कारण गत बर्षको २२ औं सँस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि पूरा दिन नसकेको प्रष्ट पार्दै जस्तोसुकै अवस्थामा पनि गोल्डकप नरोकिएको अवस्थामा यो बर्ष रोकिदा आफूलाई धेरै दुःख लागेको बताउनुभयो । उहाँले स्थानीय सरकार र प्रदेश सरकारले सहयोग नगरेको आसोप समेत लगाउनुभयो ।
प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मस्र्याङ्दीलाई २ लाख ५० हजार मात्र दिइएको अध्यक्ष राईले बताउनुभयो । उहाँले तीनै
सरकारले अहिले पनि सहयोग गर्न सकेको खण्डमा भने प्रतियोगिता हुन सक्ने संकेत पनि दिनुभयो । धरानलाई मिनी ब्राजिलको रुपमा चिनाएको मोफसलकै सबै भन्दा ठूलो बुढासुब्बा गोल्ड हुन नसक्नुलाई फुटबल खेलप्रेमी, बुढासुब्बा गोल्डकप प्रतियोगिताको पर्खाइमा बसेका सर्वसाधारणले विडम्बनाको रुपमा मानेका छन् । उनीहरुले जस्तोसुकै अवस्थामा पनि गोल्डकपलाई निरन्तता दिनुपर्नेमा जोड दिदै आएका छन् ।
