राजधानी/पूर्वी नपाललाई आफ्नो मुल थाात थलो मान्दै आएको लिम्बु सास्कृतिमा आधारित भएर निर्माण भएको नुमाफुङ्ग चलचित्रको राजधानीमा भर्खरै सरुम्पन्न सिनेमाण्डुको २३ औं संस्करणमा प्रशंसा भएको छ ।
भारतीय राजदुतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको आयोजनामा नपाल भारत पुस्तकालयमा फागुन १६ गते शनिवार सिनेमाण्डुको २३ औं संसकरणमा यसपटक नुमाफुङ्ग चलचित्र प्रदर्शन गरिएको थियो । विगत दुई बर्ष अगाडिदेखि फाउन्डेशनले सिनेमाण्डु, पोयमाण्डु, भ्वाइसेस लगायतका कार्यक्रम निरन्तर सञ्चालन गगर्दै आएको छ ।
नेपाल भारतको समान धर्मसास्कृति, रहनसहन लगायतका कारणले यदाकदा भारतीय कवि, नाटककार, संगीतकारहरुको समेत फाउन्डेशनद्वारा सञ्चालित कार्यक्रममा उपस्थिति रहने गरेको छ । सिनेमाण्डुको यसपटकको संस्करणमा नुमाफुङ्गलाई समावेश गरिएको थियो । २०६१ सालमा रिजिल भएको नुमाफुङ्ग स्थानीय चलचित्रघरहरुमा मात्र नभएर अन्तर्राष्ट्रिय उत्सव (ाभककतष्खब)ि हरुमा समेत सहभागि भइसकेको छ । चलचित्रको निर्देशन नविन सुबले गर्नुभएको थियो भने निर्माता पदम सुब्बा रहनु भएको छ । कार्यक्रममा निर्देशक, निर्माता र चलचित्रका कलाकार राज थापाको उपस्थिति रहेको थियो ।
चलचित्रको प्रदर्शन पश्चात सहभागी दर्शक र निर्माता, निर्देशक र कलाकारकाबीचमा घनीभूत अन्तरक्रिया भएको थियो । दर्शकको जिज्ञासाको उत्तर दिादै निर्देशक नविन सुब्बाले भने हामीले नुमाफुङ्ग निर्माण गर्दा दशेमा गणतन्त्र आइसकेको थिएन । धर्म निरपेक्षता घोषित भइसकेको थिएन । त्यसबेला चलचित्रका पात्रहरु रजतपटमा स्थापित भइसकेका अनुहार भन्दा पनि फरक अनुहारलई हामीले लिएका छौं । कार्यक्रमको अन्तमा बीपी कोइराला नेपाल–भारत फाउन्डेशनका सचिव एवम् कवि अभय कुमारले नुमाफुङ्ग चलचित्रको खुलेर प्रशंसा गर्नुभएको थियो । साथै उहााले उपस्थित कलाकारहरुलाई उपहार समेत प्रदान गर्नुभएको थिो । उहााले आफ्नो संक्षिप्त प्रतिक्रिया दिादै भन्नुभयो सिनेमाण्डुमा हालसम्म प्रदर्शति उत्कृष्ढट चलचित्रमध्ये नुमाफुङ्गलाई एक मान्न सकिन्छ । चलचित्र काव्यिक र संवेदनशिलतामा वगेको छ, उहााले भन्ुभयो ।
