बाउरामको क्याई क्याई
पढेर नि बुद्धिको विर्को टालएर मुरख विद्वानको उपमा पाएका बाउराम कामीको केही दिन देखि क्याई क्याई अलि बढ्तै सुनिन थाल्या छ । मलाई पर्धानमन्तरी बनाइद्याओ भनेर तिन्ले साह«ै हत्ते गर्न थाल्या छन् । तिन्को कुरा सुनेर अन्य दलका नन्दीभृंगीहरु यतिबेला रमाइलो मानेर खित्का छाडेर हाँस्न थाल्या छन तर नि ती क्याई क्याई गर्न छाड्दैनन् । मधेशी बाबुहरुको धोतीको फेर अँठ्याएर जेनतेन बाँच्या बाउरामलाई कस्ले पर्धानमन्तरी बनाइदेला ? कस्ता कस्ता स्यालहरु पर्धानमन्तरीका लागि ¥याल चुहाएर पौैठेजोरी खेलेर बस्याछन् । ती नाम्ले विरालोलाई कस्ले पर्धानमन्तरी लौ खा भनेर देला ? पर्धानमन्तरी त्यसै पाइन्छ ? त्यस्तो महँगो पर्धानमन्तरी तिन्लाई सित्तिमा कस्ले दिने ? त्यसकालागि त धेरै ठेलुवा माने सांसदको आवश्यकता पर्छ । तिन्का पछाडि ठेलुवौ छैनन् । भयो बाउरामले वा सपना देख्न छाडेर विपनामा अवतरण गर । क्याई क्याई गरेर केही लछारपाटो लाग्ला जस्तो छैन ।
सर्पनाथ तयार
नेपालका बढेमानका महँगा सर्पनाथ माने झल्लाझलु दिउँसै बर्बराउन थाल्या छन् । म राष्ट्रपति बन्न तयार छु, नेप्लिज जन्ताले मलाई राष्ट्रपति बनाइदिनु प¥यो भनेर जोडतोडले चिच्याउन थाल्या छन् । राष्ट्रपति बन्न कस्लाई मन हुँदैन ? शितल निवासको बसाई, दायाँबायाँ सुरक्षेकर्मीहरुको स्यालुट, मान सम्मान, करोडौको चलखेल अहँ हुँदै हुँदैन । झलझलु माने सर्पनाथले सर्प पाल्ने हो । त्यसका लागि उन्ले ७२ करोड कुम्ल्याएर सक्या छन् । वान मेन वान जब यो हुनुपर्छ । सर्प पाल्ने खोपडीकै भएकोले तिन्लाई राज्यको ढुकुीबाट गरिबको गाँस काटेर त्यतिविधि पैसो दया हो । नेपाली जन्ताले प्रतिगमन विरुद्धको आनदोलनमा तिन्लाई राष्ट्रपति बनाउन पक्कै साथ दिएका होइनन् तर तिन्ले अहिले मुंगेरीलालको जस्तै सपना देख्न थालेछन् । ए लौन सर्पनालाई कसैले झक्झक्याइ देओ ।
फेरि खोलाले बगाएछ क्यारे
विप्लव सरकारका बीचमा तीन बुँदे शान्ति सम्झौता भएछ । विचाराहरु लुकिछिपी कतिन्जेल हिँड्नु ? प्रहीले भेटयो कि क¥याप्पै अँठ्याउने । न खानाको ुंटुगो, न बस्नको टुंगो । जीन्दगी झम्पट वा फिर भि घमण्ड वा’ को थेगो बोकेर सधे दौडनु पनि सकसै थियो । वार्तामा आए, खप्रओ बा’सँग हात मिलाए । शाीन्ति सम्झौतामा ल्याप्चे ठोके यहाँ सम्म त ठीकै भयो तर विप्लाउहरुले बोक्ने
गरेका हातियारका सम्बन्धमा खप्रओ बाले चर्चै गरेनन् । तिनीहरुसँग हतियार थेनछ कि क्या हो ? भा’भे त चर्चो त हुनुपर्ने थियो । राज्येलाई हतियार बुझाउनुपर्ने थियो । हुन त हतियार भन्ने चीजै यस्तै हो । हिजो प्रचण्डाउ शान्ति वार्तामा आउँदा तिन्का धेरै हतियार खोलाले बगाइ पठाएको थियो । विप्लाउका हतियारपनि खोलेलै बगायो होला । खोलाले बगाएसी कसरी देखाउनु ? कि कसो हौ ?
पर्ख र हेर
भगवान चहे तो छप्पपर फारकर देता है त्यसै भन्या होइन । अब हेरम न यतिबेला नेप्लिज लाँग्रेसलाई एकै परिवारका तेह«दिने दाजुभाई नै सत्ताको चाबी बुझाउन हानाथाप गरिरा’छन् । मार्चण्डेहरुले पहिल्यै चाबी बुझाउन बुढानिलकण्ठ पुग्या थिए पछि खप्रओले नि चाबी बुझाउन खोजीरा’छ । कस्को चाबी लिएर सत्ताको ढोका खोलौ खोलौ लांग्रेस धरमरमा प¥या छ । लाँग्रेसका मुखिया जस्को चाबीले खुले नी हुने भन्दै छन् भने रामचन्दे बाजे र झापाली कुमाईचाहिँ चाबी जिम्मै लिन नहुने भन्दै अत्तो थापिरा’छन् । जस्को जाबी बुभेपनि ढोका खोेल्न स्यालबहदारले नै हो । बाजे र कुमाइले रोक्नै सक्दैनन् । उनेरलाई चाबी खोलेर भित्र छिर्ने अनुमति नै छैन । त्यसैले उनीहरु चाबी जिम्मा लिनु हुँदैन भनेर बुरुक बुरुक उफ्रिरा’छन् । तर स्यालबहादुरले तिन्लाई साह«ै भाउ देलान जस्तो छैन । भाउ दिनु पनि हुँदैन आखिरी ज्योतिषीले स्यालबहादुरलाई सात पटक पर्धानमन्तरी बन्छस् भनेकै छन् । ज्योतिषीको भष्यि वाणीको पनि त सम्मान गर्नु प¥यो नि † अफाू राँण देशै भाँड भन्या यही हो आफूले सिंहदरबारको दरबाजा खोल्ने चाबी नपाउने भएसी स्यालबहादुलाई त रोक्नु भएन नि † कि कसो हौ ?
मुख थुनेर आउनु रे
माकुन्याउ–प्रचण्डाउ आच्या मार्चण्डको बिग्रिएका ग्रहदशा सपार्न ढ्यांग्रो ठोक्ने जिम्मा पाएकी रामकुमारी झाक्रीले अस्तिका दिन भन्या खप्रओ संसदमा मुख छोपेर आउनु होला । तिन्ले के के टुनामुना जानेकी छन् । केही दिन अगाडि राष्ट्रपतिका विरुद्धमा बकेकी थिइन् । प्रहरीले तिनाई झयाइकुटी पार्दा तिन्का नन्दीभृंगीहरुले उत्पादै मच्चाएका थिए । सडकमै नाँच्ने, ढ्यांग्रो ठोक्ने, जोखाना हेर्र्ने काम गरेका थिए । झाक्रीका नन्दीभृंगीहरुका ुटुनामुनाका अगाडि प्रहरीको पनि केही जोर चलेन । अब अहिले तिन्ले खप्रओलाई मुख थुनेर संसदमा आउनु भन्या रै’छिन् । पक्कै गतिलै जोखना होला । जे होस् झाँक्रीले झारफुक गरेरै भए नि काठमाण्डैमा घरचाहिँ गतिलै बनाएकी रै’छिन् ।
जादवको झि“गे दाउे
जनता समाजवादी पार्टीका अध्येक्षे उपिन्द्र जादव यतिबेला झिँगे दाउमा लाग्या छन् । खप्रओको सरकारमा स्वास्थ्ये मन्तरी र पछि कानून मन्तरी भएपछि सडकमा बजारीन पुगेका जादव फेरि मन्त्री पड्काउन सकिन्छ कि भनेर छिद्राहरु हेर्न थाल्याछन् । खप्रओ छउन्ज्याल चप्रासीको पद समेत पाउन सम्भव नदेखिएपछि खप्रओ सरकारलाई धारे हात लगाएर सराप्न थाल्या छन् । अस्तिका दिन जादले मनको वह पुगुन्ज्याल धारे हात लगाए । कत्रो डाहा रै’छ
विचरालाई । छँदाखाँदाको मन्त्रीबाट खुस्किनुपर्दा कस्लाई डाहा हुँदैन त ? विचराको खप्पराँ मन्त्री हुँदाको रजगज सबै ताजा भएर आउँदो होला । फेरि पनि मन्तरी पड्काउन पाइन्छ कि भनेर उनी घरी र्माचण्डे समूहको थुतुनो सुँघ्दै हिड्छन् । कहिले लाँग्रेसको थुतुनो सुँघ्छन् । लाँग्रेसका स्यालबहादुर पर्धानमन्तरी भए आफ्नो मन्तरी बन्ने बाटो खुल्ला हुने जादवले राम्रै बुझेका छन् । हेरम तिन्को झिँगे दाउले कत्तिको काम गर्छ ?
अर्थ मन्तरी कुले
जन्ता जोगेसी केचाहिँ असम्भव छ र ? महावलशालीहरु पनि अन्तेमा सडकमा पछारिन पुग्छन् । अब हेरौ न खप्रओका अरथ मन्तरीले अस्तिका दिन ज्यान जोगाउन कुले ठोकेछन् । रुपन्देहीको एउटा औद्योगिक क्षेत्र शिलान्यास गर्न खुबै हेलिकोप्टर चढेर पुग्या थे । त्यतिविघ्न प्रहरीले सुरक्षे द्या थियो तर पनि तिन्ले कुले ठोक्नै प¥यो । आफ्नै निर्वाचन क्षेत्र त्यसमाथि आफ्नै मतदाता । शिलान्यास गने लाग्दा जन्ताले ताली पिटेर स्वागत गर्नुपर्नेमा हुइकी हुई ढुंगा पो बर्साएछन् । सँगै गएका अरुका थाप्लामा दर्जन भन्दा बढी टुटुल्को उठेछ । धन्न अरथ मन्त्रीलाई प्रहरी र सुरक्षेकर्मीले चीलबाट चल्ला जोगाउन कुखुरीले छोपे झै छोपेर जोगाएछन् । टुटुल्को उठ्या भे विचारलाई कम्ता आपत्त पर्ने थेन । पत्र–पत्रिमा विचाराको टुटुल्काको फोटो छापिन्थे । यसका लागि प्रहरी र तिनका सुरक्षेकर्मीलाई साधुवाद त भन्नैपर्छ ।
अन्तेमा
पद नपाएर सडकमा पछारिन पुगेका माकुन्याउले परायासँग मिलेर आफनो घरमा आगो लगाइ लड्डु हसुरको धेरै भा’छैन । यतिबेला बडो फूर्ति लगाएर बोल्दैछन केही दिनमै नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ । त्यसपछि त ओली सडकमा पछारिन्छन् रे माकुन्याल भन्या । साताको रिसले पोइको काँधमा सु गर्न पुगेका माकुन्याउ प्रचण्डाउको अघिपछि कतिदिन बस्दा हुन हिजो त्यही सूर्जे चिन्ह चिनतवनमा प्रचण्डाउले चपाइदिएको विचराले भुसुक्कै बिससेछन् । कस्ता–कस्ता तीसमार खाँहरु त प्रचण्डाउका अगाडि टिक्न सकेनन् । माकुन्याउ कुन खेतका मुली हुन र ? आफनै घर जलाएर प्रचण्डाउतिर मोहित भएका माकुन्यालाई खै कस्ले सद्बुद्धि दिने हो कुुन्नी ? हुन त भीरबाट लड्न लागेको गोरुलाई काँध थाप्न सकिदैन उही राम राम सम्म त भन्न हे । तै घण्टाघरको शुभकामनमना मार्चण्डेको जोडी सलमत रहोस.् । सत्ताका लागि कालान्तरमा ङ्र्याङुर्र नगरोस । बस ।
