भारतीय उपमाद्वीपमा ‘“ठगी र बेइमानी” को अको उपनाम हो “नटवरलाल” ! भारतको तबहारमा जतन्मएका नटवरलाल उर्फ मिथलेश कुमार श्रीवास्तव किर्ते कागज बनाएर ऐतिहासिक महत्वको ताजमहल र लाल किल्ला बेच्नुका साथै कै यौं बैंक ठगी गर्ने, अदालतलाई समेत झुक्याएर आफैं न्यायधिस बनेर आफ्नै मुद्दा छिन्ने तथा पुलिसको आँखा छलेर जेलबाट भाग्ने जस्ता कायफहरू गरेर र्चिर्चत भएका थिए । बीपी कोइराला स्वास्थ््य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको पदमा मेडिकल व्यापारी तथा आफूलाई एमाले नेता भानुभक्त ढकालका घरेलु कामदार सरह सोच राख्ने डा. ज्ञानेन्द्र गिरी तथा रजिष्ट्रारको पदमा ‘दलबदलुमा विद्यायावारिधी’ भनेर चर्चित डा. मोहन चन्द्र रेग्मीको नियुक्त भए पश्चात निजहरूका कर्तुतहरूले नटवरलालको याद दिलाउन थालेको प्रतिष्ठानका आम शिक्षक तथा कर्मचारी बताउन थालेका छन् ।
नियुक्त हुने बितिकै अरबौंको जग्गा बेच्ने प्रयास
तत्कालीन स्वास्थ््यमन्त्री भानुभक्त ढकालसँग ८ करोडको डील गरेर उपकुलति नियुक्त भएका र नियुक्तको समय आधा दिएर एक वर्ष भित्र सबै चुक्ता गर्ने बचन दिएका डा. ज्ञानेन्द्र्र गिरीले नियुक्त भएको दोश्रो दिन देखि नै प्रतिष्ठानमा कार्यरत ठेके दार तथा उपकरण व्यवसायीहरूसंग कमिसन बार्गेनिङ गर्न थाले । एमाले ‘डन’हरूका प्रतिनित्वधको रूपमा रहेका धरानका एक रक्सी व्यवसायीको जोडबलमा उपकुलपति बनेका डा. गिरीको निमित्त आवश्यक पैसा उठाइदिने शर्तमा डा. गिरीलाई विश्वासमा लिएर पूर्वसभामुख सुवाष नेम्वाङ मार्फत २.५ करोड तिरेर डा. रेग्मीले पनि रजिष्ट्रार पद हत्याए । यसरी एकै पटक ७–८ करोड हात पार्ने एकल योजना थियो – प्रतिष्ठानको हरैंचाको ७ बिघा जग्गा, काठमाण्डौस्थित बाँसबारीको २ रोपनी जग्गा, भक्तपुरको १२ रोपनी जग्गा र धरानस्थित छाताचोकको ६ कठ्ठा जग्गा एमालेका एक डन मार्फत व्यापारी रामेश्वर थापा र रक्सी व्यापारीलाई ५० वर्षे लिजमा दिने । करिव डेढ अरबको उक्त जग्गा लिजमा दिदा उपकु लपति र रजिष्ट्रारको भागमा करिव ९ करोड कमिसन डिल भएको श्रोत बताउँछ । उक्त जग्गा डील सफल हुन नसके पछि उपकुलपति र रजिष्ट्रारको सम्बन्ध बिग्रियो र डा. गिरीलाई हटाएर आफैँ उपकुलपति बनेर उक्त डिल गर्ने बचन दिदै रजिष्ट्रार आफैं उपकु लपति हुने दौडमा लागे ।
कमिसनको चक्करले सिटी–स्क्यान खरिद रोकयो
प्रतिष्ठानको जगगा बेचेर कमिसन खाने योजना तुहिए पछि रजिष्ट्रार डा. रेग्मीले सिटी स्क्यान खरिदमा अढाई करोड कमिसन कुम्ल्याउन सीटीस्क्यान खरिदको बोलपत्रमा दोश्रो न्युनतम दर रेट कबोल गर्ने एक चाइनिज कम्पनीलाई बोके । यसैबीच, रजिष्ट्रारको चाल बुझेर उपकुलपति डा. गिरी र इलेक्ट्रोनिक्स इन्जिनियर राहुल मिश्रले न्युनतम कबोल गर्ने कम्पनीसंगै ५० लाख कमिसन डिल गरेर खरिद गर्ने प्रक्रियामा पुगेकोले रजिष्ट्रारले उक्त खरिद प्रकिय ानै रोकेर राखिदिए । करिव ९ महिना पहिला खरिद भैसक्नु पर्ने सीटीस्क्यान खरिद हुन नसकेर प्रतिष्ठानमा सीटीस्क्यान गर्ने बिरामीहरु बिराटनगर पठाइने गरिन्छ ।
हरेक महिना पार्टी परिवर्तन

प्रतिष्ठानका उपकुलपति डा. गिरी विगत १५ वर्षदेखी बीपी प्रतिष्ठानको उपकुलति हुने दौडमा नेपाली कांग्रेसको साथ नपाएपछि यही पद पाउने शर्तमा गत आम चुनाव अगाडी एमाले प्रवेश गरेका हुन् । धरानका एक कांग्रेसी नेता भन्छन् काँग्रेसको इतिहासमा सबैभन्दा बढी धोका नै ‘तुलसी गिरी लगायतका गिरीहरु’ ले दिएकोले आम कांग्रेसीले उनको कदमलाई स्वभाविक मानेका छन् र कांग्रेसको सरकार आउने बितिकै उनी नै सबै भन्दा ठूलो कांग्रेसी हुनेछन् । भानुभक्त ढकाल मन्त्री रहुन्जेलसम्म आफू एमाले भएको देखाउनु पर्ने उनको वाध्यता छ । यता रजिष्ट्रार डा. रेग्मीको छेपारे प्रवृतिले भने रेकर्ड राखेको छ । उनले एकै साथ् नेपाली कांग्रेस, नेकपा र जसपाको सदस्यता लिएका छन् । “तत्कालीन स्वास््यथ्यमन्त्री गगन थापाको पालामा उनी कट्टर कांग्रेस भएर झन्डै अस्पताल प्रमुख नियुक्ति पाए, उपन्द्र यादव मन्तरी भएको बेला जसपाको सदस्यता लिएर झन्डै रजिष्ट्रार नियुक्ति लिए अअिले नेकपा सरकार आएको बेला त्यही पाटीको सदस्यता लिदै अढाई करोड नजराना बुझाएर रजिष्ट्रार नियुक्त लिए । अब कांग्रेस सत्तामा आउने भयो भनेर उनी कांग्रेस नेता सुनिल थापा र प्रदिप पौडेलको भजन गाउनमा व्यस्त छन्, ‘प्रतिष्ठानमा उनको क्रियालाप नटवरलालसंग मिल्दो जुल्दो छ’ प्रतिष्ठानका एक का.स. सदस्य भन्छन । ती का.स. सदस्यले तत्कालिन उपकलपति डा. रौनयारको चाकडी गरेर सिनेट सदस्यमा नियुक्त लिएको र सिनेट बैठकमा डा. रौनियारलाई नै निकाल्न लागेको तर निकाल्न नसके पछि डा. रौनियारसंग घुंडा टेकेर माफी मागेको डा. रेग्मीको नटवरलाल प्रवृतिको समेत स्मरण गरे ।
सम्बन्धनको चोर ढोका छिरेर करोडौ हान्ने दाउ
बीपी प्रतिष्ठान स्वास्थ्य मन्त्रालय अन्तर्गतको संस्था हो । तर गत हप्ता बीपी प्रतिष्ठानका उपकुलपति डा. गिरी र रजिष्ट्रार डा. रेग्मीले स्वास्थ््य मन्तरी तथा सहकुलपतिलाई कनै जानकारी नै नदिई शिक्षा मन्त्रालयमा बसेर झापा स्थित बी यन सी अस्पताललाई प्रविधिक तथा भौतिक सहयोग गरेर सम्बन्धन दिलाउन र मेडिकल कलेज चलाउन सहयोग गर्ने सम्झौता हस्ताक्षर गरे । ‘यो सम्झौता हस्ताक्षर बीपी प्रतिष्ठानको लक्ष्य र उद्देश्यको पूर्ण विपरित तथा बीपी प्रतिष्ठानको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप हो भन्ने बुझेर मैले सम्झौताको साक्षी नबसी सनिवार नै राजधानी छोडें’ प्रतिष्ठानका एक डीनले धरान साप्ताहिकसंग बताए । स्मरण रहोस्, बी यन सी अस्पतालका मालिक दुर्गा प्रसाईं नाताले उपकुलपति डा. गिरीका ज्वाई हुन् भने उनले रजिष्ट्रार डा. रेग्मीको सबै नियुक्ति खर्च व्यहोने वचन समेत दिएको प्रतिष्ठान श्रोत बताउँछ । ‘यो खेलमा कम्तिमा १५ करोडको डील भएको छ, त्यसैले त आफ्नो पद दाउमा राखेर भए पनि त्यस्तो मतभेत भएका उपकु लपति र रजिष्ट्रार अहिले नङ मासु जस्तो तमलेर बसेका छन् । मलाई र का.स. सदस्यहरूलाई समेत प्रलोभन आइरहेको छ तर हामी यो कार्यान्वयन हुन दिदैनौ’ हस्ताक्षर् गनफ अस्वीकार गरेका एक पदाधिकारीले भने ।
