धरान/ फागुन १६ गते शनिवारदेखि शुरु भएको १७ औं अन्तर्राष्टिूय रेडवुल बुढासुब्बा गोल्डकप अन्तर्गत आयोजक धरान फुटबल क्लब धरान, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीको एपीएफ क्लब र मनाङ्ग मस्र्याङ्दीले सेमी फाइनलमा प्रवेश गरेका छन् ।
धरान १७एन्फा एकाडेमीको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक धरानले लिस्नु क्लब रुपन्देहीलाई ० का विरुद्ध ४ गोल गर्दै शानदार विजयहात पार्दै सेमी फाइनलको यात्रा तय गरेको हो ।
धरानकातर्फबाट सेप्रिकओबा,निराजन खड्का, प्रकाश बुढाथोकी र ससी राईले गोल ग्रेका थिए भने रुपन्देहीकातर्फबाट कसैले गोल गर्न सकेनन् ।
खेलको १९ औं मिनेटमा धरानका सेप्रिकअबाले गोल गर्दै आफ्नो टिमका खाता खालेका थिए । राष्टिूय खेलाडीले ओतपोत रहेको धरानका अगाडि बुढासुब्बा गोल्डकपमा पहिलोपटक भागलिएको रुपन्देहीकालागि दोस्रो गोल दोस्रो हाफको १३ औ मिनेटमा पुननिराजन खड्काले १ गोल ग्रे । अत्यन्तै आक्रमक रुपमा उत्रेका धरानका खेलाडीहरुविरुद्ध रुपन्देहीका खेलाडीले कुनै प्रदर्शन गर्न सकेनन् । त्यसैको फाइदा उठाउदै धरानकातर्फबाट पुन : दोस्रो हाफको इन्जुरी समयमाप्रकाश बुढाथोकी र ससी राईले पुन एक एकगोल थपेपछि खेल ४(० मा सीमित बन्न पुग्यो । खेलको म्यानअफ द म्याच धरानकाप्रकाश बुढाथोकी घोषित भए ।
यस्तै दोस्रो दिन भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
त्रिभुवन आर्मी क्लबले कास्की फुटबल संघ पोखरालाई टूाइबेकरको आधारमा ५(४ गोलले विजयी बन्दै सेमी फाइनलको यात्रा तय गरेको छ ।
अत्यन्तै प्रतिपर्धात्मक सो खेलको निर्धारित समयसीमाभित्र दुई दुई गोल भएपछि खेल टूाइबेकरमा धकेलिएको थियो । खेल अवधिभर आर्मीका तर्फबाट अमृत बस्नेत एक्लैले दुई गोल ग्रेका थिए भने पोखराका तर्फबाट शिव सुवेदी र उत्तम गुरुङ्गले एक एक गोल ग्रेका थिए । खेल समयअवधिभर दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत दुवै टिमबाट गोल हुन नसकेपछि खेल टूाइबेकरमा गएको हो ।
टूाइबेकरमा आर्मीका तर्फबाट जितेन्द्र कार्की, हिरेण्य मग्र, सन्तोष तामाङ्ग, युवा साही र दिपक गुरुङ्गले गोल ग्रेका थिए भने पोखराका तर्फबाट पवी गुरुङ्ग, राजेश गुरुङ्ग, भुपाल गुरुङ्ग, शिव सुवेदीले गोल ग्रेका थिए भने खेम गुरुङ्गको प्रहार पोष्टमा ठोकिएर फर्किएको थियो । खेलको म्यान अफ द म्याच आर्मीका अमृत बस्नेत घोषित भए ।
यसैग्री सोमबार भएको खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ विजयी भएको छ ।
एपिएफले सुनाल्चु क्लक सिक्किम भारतलाई ४–१ गोल अन्तरले पराजय गर्दै अन्तिम चारमा आफ्नो स्थान बनाउन सफल भएको छ ।
एपिएफका तर्फबाट ४९ आंै मिनेटमा राजेन्द्र रावल, ६८ मिनेटमा गणेश लावती, ७० मिनेटमा रन्जन विष्ट र ८९ मिनेटमा प्रवीन साग्देनले गोल ग्रेका थिए । यस्तै सुनाल्चुको तर्फबाट एकमात्र गोल ८० मिनेटमा माटिन भुटियाले ग्रेका थिए ।खेलको म्यान अफ द म्याच एपिएफका गणेश लावती घोषित भए । यस्तै मंगलबार भएको खेलमा मनाङ्ग मस्र्याङदी क्लब काठमाण्डौले मुनाल क्ला झापालाई ० का विरुद्ध दुई गोल गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।
बुधबारको पहिलो सेमी फाइनल खेल आयोजक धरान फुटबल क्लब र सशस्त्रको एपिएफबीच हुने आयोजकले जनकारी दिएको छ ।
