धरानमा टोपी दिवस भव्यताका साथ सम्पन्न

धरान/पश्चिमी सास्कृतिको वेÏवाकका नक्कल गर्न कुनै संकोच नमान्ने आजका युवापुस्तालाई नेपाली टोपीको महिमा दर्शाउने र यसलाई चीर कालसम्म जोगाउने उद्देश्यले आइतबार धरानमा टोपी दिवस मनाइएको छ ।
‘टोपी राष्ट्रिय सास्कृतिको शान यसलाई जोगाउने हाम्रो अभियान’ नाराका साथ र्आ अफ लिभिङ्ग नेपाल धरानले यहाा टोपी दिवसको आयोजना गरेको हो । तीन बर्ष अगाडि धरान आउनु  हुादा गुरु रविशंकरले मार्च १ तारेखलाई टोपी दिवसका रुपमा मनाउन आग्रह गर्नुभए अनुसार टोपी दिवस मनाइएको हो । तीन बर्ष अगाडि गुरु रविशंकरले स्थानीय पब्लिक उच्च माविको मैदानमा भन्नुभएको थियो नेपालको सग्रमाथा, बुद्ध जन्मस्थल लुम्बिनी र नेपाली ढाका टोपी नेपालका अद्भूत कुरा हुन् । साग्रमाथा जसलाई न कसैले उखेलेर लैजान सक्छ, बुद्ध जन्मस्थल लुम्बिनी न कहिल्यै परिवर्तन हुन सक्छ न नेपालीको शान टोपी कहिल्यै हराउन सक्छ ।
गुरु रवि शंकरका यिनै वाणीबाट प्रभावित भएर सन् २०१३ देखि नेपालमा मार्च १ लाई टोपी दिवसका रुपमा मनाउन थालिएको छ । आर्ट अफ लिभिङ्ग नेपालको अग्रसरतामा मनाउन थालिएको टोपी दिवसकमा विगतको तुलनामा यसपटक सर्वसाधारण, सामाजिक संघ संस्था, प्रहरी प्रशासनको उत्साहपूर्वक सहभागिता देखियो । सो अवसरमा बोल्दै सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राईले भन्नुभयो आधुनिकीकरणका नाममा हामी पश्चिमाको अनुशरण गरिरहेका छौं । हाम्रो गर्व र पहिचानको प्रतिक टोपीका सम्बन्धमा विदेशी गुरुले आएर हामीलाई सम्झाइ दिनुपर्‍यो । कताकता गुरु रविशंकरको घोषणालाई व्यंग्य जस्तो पनि लाग्छ । संसारका सबै मानिस टोपी लगाउाछन.् । नेपालमा पनि १ सय २५ जातिले टोपी लगाउाछन् तर टोपीका आकार प्रहार फरक हुन्छन् । आकार प्रकार फरक फरक भएपनि ती सबै टोपी नै हुन् ।
यसैग्री सहायक प्राध्यापक डा. राजेन्द्र शर्माले टोपीको संक्षिप्त इतिहास कोट्याउनु भएको थियो । उहााले भन्नुभयो नेपालको सन्दर्भमा टोपी ५ सय बर्ष अगाडिदेखिको इतिहास छ । टोपी सर्वप्रथम बंगालीहरुले भित्र्याएको र नेपालको पश्चिमी भागमा पुगेको हो । पछि सेन वंशहरुसाग टोपी भित्र्याउने बंगलीहरुको वैवाहिक सम्बन्ध गाासिएको थियो । नेपाली ढाका टोपीको बीचमा गहिरो र दुवैतर्फ हिमालझै
परिमार्जन इतिहास शिरोमणि बाबुराम आचार्यले परिमार्जन गरेको उहााको कथन थियो । जे भएपनि टोपी दिवसका सन्दर्भिकता औल्याइ दिएकोमा डा. शर्माले गुरु रवि शंकरलाई धन्यवाद दिनुभयो ।
कोशी अञ्चल प्रहरी प्रमुख ज्ञान विक्रम साहले टोपीको महत्व अत्यन्तै ठूलो रहेको प्रष्ट्याउदै जोशिलो पाराले मेरो टापी कैलाशको शीर जस्तो, संसारको शिरको टोपी सग्रमाथा हो भन्ने बोलको गीत गाउनुभएको थियो । यसैग्री धरान उपमहानग्रपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भन्नुभयो, ढाका टोपीमात्र हैन सबैले लगाउने टोपी नै हो । टोपी शिरको सोभा र सुरक्षा पनि हो । आर्ट अफ लिभिङ्ग नेपाल धरानका अध्यक्ष बृद्धिचन्द्र अग्रवालको अध्यक्षतामा सम्पन्न टोपी दिवसमा आदिवासी जनजातिका तर्फबाट कर्ण तमु, प्राध्यापक हरिबहादुर दाहाललगायतेल बोल्नुभएको थियो भने सञ्चालन गोपाल कामतले गर्नुभएको थियो । कार्यक्रममा सहभागी सबैले ढाकाको टोपी लगाई ब्यानर सहित नग्रपरिक्रमा ग्रेका थिए ।

तपाईको प्रतिक्रिया