इटहरी÷राजसंस्था पुनस्र्थापना र नेपाल हिन्दु राष्ट्र घोषित हुनुपर्ने माग गर्दै देशैभरि अभियान सञ्चालन गर्दै आएको शिव सेना नेपालको सुरज राईको अध्यक्षमा इटहरी युवा संगठन गठन गरिएको छ ।
शिवसेना नेपालका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्य, केन्द्रीय सदस्य सुरज कँडेल, जिल्ला युवा संगठन सुनसरीका अध्यक्ष विनय राईको उपस्थितिमा गठन गरिएको युवा दस्ताको रुपमा रहने युवा संगठन गठन गरिएको हो । नव गठित युवा संगठनको उपाध्यक्षमा रिवाज श्रेष्ठ, विनय कार्की, सचिवमा शन्देश भण्डारी, कोषाध्यक्षमा नितेष दाहाल मनोनित हुनु भएको छ । यसैगरी सदस्यहरुमा रितेश पौडेल, रविन साह, विसर्जन कार्की, उमेश थापा, धिरज राई रहनु भएको छ । यसभन्दा अगाडि डिकबहादुर विष्टको अध्यक्षतामा शिव सेना इटहरी नगर समिति र विनय राईको अध्यक्षतामा शिव सेना युवा जिल्ला संगठन गठन भइसकेको छ ।
