धरान÷रोजगार तथा विविध कारणले विश्वका विभिन्न देशमा गएर बसोबास गर्नेहरुका बालबालिकालाई लक्षित गरी विश्व भुटानी साहित्यिक संगठनले माघ १७ गतेदेखि नेपाली भाषा कक्षा सञ्चालनमा ल्याउने भएको छ ।
अनलाइन बाल नेपाली भाषा कथाको माघ ११ गते जि.वि.एल.ओ का अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन लिम्बु परदेशीको प्रमख आतिथ्यमा उद्घाटन गरिएको थियो ।
भर्चुअल माध्यमबाट उद्घाटन भएको उक्त कार्यक्रममा धरानका बरिष्ठ साहित्यकार प्रा.डा. भीम खतिवडा, गोविन्द गिरी प्रेरणा, सोमनाथ ढकाल, कृष्ण रेग्मी, गोविन्द सुवेदी, डा. लक्ष्मी नारायण ढकाल, कवि खगेन्द्र जन्तरे, समाजसेवी कुमार गुरुङ, भानु ढुंगाना,, गीतकार हरि सुवेदी, भक्त घिमिरे, भाषा परिषद् भुटानका अध्यक्ष गंगाराम लामिटारे, कमल धिमाल, सञ्चमान राई, डेन्जोम, डिबी राई, डा. मधु माधुर्य श्रेष्ठ लगायतले उपस्थिति जनाउदै शुभकामना दिएका थिए ।
अधिकांशले आज हामी अर्थात भुटानी साहित्यकारहरुसँग जोडिनुको प्रमुख कारण नेपाली भाषा साहित्यको कारण भएको भन्दै खुशी प्रकट गरेका थिए । गोविन्द गिरी प्रेरणाले भन्नुभयो अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायतका देशमा आफ्नो भाषा, संस्कृतिको विकास र प्रवद्र्धनमा त्यहाँको कानूनले पनि सहयोग पु¥याएकोले हामीलाई थप हौसला मिलेको बताउनु भएको थियो । धरानका बरिष्ठ साहित्यकार प्रा.डा. भीम खतिवडाले आउने पुस्तालाई नेपाली भाषा हस्तान्तरण गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको सुभारम्भ हुनु अत्यन्तै खुशी लागेको बताउनु भएको थियो । यसले विदेशमा बस्नु हुने परिवारका नानीहरुलाई ठूलो सहयोग पु¥याउने छ ।
