लठ्ठीमय काठमाण्डौ
गा’ शनिवार राजधानी काठमाण्डौ लाठीमय भयो । ३० दलका कार्जेकर्ताहरुले झण्डासागै डन्डा देखाएर उत्पातै मच्चाए । जनसभामा गएका सबैका हातमा लाठो देख्दा एकछिन घण्टाघर तिल्मिलायो । जनसभा र जनलाठो क्या हो–क्या हो ? नयाा बानेश्वरतिर प्रहरी र जनलाठोका बीचमा केहीबेर घम्साघम्सी नै परेछ । जनलाठोहरुले इाटा र ढुंगा बुरुरुरु फालेछन् प्रहरीले ठ्याास्स हान्दा आाखा नाक पोल्ने अश्रु ग्याास र महागो पानी छ्यापेछन् । दुई चार जना यसो डिकमा पछारिएछन् । माउवादीका लारायन काजीलाई अलि दह्रै परेछ कि क्या हो ? विचारालाई दौडाउदै अस्पतालतिर लग्या थे । अझ भन्नुपर्दा नयाा बानेश्वरमा मिनी महाभारत नै चल्या थ्यो । धेरै पछाडि काठमाण्डौ लाठीमय भएको देख्दा घण्टाघलाई स्वादै लाग्यो ।
राज्येको माल
राज्येको माल खाएर सडकमा कमाल देखाउन पाएसी कस्लाई आनन्द लाग्दैन ? अब हेरौा न सविधानसभामा प्रतिनिधित्व गर्ने माउवादी लगायतका दलहरु संसदमा नछिरेकको महिनौ भयो । हुन त केही दिनदेखि संसदको ढोका पनि बन्दै छ । अहिले बन्द भए नि यसभन्दा अगाडि खुल्लै थियो । संसदमा नगए नि आन्दोलनमा दौडिएका दलहरुले भत्ता भने खुरु खुरु चप्काइरा’ छन् । उता माउवादीका अध्यक्ष प्रचण्डाउ लुसु–लुसु वाल्टावाराा पुगेर सुशिल दा’साग कानेखुशी गर्छन्, संवैधानिक निकायमा आफ्ना मान्छे नियुक्त गर्न नाम दिन्छन् । हैन हौ यसरी चीचिको पनि लोभ पापाको पनि लोभ त गर्नु भएन नि प्रचण्डाउ । विरोध गरेसी’ विरोध नै गर्नुपर्छ । यही भे’र त जन्ताले हिजो आज माउवादीको साख गिर्दै गा’ को । प्रचण्डाउले खै कुरा बुझ्या ?
निल्नु न ओकल्नु
हाम्रा पर्धानमन्तरी सुशिल दा’लाई हिजोआज त्यो कुर्सी निल्नु न ओकल्नु जस्तो भा’छ । विचरा बूढालाई कम्ता भुर्नहत्ते छैन । एकातिर आन्दोलन गर्नेहरुले विचरा दा’को निन्द्रा हराम गर्दिया छन् अर्कोतिर यतिबेला कुनचाहिा स्वााठले हो कुन्नि राजधानीमा सुकुमार परेका चेलीहरुको अनुहारमा तेजाव हाल्दिनाले अर्को झमेला आइलाग्या छ । अस्तिका दिन टुाडिखेलमा भएको आन्दोलनमा तीस दलका नेताहरुले कन्दनी चुडिने गरी सुशिल दा’लगायत सत्तासीनहरुको धुलो काढेर गाली गरिरहेका थिए । अर्कातिर तेजाव खन्याइएका चेलीका आफन्त, बलात्कृत भएका चेलीहरुले सुशिल दा’लाई भेटेर अपराधीहरुलाई
कारबाही गर्न दबाब दिइरहेका थिए । हिरिक्क होलान् जस्ता दा’ले के पो गरुन् ? तै उन्ले भन्दिए हामी चााडै नै अपलादी पक्रेर कालवाही चलाउथौ । धुक्क हुनहोथ ।
काजीले थुतुनो खोले
नेप्लीज कााग्रेसका भकभके नेता नाममात्रका शेरबहादुर देउवा माने भकभके काजीले अस्तिका दिन प्वाक्कै मुख खोले । हुन त काजीले मुख खोल्नु र नखोल्नुले कुनै अर्थ राख्दैन । तैपनि उन्ले मुख खोले । के के न भन्लान् भन्या त उनी प्रदेशको कुरा रै’छ । काजीले भन्या तराईमा दुई प्रदेश र पहाडमा दुई प्रदेश बनाउन सकिन्छ रे । १० देखि १४ प्रदेशको कुरा भएर माग भइरा बेला काजीले किन दुईचार वटाको कुरा गरेर आगो लगाउन खोज्या होलान् ? बोल्नै नजाने थुतुनो ट्याप्प पारेर बस्नु नि । त्यत्रो पढेकी डा. आरजु मैयााले जथाभावी नबोलनु भनेर सिकाएकी रैनछिन् कि क्या हो ?
तेस्रो लिंगीको धुन
कस्लाई के को धन्दा कस्लाई के को धन्दा घर ज्वाइालाई खानकै धन्दा भनेझौ नेप्लीज कााग्रेसका तेस्रो लिागी नेता रामचन्द्रे बालाई चाहिा पार्टी सभापति बन्ने भुत सवार भा’रैछ । आफ्ना दुई चार नन्दीभृंगीहरुलाई आगामी महाधिवेशनमा पौड्याललाई सभापति बनाउनुपर्छ भनेर फेसबुक प्रचार गर्न लगाएछन् । न आइमाइको बोली न लोग्नेमान्छेको बोली भा’का पौड्याल बाजेले सभापतिको सपना देखेको देख्दा घण्टाघरलाई पनि उदेक लाग्न थाल्या छ । कुखुराको पाथीहरु काासी जान थाले भालेको विजोग भनेझौ सभापति हुन लायकका मान्छे नै छैनन् कि क्या हो कााग्रेसमा हा ? आफ्ना ज्वाइा छोरालाई टन्न माल आउने ठाउामा राजनैतिक नियुक्ति दिलाएका बाजेलाई कस्ले भोट खन्याउला ?
भाटा जफत
अस्तिका दिन प्रहरीले साह्रै गजबको काम पाए । अरु बेला
प्रहरीहरुले राज्यले निषेध गर्या सरसामानहरु जफत गरेर बहादुरी दखाउथे । माघ १५ गते भने प्रहरीले यात्रुवाहक बसबाट खाली लाठी जफत गरे । माघ १६ गते राजधानीमा भएको जनप्रदर्शनमा लाठीको ठूलो महिमा थियो । प्रचण्डाउ लगायतका नेताहरुले प्रदेशनमा आउादा भाटाका लाठी अनिवार्य ल्याउन उर्दी जारी गर्दिया थे । विचरा कार्जेकर्ताहरुले पनि सकि नसकी भाटाका लागि तयार पारे । राजधानी आउने बसका छतमा जाके । तर के गर्नु प्रहरीका टोड्काले देखि सहेन । त्यत्रा दु:खले बनाउका लाठी प्रहरीले ठामठामबाट सबै जफत गरिदियो । म ताक्छु मुढो बञ्चरो ताक्छ घुाडो भन्या यही हो ।
एन्ड्रयु गए
त्यही मुाखले पान खान्छ त्यही मुखले जुत्ता खान्छ भन्ने उखान हाम्रा गामघरतिर त्यतिकै प्रख्यात भएको होइन । अब हेरौ न बेलायतका
राजदूत एन्ड्रयु स्पार्कसलाई । केही दिन अगाडि तिन्ले यहााका विकाउ सभासदहरुलाई पत्रै पठाए धर्मपरिवर्तन गर्न पाउने अधिकार अब बन्ने संविधानमा राखिदिनु भनेर अह्राए । त्यसरी पत्र पठाउनु नै एन्ड्रयुका लागि अफाप सिद्ध भयो । नेपालमा उन्को पत्रको सर्वत्र विरोध भयो । कैयौ पटक उन्ले माफी मागे । कोदे भएपनि नेपाली जन्ताले एन्ड्रयुलाई माफै दिएनन् । अन्तत : गन्धे मुख लगाएर एन्ड्रयु बेलायत नै फर्कने भएका छन् । शक्तिशाली देशका
राजदुत भए भनेर खुब हेपेका थे आफै लघारिनु पर्यो ।
अन्तेमा
मधेशीको मसिहा हुा भन्ने सद्भावनाका अध्येक्षे राजिन्द्र महतोले प्रचण्डाउलाई एक दुई दिनभित्रैमा सत्तापक्षसाग सहमतिको वातावरण बनाउन आग्रह गरेको सुन्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । अकुत भ्रष्टाचार गरेर माउवादीको छत्रछायााबाट उम्कदै आएका महतो अख्तियारका नजरमा ठूला माछा भएको त सबैलाई थाहै छ । चुनाउमा आफू गुलिÏयाक भएसी’ एक सिटमा नि आफ्नै श्रीमतीलाई सभासद बनाउने महतोले कहिल्यै मधेशीको हितमा काम गरेको घण्टाघरको रेकर्डमा छैन । यो पनि अस्तिका दिन टुडिखेलमा बुरुक बुरुक उफ्रेर कााग्रेस एमालेलाई धारे हात लगाएका देख्दा कुरी कुरी लागेर आयो ।
