युवतीसँग रक्सी खाएर सुतेका पत्रकारको अण्डकोष नै गायब

पत्रकार भएपनि पनि कस्ता हुस्सु ? एकजना टेलिभिजन पत्रकारले आÏनो अण्डकोष नै चोरी हुँदा समेत सुइँको पाएनन् । भट्टीमा एक सुन्दर युवतीसँग मस्तले रक्सी पिएर सुतेका ती पत्रकारले बिउँझिँदा मात्र आÏनो अण्डकोष कसैले काटेर लगेको पत्तो पाए ।
घटना रुसको हो । पेशाले टेलिभिजन कलाकार तथा पत्रकार
रहेका ३० वर्षीय दिमित्री निकोलेभको अण्डकोष चोरी भएको छ ।
मस्कोको एक रंगमञ्चमा आÏनो कला प्रस्तुत ग्रेपछि मदिरा पान गर्न एकजना सुन्दरी केटीको साथमा उनी बारमा छिरेका थिए । ती केटीसँग जिस्किँदा जिस्किँदै उनीहरु पानीको तातो बाफले निर्वस्त्र भै नुहाउने साउनाको मज्जा लिन गए । त्यसपछि दुबैजना एक अर्काको चुम्बनमा केही बेर रमाए र मज्जाले बियर पिए ।
बियर पिएपछि ती पत्रकार लठ्ठिए । उनलाई त्यसपछि के भयो भन्ने कुरा थाहा नभएको प्रहरीको भनाइ छ ।
उनी अर्को दिन ब्युझिँदा बस स्टपमा थिए । उनलाई आÏनो गुप्तांग क्षेत्रमा निकै दुखाइ महसुस भयो भने आÏनो ट्राउजर पनि रगतले भिजेको देखे ।
उनी तत्कालै अस्पताल कुँदे । त्यसपछि उनी छाँगाबाट खसेझैँ भए जब अस्पतालका डाक्टरहरुले उनका अण्डकोष चोरी भएको बताए । कुनै विशेषज्ञ डाक्टरले नै राम्रोसँग सर्जरी ग्रेर उनको अण्डकोष निकालेको पाइएको प्रहरीले जनाएको छ । बियरमा बेहोस पार्ने कुनै औषधि घोलेर ती युवतीले नै उनलाई खुबाएको र त्यसपछि युवतीसँग रहेका मानव अंग तस्करहरुले उनलाई त्यहाँबाट कुनै अवैध अस्पतालमा लगी उनको अण्डकोष निकालेको अनुमान प्रहरीले गरेको छ ।
ती टेलिभिजन कलाकार तथा पत्रकारले आफुमाथि भएको त्यस्तो बज्रपात तथा गम्भीर अपराधको विषयमा सुरुमा आÏनी श्रीमतीलाई समेत खुलेर भन्न सकेनन् । अन्तत: त्यो कुरा श्रीमतीले थाहा नपाउने विषय नै रहेन । प्रहरीले युवकलाई बारमा लगेर बियर खुवाउने युवती, तथा उनको अण्डकोष निकाल्ने डाक्टर लगायतको ग्रिोहको खोजी गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया