पूर्व नेकपा कार्यकर्ताको छट्टपट्टी

धरान÷हेल्लो राजमणि जी हो ? बर्बादै भयो । सर्वोच्च अदालतले त बर्बादै ग¥यो । अब हामी कता जाने ? हेल्ला राजमणि जी ?
अचानक धरान साप्तहिकमा आएको उक्त फोनले यस प्रतिनिधिलाई एकछिन अवाक बनाएको थियो । फोन गर्न व्यक्ति हुनु हुन्थ्यो धरान उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष टंक राई । हतारमा उहाँले डायल गर्नुभएको फोनको रिसिप धरान साप्ताहिकले
गरेको हुनुपर्छ । फोन वार्तामै रिसिव गर्नेका सम्बन्मा निश्चित नभएर उहाँले अब सूर्य चिन्ह जता जान्छ आफू त्यतै जानुपर्छ । अहिले सम्म यो र त्यो समूह भनेर नखुलेको पनि उहाँले धाराप्रवाह बताउदै जानुले हतास मानसिकतामा
रहेको प्रष्ट हुन्छ । तर पछि आफू राजमणि नभएको पटक पटकको जवाफपछि उहाँले हत्तेरीका बर्बादै भयो भन्दै फोन राख्नु भएको थियो ।
सर्वोचच अदालतले आइतबार एकै खालका नाम भएका दुई दलबीचको विवादमा निर्णय सुनाउदै नेकपाको आधारिता ऋषिराम कट्टेललाई दिएपछि दुई ध्रुवमा बाँडिएको सत्तासीन नेकपाका कार्यकर्ताहरुमा अन्यौलता बढेर गएको छ । सर्वोच्च अदालतले २०७५ मंसिर ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत अवस्थमा पु¥याउने काम भएपछि माधव नेपाल प्रचण्ड समूहमा लागेका कार्यकर्ताहरु अन्यौलतमा परेको देखिन्छ ।

तपाईको प्रतिक्रिया