धरान÷ धरानलाई फुटबल खेलको मिनी ब्राजिल भनेर चिनिन्छ । मोफसलकै सबै भन्दा ठूलो मानिएको अन्तर्राष्टिूय स्तरको बुढासुब्बा गोल्डकप धरानबाट निरन्तर सञ्चालन भइरहेको छ । धरानको यस्तो शाखलाई जोगान धरान उपमहानगरपालिकाले सानैदेखि फुटबल खेलप्रतित आकर्षित गराउँने उद्देश्यले ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरिएको छ । धरानन उपमहानगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिको आयोजनामा धरानका १२ वर्ष मुनिका वालवालिकाहरुलाई ‘ग्रासरुट’ फुटबल प्रशिक्षण दिन सुरु गरिएको हो ।
धरानको परिचय फुटबल खेलसंग जोडिएको छ । फुटबलको ‘मिनि ब्राजिल’ भनेर चिनिने धरानमा वर्षभरी नै फुटबलका गतिविधि हुने गरेको छ । मोफसलकै पूरानो अन्तराष्ट्रिय प्रतियोगिता ‘बुढासुब्बा गोल्डकप’ २२ वर्षयता निरन्तर रुपमा आयोजना हुँदै आएको छ । वडास्तरीय प्रतियोगिता आयोजना हुँदै आएको ‘गोधुली’ २७ वर्षयता निरन्तर आयोजना हुँदै आएको छ । यी बाहेका अन्य साना तथा ठूला प्रतियोगिता समेत धरानमा हुने गरेका छन् । निरन्तर हुने प्रतियोगिताका कारण धरानका खेलाडीहरुले राष्ट्रिय खेलको प्रतिनिधित्वसंगै नेपालका उत्कृष्ट क्लबहरुमा समेत धराने खेलाडी आवद्ध भएर उत्कृष्ट प्रदर्शन समत गरेका छन् । धरानको फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान दिएको धरानको शाखलाई जिवित राख्नकै लागि उपकहानगरपालिकाकले १२ वर्ष मुनिका वालवालिकाहरुलाई प्रक्षिण दिन सुरु गरिएको नगरखेलकुद विकास समितिका सदस्य एवम् टूेनिङका संयोजक सतिस केसीले बताउनुभयो ।
धरान रंगशालामा प्रत्येक शनिबार दिइने प्रक्षिणमा १ सय ५० बढी वालवालिकाहरुको सहभागीता रहेको नगर खेलकुद विकास समितिले जनाएको छ । आउदो असारसम्म दिइने प्र्रक्षिणमा फुटबल खेलको आधाभुत तालिम दिइने गरिएको एन्फा सुनसरीका कोच श्याम मानन्धरले बताउनुभयो ।
वालवालिकाहरुमा सानै उमेरदेखी खेलप्रति लगाव बढाउन, अनुशासित र व्यावहारिक बनाउन यो प्रशिक्षणले ठूलो भूमिका खेल्ने प्रशिक्षणमा आएका बालबालिकाका अभिभावक गोपाल भझ्राई र पवनप्रसाद ढकाल बताउछन् ।
मनोबैज्ञानिक ढंगले वालवालिकाहरुलाई फुटबल खेलप्रति आकर्षित गराउन प्रशिक्षणले ठुलो भुमिका खेल्ने नगरप्रमुख तिलक राई बताउनुहुन्छ । फुटबल खेलबाट खेलकुदको शहरको परिचय बनाएको धरानले ग्रासरुटबाटै प्रशिक्षण सुरु गर्दा भविष्यमा धरानमा राम्रो खेलाडी उत्पादन हुने निश्चित छ । उपमहानगरको यो कार्यलाई अन्य नगरपालिका तथा गाउँपालिकाले अनुशरण गर्न सके नेपाली फुटबल खेलको उचाई बढ्ने थियो की ?
